चितवनलाई हराउँदै पोखराले जित्यो पीपीएल उपाधि

२० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ ।

पोखरा रंगशालामा भएको फाइनलमा अन्तिम ओभरमा रोमाञ्चक जित निकाल्दै पोखराले पहिलो संस्करणको पीपीएलको उपाधि जितेको हो । चितवनले दिएको १ सय ६१ रनको लक्ष्य पोखराले १९.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।
पोखराका लागि रवि इन्दर सिंह र मोहम्मद नाभिदले विष्फोटक ब्याटिङ गरे । रविले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गर्दै ९० रन बनाए । त्यस्तै, मोहम्मद नाभिदले १४ बलमा २५ रन बनाए । पोखराका कप्तान शरद भेषावकरले २२ रन बनाए । आशिफ शेख १२ रन बनाउन सफल भए ।
बलिङतर्फ चितवनका लागि भुवन कार्कीले २ विकेट लिए । त्यस्तै, पारस, सन्नी पटेल र करण केसीले समान १र१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धा्रित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन बनाएपछि पोखराले मध्यम स्कोरको लक्ष्य पाएको थियो । चितवनका लागि कप्तान पारस खड्काले अर्धशतक बनाए । उनले ३७ बलमा ९ चौका प्रहार गर्दै ५१ रन बनाएका थिए ।
त्यस्तै, चितवनका लागि सन्नी पटेलले विष्फोटक ब्याटिङ गरे । उनले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन बनाए । आरिफ शेख १४ रनमा अविजित रहे ।
ओपनर अनिल कुमार शाहले ३७ रन बनाएर आउट भएका थिए । चितवनका लागि कप्तान पारस खड्का र अनिलकुमार शाहले इनिङ्स सम्हालेका थिए । पहिलो विकेटको रुपमा ९ रन हुँदा हरिशंकर शाहलाई गुमाएको चितवनले ८५ रन हुँदा दोस्रो विकेटको रुपमा पारसलाई गुमाएको थियो । त्यस्तै, १ सय ३५ रन हुदा चितवनले तेस्रो विकेटको रुपमा अनिललाई गुमाएको थियो ।
पोखराका लागि कृष्ण कार्कीले २ तथा ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १र१ विकेट लिए ।
पीपीएलको विजेता पोखराले ट्रफिसहित २७ लाख नगद पुरस्कार प्राप्त गरेको छ । त्यस्तै, उपविजेता बनेको चितवनले १० लाख नगद प्राप्त गरेको छ । ९० रन बनाएका पोखराका रवि इन्दर सिंह म्यान अफ दि म्याच भए ।
 

प्रतिकृया दिनुहोस

चौरजहारीमा हुने प्रदेशकप टि-२० क्रिकेटका लागि सल्यानको यस्तो टिम 

अनलाइन तहल्का  पुस ८, सल्यान ।  अन्य खेलकुदका गतिविधि भएपनि क्रिकेट जस्ता राष्ट्रिय खेलकुद कमै हुने सल्यानमा पछिल्ला बर्षमा बढ्दै गएका छन ।    

रियलले जित्यो लगातार तेस्रो पटक फिफा क्बल विश्वकपको उपाधि

अनलाइन तहल्का काठमान्डाैं,  पुस ८ रियल मड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ।  युएईमा आइतबार राति भएको खेलमा

बंगलादेशविरुद्धको सिरिज वेस्टइंडिजलाई एजेन्सी

अनलाइन तहल्का काठमान्डाैं,  पुस ८ घरेलु टोली बंगलादेशलाई पराजित गर्दे पाहुना टोली वेस्टइंडिजले तीन खेलको टी–२० सिरिज २–१ ले कब्जा गरेको छ।