सत्तारुढ नेकपाकै नेताहरू भन्छन सरकारले गल्ती गर्यो, झुटा मुद्दा लगाएर दमन नगर्न आग्रह

अनलाइन तहल्का
कार्तिक २०, सल्यान ।
    सत्तारूढ दल नेकपा सल्यानका नेताहरूले अहिलेको सरकारले जनताका काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।
    सल्यान बागचौर नगरपालिका ९ मा रहेको सहिद स्मृति समाजले आज आयोजना गरेको चियापान कार्यक्रम बोल्ने नेताहरूले अहिलेको सरकार र जनप्रतिनिधिहरुले चाहना अनुरुपको काम गर्न नसकेको आरोप लगाएका हुन् । उनिहरुले जनप्रतिनिधिहरुले जनस्तरको काम गर्न नसकेको भन्दै जनतासामु आएर माफि माग्नुपर्ने बताएका छन् ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा नेता भिम प्रकाश शर्माले सहिद मर्मले अहिले सत्तामा रहेकाहरुलाई नछोएको बताएका छन् । उनले जनप्रतिनिधिहरु काम नगरेर बेलाबेला गर्छौं भन्दै झुटो बलेको आरोप लगाएका छन् । उनले संघीयता ठिक भएको तर अहिले कामहरु गलत भएको बताए । अहिले संघीयताको सरकार सुरुवाती चरणमा भएको भन्दै उनले जनता नतिजाको पर्खाइमा रहेको बताए । सरकारले अहिलेसम्म नतिजा दिन नसकेको भन्दै उनले तत्काल नतिजा दिनुपर्ने बताए छन् ।
    

त्यस्तै कार्यक्रमका बिशिष्ठ अतिथि नेकपा नेता लोक बहादुर डाँगीले सरकाले अब कुनै परिणाम दिन सकेन भने नेपालमा कम्युनिस्ट सरकारको अन्तिम सत्ता हुने बताएका छन् । उनले जनप्रतिनिधिलाई पालन पोषण गर्नको लागि राज्यलाई बन्धकमा राखेर रिन कार्नुपर्ने अबस्था भएको बताए ।
उनले भने– “अहिले आकाशमा उड्ने र भुईमा चप्पल नलाएर हिड्ने वर्ग विभाजन भएको छ, यो अन्त्य हुनुपर्छ।” उनले अहिलेको संघीयता लडेर ल्याएको भन्दै यसैबाट विकल्प खोज्नुपर्ने बताएका छन् ।
    सरकारले राजनीतिक हिसाबले दमन गर्नु नहुने कुरामा उनले जोड दिएका छन । निर्दोष मानिसलाई अदालतले रिहा गर्न आदेश दिएपनि सरकारले झुटा मुद्दा लगाएर गिरफ्तार गर्ने काम अन्याय भएको उनले बताए । दमनले समस्या समाधान नहुने भन्दै उनले दमन नगर्न सरकारलाई आग्रह गरेका छन् ।
    त्यसैगरी नेकपाका अर्का नेता तथा नेकपा माओवादी सल्यानका पुर्व सेक्रेटरी टिकाराम ओली दर्शनले अहिले सिंगो समाज भद्रगोल, निराश र अराजक अवस्थामा भएको बताए । उनले कम्युनिस्ट आचारनमा अहिले सरकार नभएको दाबी गरेका छन् ।


    आफु सत्तामा हुँदा चुप लाग्ने र नहुँदा बिरोध गर्ने परिपाटीलाई अहिलेको सरकारले काम गरेर चिर्नु पर्नेमा उनले जोड दिएका छन् । उनले काँग्रेस पनि खाना पल्केको आरोप लगाएका छन् । राम्रो काममा बिरोध गर्ने र नराम्रो काममा मिलेर खाने काँग्रेसको परिपाटी भएको उनले बताए ।
विप्लव नेतृत्वको नेकपा नेता टोप बहादुर वलीले अहिले जनतालाई विकास चाहिएको बताएका छन् । उनले राजनीति पुर्वाग्रह ढंगले विकास गर्न नपाईने बताए । उनले आफ्नो पार्टीका जनप्रतिनिधि भनेर गलतमा चुप लागेर बस्न नहुँने भन्दै घचघच्याउन अरु दललाई आग्रह गरे । आफुहरुले क्रान्ति गर्छौं भन्दा डराउन नपर्नु उनले बताए ।


कार्यक्रममा बोल्दै सहिद परिवार गोपाल कुमार वलीले सहिदका सपना पूरा नभएको बताए । उनले जुन सत्ता आएपनि सहिदको नाममा खाने मात्रै काम गरेको बताए । कार्यक्रममा विभिन्न दलका नेताहरु, सहिद परिवार, जनप्रतिनिधि, शिक्षक, पत्रकार लगाएको सहभागीता रहेको थियो । समाजका अध्यक्ष धनेन्द्र विमल ओलीको सभा अध्यक्ष्तामा भएको कार्यक्रमको संचालन भिम ओलीले गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

जनयुद्धको नेतृत्वकर्ता सौरभलाइ प्रवेश गराएर कर्णालीमा शुरू भयो राप्रपाको हिन्दु जागरण

अनलाइन तहल्का  पुस ३०, सल्यान ।  जनयुद्धको समयमा चरम उत्सर्गका बेला नेकपा माओवादीको इञ्चार्ज सम्हालेका धन वहादुर वली “सौरभ” राप्रपामा प्रवेश

रेशम चौधरीले आज सपथग्रहण लिँदै  

अनलाइन तहल्का प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वा्चित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता रेशम चौधरीले आज सपथ लिँदैछन्। आज

धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छः प्रधानमन्त्री ओली भनाइ

  अनलाइन तहल्का  प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताएका छन्।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले