यस्तो छ महाकवि देवकोटाको महान कृति मुना र मदनको बिछोडको प्रेम कहानी

-महाकवि लक्ष्मीप्रसाद देवकोटा

मुनामदन झ्याउरे लयमा आधारित कविता हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो । मुनामदनलाई लिएर सन् १८५९ मा आफ्नो मृत्युअघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाइदिए पनि मुनामदन चाही नजलाउनु । मुनामदन अहिलेसम्मकै सबैभन्दा धेरै बिक्री भएको पुस्तक हो ।
मुनामदन एक कारुणिक काव्य हो जसले मुना र मदनको विछोडको प्रेम कहानीको वर्णन गर्छ । मदन पैसा कमाउनको लागि विदेश जान्छ र फर्कने क्रममा बाटोमा बिरामी हुन्छ । बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथीहरु आउँछन र मदनको मृत्यु भएको कुरा भन्छन । यो कुराले मुनालाई निकै पीडा हुन्छ । यही पीडा सहन नसकी शोकमै मुनाको मृत्यु हुन्छ । उता मदनलाई बाटोमा अलपत्ररुपमा एकजना भोटेले फेला पार्छ । उसले मदनको खुबै स्याहार गर्छ (त्यसबेला मदन यो भन्छ– ‘क्षत्रीको छोरो यो पाउ छुन्छ घिनले छुदैन, मानिस ठुलो दिलले हुन्छ जातले हुदैन’ र जब मदन निको भएर घर फर्कन्छ, त्यो बेला उसको परिवार मुना र आमाको मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ ।
 

मदन भोट जाने बेलामा
 

मुना– नछाडी जानोस् हे मेरा प्राण ! अकेली मलाई,
मनको वनमा ननिभ्ने गरी विरह जलाई !
ननिभ्ने गरी विरह जलाई,
लोचनका तारा ! हे मेरा प्यारा ! यो जोति बिलाए !
के भनूँ ? भन्ने म केही थिइन विष नै पिलाए !
प्यारा ! विष नै पिलाए !
मनको कुरा गलामा अड्छ, अड्कन्छ गलामा,
यो मेरो मुटु पचासबाजी धड्कन्छ पलामा ।
यो छाती मेरो चिरेर खोली नजर गराए,
त्यो मन केही फर्कंदो होला, तस्विर खुलाए
आँसुमा खस्छ मनको टुक्रा यो आँसु बोल्दैन,
मनको कुरा मनमै बस्छ, छातिले खोल्दैन,
प्यारा !आँसुले बोल्दैन !

 

मदन– हे मेरी मुना ! नभन त्यसो, जूनमा फुलेकी !
फर्कन्छु फेरि म चाँडै भन्ने किन हो भुलेकी ?
म बीसै दिन बसुँला ल्हासा, बाटामा बीसै दिन्,
चखेवा फेरी आउँछ उडी बिहान कुनै दिन्,
प्यारी ! भेटको बडा दिन !
कि मरिछाड्यो, कि गरिछाड्यो मर्दको इरादा,
नहाल प्यारी ! बाटामा मेरो आँसुको यो बाधा ।
अनार(दाना दाँतका लहर खोलेर हाँसन्,
तिमीले हाँसे म हाँक्न सक्छु ईन्द्रको आसन ।
प्यारी ! बिदामा हाँसन !

 

मुना– हे मेरा राम १ हे मेरा कृष्ण ! जङ्गल, पहाड,
भीरका भोटे, वनका जन्तु, गाइको आहार !
रातमा सुर्जे, बिदामा हाँसो कसरी मिलाऊँ ?
हजुरको गाथ, हजुरको माथ प्रीतिले समाऊँ !

 

मदन– भन त्यसो ! बुझन मुना ! थुंङ्गाझैँ त्यो पाउ,
वनका काँडा उकाला ठाडा, कसोरी लैजाऊँ ?
हे नागकन्या ! पहाड नाअऊ !
ती यौटी आमा, लच्छिनकी बत्ति, नछड सुसार,
तीन बीस हिउँदा खाएकी आमा टुहुरी नपार,
ति हेरी बसुन यो चन्द्रमुहार !

 

मुना– फुलेका केश गलेको जीउ आमाको मायाले,
बाँधेन हरे ! हजुरको पाउ ! मायाको छायाले,
हजुर ! आमाको मायाले !
जङ्गली देश वेपारी वेश सङ्कट सहेर,
के मिल्छ हरे ! तीनलाई छाडी ल्हासामा गएर ?
हातका मैला, सुनका थैला, के गर्नु धनले ?
साग र सिस्नु खाएको बेश आनन्दी मनले !
हे मेरा प्यारा ! आमीरी मनले !

 

मदन– हे मेरी प्यारी वचना तिम्रो गड्दछ मनमा,
के गर्छयौ मुना ! यो सास आड्छ त्यै पापी धनमा ।
ती आमा लाई दुधको घुड्काले गला रसाऊँ,
उनको यौटा पाटी र धारा इच्छाको पुर्याऊँ,
यो हातलाई सुनको बाला खँदिलो सुहाऊँ,
रिनले थोत्रो घरको जग बलियो बनाऊँ,
भन्दैमा आशा मनमा उब्ज्यो, मनमा बिलायो,
उचालिहालें पयर एइले, इच्छले उठायो ।
ईश्वरमाथि, मुटु छ साथीस जङ्घार तरूँला,
असला गर्दा झन बिघ्न परे बाटामा मरूँला
पृथिवी पारी स्वर्गमा फेरी हे प्यारी ! भेटौँला

 

मुना– हे मेरा कृष्ण ! मुटुको गाँठो झन कसी नबोल !
तस्विर खिच्छु मनमा तिम्रो मुहार अमोल !!
नफर्क प्यारा ! नलुकाऊ आँसु नयनमा ढल्मल !!!
ल्हासाकी ठिटि, आँखाकी छिटी सुनमा कुँदेकी ,
बुल्बुले बोली, गालाको बिच गुलाफ फुलेकी –
ती सबै खेलुन ती सबै नाचुन डाँडा र चहुरमा,
मलाई बिर्से यो आँसु पिर्ला भन्नेछु म डरमा,
सावारी हावास अँध्यारो पारी घर र शाहरमा ।
रुन नै बल पुग्दैन रोइ आँसुले हजुरमा !
अध्यारोभित्र सम्झना बल्ली बिजुली–झलक्मा
आँसुको बर्षा हुनेछ शितल दुस्खीको पलक्मा८
पिजराभित्र जलेकी चारएए नबोली रूनेछ
ठ्ंगेर डण्डी बत्तिइ कहाँ पो हुनेछ !
क्षण क्षण प्यारा, हुनेछन मेरो जलेका जीवन !
खरानिबाट छिनछिन बिउँती रूनेछ सम्झना !
छहारी दिने रसिलो बदाल झुकेको बिलाए,
शितको दाना सुकेको फूल्,
खङ्ग्रङ्ग्र भाई सुकेर मूल्,
वैलेर झर्ली नबोली बोलीको सुन्ला उहाँ ए !
प्यारा को सुन्ला यहाँ ए !
सवारी होओस भन्नै ता पर्यो मुख थुनि मुटुको
नरूँदी चारी पिउनेछ मरी आँसुको घुटुको
कमलको मुटु खुम्चेर मर्छस
भुमरा–दर्शन त्यसमा पर्छ,
तिरमिर छाया मुख बाउँछन धुइरा, शितले कँप्छ तन
प्यारा, शङ्काले काँप्छ मन !

 

मदन– पुरूषको प्यारी, सङ्ग्राम संसार्, विजय उसको सार !
पौरूष विना पुरूष हुन्न, तरवार विना धार !
सङ्घर्षद्वारा बिजुली बल्छे, विक्रमद्वरा दीप !
तिमीलाई पाउन म दुर जान्छु झन आफ्नो समीप
देहको न्यानो नजीकको प्यारि, आत्मालाई बिर्साउँछ
चौमासको वियोग किन हो ज्ञानी तिमीलाई तर्साउँछ
दूरतालाई गिज्याउँला हामी तिर्सना चढाइ
झन तीखो प्यासले सँगसँग होवोउला मुटुलाई मिलाई
तिमी ता मेरी जीवन – ज्योति बाटाकी दियाली
ननिभ्ने कहिले, नछोड्ने कहिल्यै जीवन अँगाली
तिमी छौ पर भन्ने यो डर मलाई हुँदैन,
हिमालपारी, हिमालवारी
कल्पने चरी भुरभुर गरी,
तिम्रो त्यो अमर प्यारको मुटु पङ्खले छ्ँदैन ?
प्यारी पङ्खले छ्ँदैन !
पुछनध्यौ आँसु, नजरका दाना वरवर गुडे झन
पर्बत खाडी सागरले छेक्छन प्याराका जोडी कुन ?
कालको वारि, कालको पारी एक वस्तु अमर छ
दुइटा जोडी दिलको प्यार,
दुइटा आत्मा जोडिने तार,
देश र काल नाघेर चल्छ ईश्वरको वर छ !
सँभाल मन, ए मेरी जून, यो छोटो बादल हो,
निर्मल आकाश उघ्रन्छ फेरी पखाली गाजल यो,
डाँडाको पारी उडेको चार गुँडलाई बिर्सन्न,
पङ्खको चङ्गा प्यारको सूतले ताने के फर्कन्न ?
प्यारी तानिए फर्कन्न ?
नमान डर इश्वर छ भर, बुझाइ बसे मन
अँध्यारो हुन्न सधैलाई प्यारी फर्केर आउला दिन !

ननस्टपबाट 

प्रतिकृया दिनुहोस

पैसाले कसरी यौन–जीवन बर्बाद गर्छ ? यसरी मिलाउने कि सन्तुलन

हालैसालै भएका केही शोधले देखाउँछ, ‘पैसासँग जोडिएका विषयले मानिसको यौन जीवनलाई प्रभावित गरिरहेको छ ।’ वैवाहिक जीवनलाई सफल र सुखी कसरी बनाउने

आज महाकवि देवकोटाको ११० औँ जन्मजयन्ती

अनलाइन तहल्का  कार्तिक २१, काठमाडौँ । नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११० औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न

बुढो भएपछि कहाँ जान्छन् सेना र प्रहरीका कुकुर, विष दिएर मारिन्छ र ?

काठमाडौं –नेपाल प्रहरीले अपराध अनुसन्धान, उद्दार तथा खोजी, विशिष्ट व्यक्तिको सुरक्षाजाँच लगायत कार्यका लागि कुकुरको प्रयोग गर्छ । तालिमप्राप्त