पत्रकार कुटेको घटना नसेलाउदै प्युठानमा जनप्रतिनिधिले शिक्षकको टाउको फुटाए

अनलाइन तहल्का

प्यूठान, २१ कार्तिक ।

अचेल गाउँमा स्थानीय निकायका जनप्रतिनिधि भन्नेहरुको दादागिरी चलेको छ । मुख त चलाएकै छन विस्तारै घरेलु हात हतियार पनि चलाउन थालेका छन् । यसैक्रममा प्यूठानमा एक जनप्रतिनिधिले शिक्षकको टाउको नै फुटाइदिएका छन् । 
केही समय पहिले मात्र स्वर्गद्वारी नगरपालिकामा एक वडा अध्यक्षले पत्रकारलाई चक्कु प्रहार गरेर घाइते बनाएको घटना सेलाउन नपाउँदै प्यूठानकै झिमरुक गाउँपालिकामा अर्का वडा अध्यक्षले शिक्षकको टाउको फुटाएको खबर आएको छ । 
झिमरुक गाउँपालिका वडा नम्वर ८ का वडा अध्यक्ष तुलस बस्नेतले स्थानीय शिक्षक सिद्धिमान एमसीलाई कुटेका हुन् । विद्यालय व्यवस्थापन समितिको बैठक चलिरहेका बेला बस्नेतले आफूलाई कुर्सीले टाउकोमा प्रहार गरेको एमसीले बताए । शिक्षक एमसी जनता माध्यमिक विद्यालय लिवाङ टिमुरचौरमा चारवर्षदेखि प्राथमिक तहमा कार्यरत रहँदै आएका छन् ।
उनले मंगलबार प्यूठान अस्पताल विजुवार पुगेर आफ्नो उपचार गराएका छन् । टाउकोमा पाँचवटा टाका लगाइएको एमसीलाई डाक्टरले एक सातासम्म आराम गर्न सल्लाह दिएका छन् ।

केहिदिन अङि पनि प्युठानमा नै एक वडा अध्यक्षले पत्रकालाइ धारिलो हतियार प्रहार गरेर पत्रकार घाइते बनाएका थिए ।

प्रतिकृया दिनुहोस

राष्ट्रपति भण्डारी मंसिर तेस्रो साता पोल्याण्ड जाँदै

अनलाइन तहल्का  कार्तिक २८, काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी मंसिर तेस्रो साता पोल्याण्डको भ्रमणमा जाने भएकी छन् । संयुक्त राष्ट्रसंघले

उच्च अदालत छत्रेश्वरी गाउँपालिकाको पक्षमा 

अनलाइन तहल्का कार्तिक २७, सल्यान । सल्यानको छत्रेश्वरी गाउँपालिका विरुद्व परेको मुद्दा उच्च अदालत सुर्खेतले फैसला गरेको छ । शिक्षक सरुवाको विषयलाई

आज छठ पूजाको दोस्रो दिन ‘खरना’, तराईमा यस्तो हुन्छ 

अनलाइन तहल्का  कार्तिक २६, काठमान्डौं ।  चार दिनसम्म मनाइने सूर्य उपासनाको पर्व छठको आज दोस्रो दिन व्रतालुको घरघरमा साँझ ‘खरना’पूजागरि