३ जिल्लालाई सेवा दिनेगरि राखिएको शिविरमा २५ विरामीको शल्यक्रिया 

ज्ञानु गौतम, अनलाइन तहल्का
कार्तिक १८, रुकुम ।
चौरजहारीमा संचालित पलाष्टिक सर्जरी शिशिरबाट विभिन्न प्रकृतिका २५ जना विरामीहरुको सफल शल्यक्रिया भएको छ  । 
जन्मजात ओठ तथा तालुफाटेका आगोले पोली शरिरको एक भाग अर्काे भाग संग जोडिएर शरिरीर संकुचन भएका विरामीहरुको सफल शल्यक्रिया भएको हो । भौगोलिक विकटता र आर्थिक रुपले जिल्ला वाहिर गई उपचार गर्न नसक्ने विरामीहरुलाई लक्षित गरी ३ दिने निशुल्क शल्यक्रिया शिविर संचालन गरीएको थियो ।

चौरजहारी नगरपालिकाको आर्थिक सहयोग र कल्याणकारी अपांग सेवा संघ सल्यान र स्थानिय सिबिआरको आयोजना तथा किर्तिपुर अस्पताल काठमाडौको प्राविधिक सहयोगमा शिविर संचालन गरीएको थियो । 
रुकुम सल्यान र जाजरकोट जिल्लाबाट आएका ४१ जना बिरामी मध्री २५ जना विरामीको शल्यक्रिया गरीएको संयोजक बद्री राईमाझीले  जानकारि दिए ।

 

शिविर समापन कार्यक्रममा चौरजहारी नगरप्रमुख विशाल शर्माले नगरले प्रत्येक वडामा गएर जनताहरुलाई निशुल्क स्वास्थ्य उपचार गर्दै आईरहको अवस्थामा पलास्टिक सर्जरी शिविरले थप सहयोग पुर्‍याएको वताए । उनले शिविरमा पलाष्टिक सर्जन डाक्टर मंगल घर्तिमगर डाक्टर विनोद कर्ण डाक्टर कपिल पोखरेल चौरजहारी अस्पतालका डाक्टर कालेव वुढा लगाएत चिकित्सकहरुको टिमलाई सम्मान प्रत्र समेत प्रदान गरेका थिए ।

प्रतिकृया दिनुहोस

तिहारका सदावहार गीत, चलचित्रकै गीत अब्बल

अनलाइन तहल्का  कार्तिक २१, काठमाडौं ।  तिहारको आफ्नै मौलिक परम्परा, संस्कार र शैली छ । हिन्दूहरुले पाँच दिन मनाउने तिहारबारे हिन्दू धर्मशास्त्रका

पहिलो बच्चा जन्मिएको कति समय पछि अर्को जन्माउनुपर्छ ? 

आमा तथा शिशुको स्वास्थ्यमा आइपर्ने जोखिमबाट जोगिन आमाहरूले एउटा जन्म दिएको कम्तीमा एक वर्षपछि मात्रै अर्को गर्भधारण गर्नु उचित हुने एउटा नयाँ

सावधान तिहारका लागि तयार मिठाईमा भेटियो कपडा धुन प्रयोग गरिने ‘हाईड्रा’ केमिकल, जुन चिनी भन्दा पाँचसय गुना गुलियो 

अनलाइन तहल्का कार्तिक १६, कपिलबस्तु ।  तिहारका लागि बनाइएका मिठाइको परिकारमा ब्यापारीहरुले स्वास्थ्यलाई गम्भीर असर पर्ने बिभिन्न केमिकल मिश्रण