सरकार पाँच वर्ष ढल्दैनः झलनाथ खनाल 

   काठमाडौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकार पाँच वर्ष नढल्ने दावी गरेका छन्। वरिष्ठ नेता खनालले उचित वातावरण बनेको भन्दै उद्योगधन्दाको विकासमा लागि पर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह पनि गरे। आईतबार इलाम नगरपालिकाले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सरकार स्थिर रहेकाले विकास, निर्माणको कामले गति लिने विश्वास समेत व्यक्त गरे।

                         संविधानले सबै समुदायको अधिकारलाई सुनिश्चित गरेको उल्लेख गर्दै वरिष्ठ नेता खनालले कानुनी राज्यको मान्यतालाई स्थापित गर्दै विकास, निर्माणको कामलाई तीव्रता दिनुपर्ने पनि स्पष्ट पारे। कार्यक्रममा बोल्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता एवम् पूर्व सभामुख सुवाष नेम्वाङले संवैधानिक व्यवस्था अनुसार मुलुकलाई समृद्ध बनाउने दिशामा काम गर्न उद्योगी, व्यवसायीहरुलाई आग्रह गरे। उनले निजी क्षेत्रको लगानीका लागि अनुकूल वातावरण बनाउन आफ्नो पार्टी प्रतिवद्ध रहेको पनि बताए। उपनेता नेम्वाङले इलामलाई समृद्ध बनाउन त्यहाँको प्राकृतिक स्रोत र साधनको उचित परिचालनमा जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए।
 

प्रतिकृया दिनुहोस

मुख्यमन्त्रीले घर बनाउन NGO को पैसा लिएको छैन भन्ने स्पष्टिकरण किन दिए 

अनलाइन तहल्का कार्तिक २८, काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानीको भैँसेपाटीस्थित सरकारी निवास मर्मतमा आईएनजिओको

काग्रेसमा यस्तो विवाद, सुजाता निवासमा पौडेल पक्षको भेला

अनलाइन तहल्का  कार्तिक २६, काठमाडु । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष धरका नेताको बैठक नेतृ सुजाता कोइरालाको निवास मण्डिकाटारमा

अमेरिकाको इतिहासमा, नेपाली मुलका भण्डारी चुनावमा विजयी

२१ कात्तिक, काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन