अलैँची किसानको दुःखेसो


अनलाइन तहल्का
लमजुङ। मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका आइतराम तामाङले विदेश छाडेको धेरै भयो । १० वर्ष कतारमा पसिना बगाएका तामाङले गाउँमा अलैँची खेतीको विस्तार भएपछि नेपाल फर्केका थिए ।

‘‘गाउँका साथीले अलैँची लगाएको देखेर विदेशवाट छुट्टीमा आउँदा मैले पनि अलैँची लगाएर फेरि विदेश नै फर्किए । यता गाउँका साथीले अलैँचीबाट राम्रो आम्दानी गरेको भन्ने सुनेर विदेश छोडेर गाउँमा अलैँची खेती विस्तार गरेँ । विदेशवाट फिर्किएपछि सबै जग्गामा अलँैची लगाएँ । विदेशमा जसोतसो वार्षिक तीन÷चार लाख रुपैयाँ कमाउन सकिन्थ्यो, तर घरमा नै बसेर अलँैचीबाट मात्रै वार्षिक १० लाख भन्दा बढी आम्दानी हुन्थ्यो ।

शुरुवाती चरणमा त विदेशको भन्दा अलैँचीबाट तीन गुणा बढी आम्दानी पनि भएको थियो । तामाङ भन्छन्, “पहिला त्यति धेरै उत्पादन गरेको अलैँचीबाट अहिले मुस्किलले वार्षिक रुपमा एक लाख रुपैँया पनि हात पर्न मुस्किल भएको छ । विदेश छोडी गाउँमा नै केही गर्ने भन्दै बसियो । अलैँचीको भाउ घट्यो, अलैँचीमा पनि अनेक रोग लागेको छ । पहिला प्रतिकिलो अलैँची बिक्री गर्दा दुई हजार रुपैयाँदेखि दुई हजार २०० पाउने गरेकामा अहिले रु पाँच÷छ सयमा बिक्री गर्नुपर्छ ।” कमाउने उमेर हुदाँ विदेश छोडेर गाउँमै बसियो अहिले अलैँचीबाट कम आम्दानी भएपछि विदेश जान पनि नसकिने र यहीँ पनि बसेर कमाइ नहुने अप्ठ्यारो अवस्थामा परेको उनी बताउछन् ।

‘‘विदेश जाम त उमेर छैन, त्यति बेलाको जस्तो जोस् जागर छैन, नजाम त पहिलाको जस्तै दुःख पाइने भइयो,’’ उनले दुःखेसो पोखे । अलैँचीखेती शुरु गर्नु पूर्व जुन सपना देखेका थिए, त्यही सपना सपनामा मात्रै सीमित भएको छ, उनलाई ।

अहिले अलैँचीबाट कम आम्दानी भएपछि घर व्यवहार चलाउन गाह्रो भएको अनुभव सुनाउछन् । गाउँमा नै अरु काम गरु त भएको सबै बारीमा अलैँची लगाएँ । ‘‘अर्को वर्ष केही हुन्छ, कि भन्ने आशमा गोडमेल गरेको छु । गाउँ छोडेर अन्त जाउँ भने कहाँ जाउँ । न जोस् जाँगर छ, न त पैसा नै छ’’ उनले दुःख व्यक्त गरे ।

‘‘हामीले अहिलेसम्म गरेको दुःख त माटोमै मिल्यो’’ उनले भने । अलैँची किसानको समस्यालाई हेरी सरकारसँग अलैँची खेतीका लागि केही सुविधा वा राहतको व्यवस्था गरिदिन आग्रह गर्छन् ।

गाउँमा सबैले अलैँची लगाएको देखेर राम्रो कमाइ होला भन्ने आशमा उनले सबै जग्गामा अलैँची रोपेको बताए । ‘‘खेती हुने सबै जग्गामा अलैँची लगाए । अहिले अलैँचीको मूल्य घटेर दुःख गरेजति आम्दानी छैन’’ उनले भने “पहिला अलैँची बिक्रीबाट आएको पैसा बैँकमा राखेको थिएँ, अहिले त्यही पैसा निकालेर खाएको छु ।’’ अलैँचीबाट आम्दानी कम भएपछि अहिले उहाँले घरमा भेँडा, बाख्रा पाल्न थालेको छ । त्यही बिक्री गरी घरखर्च चलाउनु परेको उनको भनाइ छ ।

मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलामा मात्रै २० हेक्टर क्षेत्रफलमा अलैँचीखेती गरिँदै आएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा नै अलैँची उत्पादन बढी भएकाले गतवर्ष अलैँचीको मूल्यमा गिरावट आए पनि यो वर्ष क्रमिकरुपमा सुधार भएको अलैंची व्यवसायी महासङ्घ जिल्ला शाखा लमजुङका अध्यक्ष अजय तामाङले बताए ।

जिल्लामा अलैँचीको गुणस्तरमा विस्तारै सुधार भएकाले निराश नहुन अलैँची कृषकलाई आग्रह गरे । ‘‘अहिले गुणस्तरीय अलैँची उत्पादनमा हामी सबै लागेका छौँ’’ उनले भने, “अलैँची कृषकको बारीमा गएर अलैँची टिप्नेदेखि आधुनिक भट्टीमा सुकाउने तरिका सिकाएका छौँ ।” जिल्लामा गुणस्तरीय अलैँची उत्पादन भएको उहाँले दाबी गरे ।

जिल्लामा ९५० हेक्टर क्षेत्रफल जग्गामा अलैँचीखेती गरिँदै आएकामा हाल ६५० हेक्टर क्षेत्रफल जग्गामा उत्पादन भएको छ । गतवर्ष ७२१ क्वीन्टल अलैंँची उत्पादन भएको अलैँची व्यवसायी महासङ्घले जनाएको छ । यो वर्ष थप १०६ हेक्टर क्षेत्रफलमा अलैंचीखेती विस्तार गरिएको छ ।

खेती विस्तार गरिए पनि यसवर्ष अलैँची उत्पादन घट्ने अनुमान गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना ९अलैंची जोन० कार्यालयका वरिष्ठ जोन अधिकृत गोविन्दराज कोइरालाका अनुसार जिल्लाका आठ स्थानीय तहमा अलैँचीखेती गरिएको छ । करीब ८०० देखि एक हजार ७०० मिटर उचाइमा हुने अलंँैची गर्मी र जाडोमा हुने दुई थरीका हुन्छन् । लमजुङमा हाल गोलसायी र रामसायी जातका अलैंँची उत्पादन हुँदै आएको छ । रासस

प्रतिकृया दिनुहोस

नेपालमै मुसा मार्न प्रशासन गुहार

पर्वत, कात्तिक २८ । पर्वतको कुश्मा नगरपालिका–११, सिल्मीको फाँटमा पाकेको धान मुसाले सखाप पारेपछि कृषकहरूले जिल्ला प्रशासन कार्यालयमा गुहार मागेका

बाँकेमा आलु उत्पादन राम्रो

अनलाइन तहल्का  कार्तिक २७, नेपालगञ्ज । बाँके जिल्लामा यो वर्ष आलुको उत्पादन वृद्धि हुने भएको छ । गत वर्ष बाँकेमा ३८ हजार ४७५ मेट्रिक टन उत्पादन भएको

नेपाल खाद्य संस्थानको चामल बिक्री हुन सकेन

   धनगढी। खाद्यान्न अभाव भइरहने बाजुरामा यस वर्ष नेपाल खाद्य संस्थानको चामल अपेक्षित रुपमा बिक्री हुन सकेको छैन । खाद्य संस्थानले निर्धारण गरेको