३ तहका सरकारहरु सल्यानको बार्षिक समिक्षा गोष्ठीमा 

अनलाइन तहल्का
कार्तिक १८, सल्यान । 
सल्यानमा ३ तहका सरकार प्रतिनिधि सहभागि भएर जिल्ला स्तरिय बार्षिक समिक्षा गोष्ठी शुरु गरेका छन । 
२ दिनसम्म चल्ने समिक्षाको उद्घाटन संघिय प्रतिनिधि सभा सदस्य तथा पुर्व सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले गरेका छन । गोष्ठीमा कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, प्रदेस सभा सदस्य गुलावजंग शाह तथा स्थानिय तहका प्रमुख तथा प्रतिनिधिको सहभागिता  रहेको छ । 
उद्घाटन कार्यक्रममा शुभकामना दिदै प्रमुख जिल्ला अधिकारी प्रजिअ कमलराज ढकालले विकासका मोडेल बदलिएकाले त्यहि अनुसार काम गर्न भनेका छन। 
नेकपाका नेता रमेश गौतमले सल्यानका उपलब्धीका लागि यो फोरम सफल हुनेछ भन्दै  संघियतालाई सफल बनाउने जिम्मेवारी जनप्रतिनिधिको हो र सिहदरबारका सेवाको अनुभूति गाउमा भएनभने नकारात्मक टिप्पणी हुने तर्क गरेका छन । त्यस्तै नेकपाकै नेता मान बहादुर मल्लले संघियतालाई उन्नत व्यवस्था मान्न सरकार लाग्नुपर्ने बताए ।
कार्यक्रममा शुभकामनाका क्रममा नेपाली काग्रेशका उपसभापती निम बहादुर वलील सरकारले सबैलाई मिलाएर लिएमा मात्रै सफल हुने बताए । जिल्ला समन्वय समिति प्रमुख केश बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रम उपप्रमुख हरि प्रकाश बुढाथोकीको स्वागत मन्तव्यसंगै शुरु भएको थियो भने कार्यक्रमको संचालन समन्वय अधिकारी मोहन खड्काले गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

जनयुद्धको नेतृत्वकर्ता सौरभलाइ प्रवेश गराएर कर्णालीमा शुरू भयो राप्रपाको हिन्दु जागरण

अनलाइन तहल्का  पुस ३०, सल्यान ।  जनयुद्धको समयमा चरम उत्सर्गका बेला नेकपा माओवादीको इञ्चार्ज सम्हालेका धन वहादुर वली “सौरभ” राप्रपामा प्रवेश

रेशम चौधरीले आज सपथग्रहण लिँदै  

अनलाइन तहल्का प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वा्चित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता रेशम चौधरीले आज सपथ लिँदैछन्। आज

धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छः प्रधानमन्त्री ओली भनाइ

  अनलाइन तहल्का  प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताएका छन्।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले