पत्रकारहरूलाई जनताप्रति उत्तरदायी बन्न पूर्वमन्त्री बस्नेतको आग्रह

पूर्वसामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले जनताप्रति उत्तरदायी भएर सूचना सम्प्रेशण गर्न पत्रकारलाई आग्रह गरेका छन्। गाउँका कुना कन्दराका जनताको बोली प्रस्फुटन गराउँदै समाज र राज्यप्रति जवाफदेही बन्नुपर्ने बस्नेतले बताए।
         आइतबार सल्यान खलंगामा आयोजित नागरिकको नजरमा पत्रकार एव आमसञ्चार माध्यम विषयक सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै पूर्वमन्त्री बस्नेतले पत्रकार राज्यको चौथो अंग भएकाले जनताप्रति जवाफदेही बन्नुपर्नेमा जोड दिए। उनले भने, ुअहिले मिडियाको तीव्रतर विकास हुँदै आइरहेको छ। मिडियाको विकास सँगसँगै विकृतिहरू पनि मौलाउँदै गइरहेका छन् त्यसप्रकारका विकृति विसंगतिलाई त्याग्दै आवाजविहीनहरूको आवाज बन्न पत्रकार आवश्यक छ।ु छापा मिडियाको भन्दा अनलाइन मिडियाहरूले बढी विकृति फैलाएको बताउँदै प्रतिनिधि सदस्यसमेत रहेका बस्नेतले नेपालको संविधान र पत्रकार आचारसहिंताभित्र रहेर काम गर्न आग्रह गरे। यस्तै, कर्णाली प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले खोजमूलक पत्रकारिताका माध्यमबाट राज्यको पहुँचबाट वञ्चित वर्गको आवाजलाई सम्बोधन गर्न अपिल गरे। पत्रकार र न्यायलय स्वतन्त्र भएकाले समाजको वास्तविकतालाई सम्बोधन गर्नुपर्ने बताए। सूचनालाई दुरुपयोग नगरी सत्यतथ्य सूचना प्रकाशन प्रशारण गर्न उनले आग्रह गरे।  

प्रतिकृया दिनुहोस

मुख्यमन्त्रीले घर बनाउन NGO को पैसा लिएको छैन भन्ने स्पष्टिकरण किन दिए 

अनलाइन तहल्का कार्तिक २८, काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानीको भैँसेपाटीस्थित सरकारी निवास मर्मतमा आईएनजिओको

काग्रेसमा यस्तो विवाद, सुजाता निवासमा पौडेल पक्षको भेला

अनलाइन तहल्का  कार्तिक २६, काठमाडु । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष धरका नेताको बैठक नेतृ सुजाता कोइरालाको निवास मण्डिकाटारमा

अमेरिकाको इतिहासमा, नेपाली मुलका भण्डारी चुनावमा विजयी

२१ कात्तिक, काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन