सिम्तामा विपन्न परिवालाई विपन्नता प्रमाण पत्र वितरण 

दुर्गा वि.सी., अनलाइन तहल्का
कार्तिक २०, सुर्खेत । 
    सुर्खेतको सिम्ता गाउँपालिकाको आयोजनामा विपन्नता स्तरिकरणको प्रमाण पत्र समाहारोहमा आज १८ जना विपिन्न परिवारलाइृ प्रमाण पत्र प्रदान गरिएको छ । 
    सिम्ता गाउँपालीकाको ९ वटै वडाका प्रत्येक वडाबाट २ जनालाई नमुना विपन्नता प्रमाण पत्र  प्रदान गरिएको छ । गाउँपालीकाको ९ वटै वडामा ५ हजार ५ सय ९५ मा घरधुरी रहेको भने उक्त क्षेत्रको ३१ हजार ३ सय १३ जनसंख्याको १ सय २३ घरधुरीलाई अति विपन्नमा राखिएको छ । 
    सिम्ता गाउँपालीकाको जनसंख्या, जात, पेसा, आर्थिक अवस्था, रोजगारि तथा गास वासको वर्तमान अवस्थाको वारेमा विश्लेषण गरिएको प्रतिवेदन गरिवी निवारण कोषका कार्य प्रबन्धक केशवराज ढुंगेलले प्रस्तुत गरेका थिए ।  प्रतिवेदनबाट सिम्ता गाउँपालिकाको नागरिकको जिवनस्तरको बारेमा प्रष्ट पारिएको थियो । 
कर्णाली प्रदेशका अर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रम सम्बोधनका क्रममा उनले विपन्नताको सहि पहिचान गरि प्रदेश र स्थानीय तहबाट उनिहरुको जिवन निर्वाहको लागि ठोस काम गरिने बताए । 


    शिक्षा, स्वास्थ्य ,रोजगार जस्ता क्षेत्रमा विपन्न नागरिकको सजिलै पहुच हुने खालका आकर्षक कार्यक्रम लागु गर्न लागिएको धारणा राख्दै उनले सुर्खेत सिम्ताको शिक्षा, स्वास्थ्य बाटोघाटो, पुलपुलेसा लगाएतका क्षेत्रमा वजेट विनियोजित भएको र अन्य थप कुराहरुको लागि आफुले पहल थाल्ने बताए ।
    कार्यक्रममा गाउँपालिका अध्यक्ष कविन्द्र कुमार के.सीले सिम्ता गाउँपालिकाले ५ वर्ष भित्रमा जनतासँग सिम्ता गाउँपालीका भन्ने मुल नारा तय भएकोले सवै वडाहरुमा सडकको पहुँच, सिम्तामा विद्युतीकरण, शिक्षा र स्वास्थ्य जस्ता मुलभुत विषयमा आफ्नो ध्यान केन्द्रीत गरेको बताए । 
    कार्यक्रममा दुधजन्य उत्पादनमा राम्रो प्रगति भएको र कृषि भन्दा विदेश मोह, ज्यालादारिले गर्दा कृषि उपजका क्षेत्रमा राम्रो हुदाहुदै पनि निरासाजनक उत्पादन रहेको जनाएको छ । पेसाका आधारमा ८६ प्रतिशत जनसंख्या रोजगारको शिलशिलामा भारत गएको देखिन्छ । 


    १५ जात र ६३ थरका मानिसको वसोवास रहेको गाउँपालिकामा सिपयुक्त जनशक्ति कम रहेको भेटिन्छ । वैदेसिक रोजगारबाट प्राप्त आम्दानीलाई हिसाव नगर्दा यो गाउँपालीकामा १४ सय ८७ घरधुरीले मात्रै जिवन निर्वाह गर्न सक्ने अवस्था रहेको छ । बाँकी ४१ सय ८ घरधुरीलाई विपन्नका रुपमा चित्रण गरिएको छ । 
    विपन्नता स्तरिकरणको प्रमाण पत्र वितरण कार्यक्रममा प्रधानमन्त्री कृर्षि आधुनिकरणका चित्रवहादुर रोकाय, प्रदेश सभाका संसाद ठम्मर विष्ट, नेकपा सिम्ताका नेता ऐनवहादुर चन्द, नेपाली काँग्रेसका खड्क पोख्रेल लगाएतकाले धारणा राखेका थिए । 
    गाउँपालीकाको विपन्न परिवारलाई पहिचान गरि नमुनाका रुपमा प्रमाण पत्र वितरण गर्ने लोकप्रिय कार्यक्रम प्रति सवैले खुलेर कार्यक्रम प्रसंसा गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

खानेपानीको यस्तो संकट

दुर्गा वि.सी, अनलाइन तहल्का  पुस २५, सल्यान ।      सल्यानको पश्चिम क्षेत्रमा बर्षौ देखि खानेपानीको समस्याको कारण स्थानीयले निक्कै दुख पाउन

अव सल्यानमा पनि राष्ट्रिय परिचयपत्र वितरण, के हो त राष्ट्रिय परिचयपत्र ?   

अनलाइन तहल्का  पौष २५, सल्यान ।     अभ्यासको रुपमा पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको सरकारले अव १५ जिल्लामा यो अभियान शुरु गर्ने

सुमार्गीले पैसा निकालेपछि खाता रोक्न सर्वोच्चको आदेश

काठमाडौं । विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ ।  यही