रारामा पर्यटक बनेका जनप्रतिनिधिको झगडा, मेयरको टाउकोमा ५ टाँका

हुम्ला । भ्रमणमा आएको स्याङजाको चापाकोट नगपालिकाका टोलीले रक्सि खाएर झगडा गर्दा मेयरसहित केहि घाइते भएका छन् । शनिबार रारा ताल घुमेर फर्किएपछि कालीकोटको एक होटलमा राति करिब २ बजेतिर झडप हुँदा घाइते भएका हुन् ।
घाइतेहरूलाइ अहिले जिल्ला अस्पतालमा उपचार गराइरहेको छ । नगरप्रमुख शिव गिरीको टाउकोमा ५ वटा टाँका, गिरीका स्वीकय सचीव राजकुमार मल्ललाई पनि १६ वटा टाँका, नगर प्रहरी इन्चार्ज शोभित थापालाई ४ वटा र चालक सुनिक एसकेलाई ५ वटा टाँका लगाइएको स्रोतले जनायो ।
स्याङजाको टोलीको भक्तपुरबाट रारा भ्रमण आएको टोलीसँग च्याङग्राको मासु पोलेर खाने बेलामा अपशव्द बोल्दै झगडा भएपछि कुटपिट भएको होटल स्रोतले खबरडबलीलाई बतायो ।
कालीकोट प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीका अनुसार दुवै पक्षले अत्याधिक मादक पदार्थ सेवन गरेका कारण झगडा भएको हो । घटनाको यथार्थ बुझ्ने काम भइरहेको कार्कीले बताए ।

प्रतिकृया दिनुहोस

मुख्यमन्त्रीले घर बनाउन NGO को पैसा लिएको छैन भन्ने स्पष्टिकरण किन दिए 

अनलाइन तहल्का कार्तिक २८, काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानीको भैँसेपाटीस्थित सरकारी निवास मर्मतमा आईएनजिओको

काग्रेसमा यस्तो विवाद, सुजाता निवासमा पौडेल पक्षको भेला

अनलाइन तहल्का  कार्तिक २६, काठमाडु । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष धरका नेताको बैठक नेतृ सुजाता कोइरालाको निवास मण्डिकाटारमा

अमेरिकाको इतिहासमा, नेपाली मुलका भण्डारी चुनावमा विजयी

२१ कात्तिक, काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन