दार्मामा परम्परागत नाच, खेलकुद प्रतियोगिता पनि हुने भाले तान्ने देखि रस्सकस्सी

अनिल चन्द, अनलाइन तहल्का
सल्यान १८, कार्तिक ।
  सल्यानको दार्मा गाउँपालिकामा बृहत खेलकुद प्रतियोगिता हुने भएको छ । गाउँमा भएका नयाँ खेलाडीलाई हौसला र पुरानो लोक सस्कूतिलाई जगेर्ना गर्ने मुल उदेश्यका साथ दार्मा गाउँपालिका युवाहरूको बूहत भेलाबाट गठित गाउँ खेलकुद विकास समितिले कार्तिक २५ गतेबाट बूहत खुल्ला खेलकुद प्रतियोगिता आयोजना गरेको समितिका संयोजक मंगल देवकोटाले जानकारी दिए ।
खेलकुद प्रतियोगिता अन्तर्गत खुल्ला महिला, पुरुष भलिबल प्रतियोगिताको पहिलो पुरस्कार ३६ हजार ५०० दोस्रो पुरस्कार २४ हजार ४०० र तेस्रो पुरस्कार १२ हजार २०० रहेको छ । 
अन्य खेलहरु खुल्ला लोकदोहरी, भाले तान्ने, रस्साकस्सीसंगै पुराना खेलाडीहरुलाई सम्मान स्वरुप ४० बर्ष माथीका खेलाडीहरुविच वडा स्तरीय भलिवल प्रतियोगिता पनि आयोजना गरिएको छ ।
त्यसैगरि गाउँघरमा भएका पुराना लोक संस्कृति लाई जगेर्ना गर्ने उदेश्य का साथ पुराना परम्परागत नाचहरुलाई प्रोत्साहन स्वरुप उदघाटन समारोहमा  
पुराना नाचहरुको प्रतियोगिता पनि आयोजना गरिने छ । कार्यक्रममा उपस्थित जनाउने नाचको टिमलाई उचित पुरस्कारको व्यवस्था गरिएको र समितिले बृहत खेलकुद प्रतियोगितामा सहभागी भईदिन सबै खेलाडी खेलप्रेमीहरुमा अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

“अन्धो पति” (दुई मिनेट लाग्छ, अवस्य पढ्नुहोला)

एक जना युवकले एक सुन्दर युवतीसँग विवाह गरयो‘विवाह पछी दुबैको जिÞन्दगी धेरै नै प्रेमपूर्ण र उल्लासका साथ बित्यो । उसले पत्नीलाई धेरै चाहन्थ्यो र

मालिकामा रेखाकी ‘हिरोइन’ जाजरकोटकी कमलाको कथा 

रेखा थापा अचेल ‘हिरोइन’ कम, ‘हिरो’ ज्यादा हुन्।  यसको कारण, उनले फिल्ममा खेल्ने भूमिका होइन। उनले रोजेको फरक बाटो हो। रेखा महिलाकेन्द्रित

नेपाल लोक स्टारको पत्रकार सम्मेलन स्थगित भयो, कारण यस्तो ।

अनलाइन तहल्का  कार्तिक ९, काठमाडौं ।  नेपाली गीत संगीतको इतिहासमा नै पहिलो पटक हुन लागेको सर्वा्धिक पुरस्कार राशीको गायन प्रतियोगिता नेपाल लोक