सल्यानमा पनि कृत्रिम मालाको व्यापार यसरी बढ्यो 

अनलाइन तहल्का
कार्तिक २१, सल्यान । 
    तिहार भित्रिएसँगै सल्यानका गाउँ शहर कृत्रिम फूल मालाले रंगिन बनेका छन् । तिहारमा सकभर मखमकली माला लगाइन्छ । मखमली नभए सयपत्री लगाउने चलन छ । तर मखमली र सयपन्त्री फुल हराउदै गएपछि कृत्रिम मालाको चलन बढेको हो । जसका कारण बजारमा कृत्रिम मालाको बिक्रि अहिले अत्याधिक बढेको ब्यापारीहरु बताउछन् ।
    प्लाष्टिकबाट बनेका माला धेरै समयसम्म टिक्ने झट्ट हेर्दा आर्कषक देखिने भएकाले पनि कृत्रिम फुलको प्रयोग गर्नेको सख्यांमा बृद्धि आएको स्थानीय व्यापारीहरु बताउछन । गाउँमा समेत फुलको अभाव हुन थालेपछि कृत्रिम फुलको माग ग्रामिण क्षेत्रमा पनि लोकप्रिय हुन थालेको शुभलक्ष्मी श्रृंगार पसलका सञ्चालक ज्ञान बहादुर श्रेष्ठले बताए । उनले भने —‘विगत चार पाँच वर्षयता प्लाष्टिकका मालाका माग ह्वातै बढेको छ ।’


    तिहार अलि पछि भएकाले गाउँमा फुलेका फुल पनि सुक्न थालेपछि यस्तो मालाको माग बढेको हो । जिल्लाका मुख्य बजारहरु खलंगा, श्रीनगर, कपुरकोट, थारमारे, सल्लीबजारमा कृत्रिम मालाले बजार झिलीमिली देखिएका छन् । ओइलाउने तथा विग्रने डर नहुने र कृत्रिम माला सस्तो समेत हुने भएकाले तिहारमा यसको प्रयोग बढ्दै गएको सृयाश्री श्रंगार पसलकी सञ्चालक पुर्णिमा सिहंले बताईन । उनका अनुसार यो वर्ष कृत्रिम मालाको व्यापार राम्रो छ ।


    धेरै महंगा भन्दा ४० देखि ६० रुपैया सम्मका मालाको माग बढि हुने गरेको व्यापारीहरु बताउछन् । एउटा मालाको मूल्य ४० देखी १ सय २० रुपैँया सम्म पर्छ । पछिल्लो समय तिहारमा घरमै फुलेको फूलको माला भन्दा पनि बजारमा पाइने कृत्रिम मालाको प्रयोग बढ्दै गएको प्रति सँस्कृतिप्रेमी चिन्ता व्यक्त गर्छन् । उनीहरुका अनुसार आयातित फूल, माला, किन्नुभन्दा घर–आँगनमै फूल हुर्काउन सकिन्छ । बरु व्यावसायिक रुपमै फूलको खेती गरी मनग्य कमाउन सकिने तर्क उनीहरुको छ । थाहाखबरबाट 
 

प्रतिकृया दिनुहोस

खानेपानीको यस्तो संकट

दुर्गा वि.सी, अनलाइन तहल्का  पुस २५, सल्यान ।      सल्यानको पश्चिम क्षेत्रमा बर्षौ देखि खानेपानीको समस्याको कारण स्थानीयले निक्कै दुख पाउन

अव सल्यानमा पनि राष्ट्रिय परिचयपत्र वितरण, के हो त राष्ट्रिय परिचयपत्र ?   

अनलाइन तहल्का  पौष २५, सल्यान ।     अभ्यासको रुपमा पाँचथरमा राष्ट्रिय परिचयपत्र वितरण गरिरहेको सरकारले अव १५ जिल्लामा यो अभियान शुरु गर्ने

सुमार्गीले पैसा निकालेपछि खाता रोक्न सर्वोच्चको आदेश

काठमाडौं । विदेशी लगानीका रुपमा अजेयराज सुमार्गीले ल्याएको रकम बैंकबाट निकालिसकेपछि सर्वोच्च अदालतले त्यसलाई रोक लगाउने आदेश जारी गरेको छ ।  यही