नेकपाका महासचिवको टिप्पणीः सरकाको गति बढाउनु पर्छ

२० कात्तिक, काभ्रे । नेकपाका महासचिव विष्णु पौडेलले सरकारले सन्तोषजनक काम गरेको दावी गरेका छन् ।
नेकपा काभ्रेले गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै महासचिव पौडेलले सरकारले थोरै अवधिमा धेरै उपलब्धिमुलक काम गरेको दावी गरे । ‘सरकारको काम सन्तोषजनक छ, तर गति चाही बढाउनु पर्छ, कसैले कता कता हल्ला गरे जस्तो सरकार अयोग्य र गतिविहीन भने होइन्,’ उनले भने ।
‘सरकारले अब झन गतिमा सबै तहबाट काम र विकास लिएर अगाडि बढ्छ,’ महासचिव पौडेलले अघि भने, ‘जनताका लागि निर्वा्चित प्रतिनिधिहरुले जनभावना अनुसार अगाडि बढ्नु पर्छ ।’
महासचिव पौडेलले पार्टी एकताको काम अन्तिम चरणमा पुगिसकेको दावी गरेका छन् । ‘सबै तहको पार्टी एकता अगामी मंसिरभित्र सकिन्छ, अब पार्टी एकताको विषयले धेरै चर्चा पाउनु पर्दैन जस्तो मलाइ लाग्छ,’ उनले भने ।
चियापान कार्यक्रममा सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले गरेका राम्रा कामलाई सामाजिक सञ्जालममा गलत रुपमा हल्ला चलाइएको बताएका छन् ।
 

प्रतिकृया दिनुहोस

मुख्यमन्त्रीले घर बनाउन NGO को पैसा लिएको छैन भन्ने स्पष्टिकरण किन दिए 

अनलाइन तहल्का कार्तिक २८, काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले संघीय राजधानीको भैँसेपाटीस्थित सरकारी निवास मर्मतमा आईएनजिओको

काग्रेसमा यस्तो विवाद, सुजाता निवासमा पौडेल पक्षको भेला

अनलाइन तहल्का  कार्तिक २६, काठमाडु । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष धरका नेताको बैठक नेतृ सुजाता कोइरालाको निवास मण्डिकाटारमा

अमेरिकाको इतिहासमा, नेपाली मुलका भण्डारी चुनावमा विजयी

२१ कात्तिक, काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन