आज तिहारको तेस्रो दिन, धनकी देवी लक्ष्मी र गाईको पूजा आराधना (यस्तो जानकारी)

अनलाइन तहल्का 
कार्तिक २१, काठमाडौँ । 
यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ। 
लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङ लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। 


लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ। 
हिन्दुहरूका लागि गाई लक्ष्मी वा गौमाता हुन् । लक्ष्मीलाई धनधान्यकी देवी र ऐश्वर्यकी प्रतीक मानिन्छ । कात्तिक कृष्ण औंसीको रात अन्धकारमय हुन्छ । यो कालरात्रिलाई उज्यालो बनाउन घर–घरमा बत्ती बालेर लक्ष्मीको आह्वान गर्ने गरिन्छ । लक्ष्मीको प्रतीक गाईको सोही दिन पूजा हुन्छ ।
गाईको गहुँत वा गोबरको प्रयोगले कुनै पनि धार्मिक कामलाई पवित्र बनाउने हिन्दु संस्कार छ । गाउँघरतिर गाईको गोबरले घर–आँगन लिप्ने तथा कोठा र चोटामा गहुँत छर्किएर ती स्थानलाई पवित्र तुल्याउने गरिएको छ ।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ। लक्ष्मी पूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन रहिआएको छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घर बाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ। 


लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर लक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस् भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद्हरु बताउछन ।
आज साँझ युवती समूह बनाई घरघरमा भैलो खेल्छन्। भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो।
भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि मानिन्छ। आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ। भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
 

प्रतिकृया दिनुहोस

कर्मचारी ढिलासुस्ती काम गर्छन भन्ने गुनासो भयो हेड नेटवर्कमा

अनलाइन तहल्का  पुस २५, सल्यान ।       सल्यानमा पारस्परिक जवाफदेहिता परियोजना संचालन गरिरहेको हरप्लेसले जिल्लामा हेड नेटवर्क गठन गरी विभिन्न

शारदाको चौथो नगरसभा सम्पन्न, यस्ता विधेयक पारित भए

भवानी बुढाथोकी, अनलाइन तहल्का  पौष २५, सल्यान ।  सल्यानको सदरमुकाम रहेको नगरपालिका शारदा नगरपालिकाले पाँच वटा विधेयक पारित गरेको छ । आज बुधवार

मोटरसाइकल दुर्घटनामा एकजनाकाे मृत्यु

अनलइन तहल्का पुस २३, पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु