प्रेमीको हत्या पछि पाकिस्तानीलाई मासुको भोज 

अनलाईन तहल्का
 

मोरोक्कोकी एकजना महिलाले आफ्ना प्रेमीको हत्या गरी उनको शरिरका भागहरू संयुक्त अरब इमिरेट्समा कार्यरत पाकिस्तानी श्रमिकहरूलाई पकाएर खुवाएको अभियोजनकर्ताहरूले आरोप लगाएका छन।
अभियोजनकर्ताहरूका अनुसार ती महिलाले आफ्ना प्रेमीको तीन महिनाअघि हत्या गरेकी थिइन्। त्यसको पत्तो भने हालसालै मात्र उनको ‘ब्लेन्डर’मा मानव दाँत भेटिएपछि मात्र थाहा भएको थियो । उनले प्रहरीसामु उक्त घटनालाई आफ्नो ‘पागलपन’को रूपमा स्विकार गरेको त्यहाँको सरकारी पत्रिका द न्यास्नलले लेखेको छ। ३० वर्ष आसपासकी ती महिलाले एउटा लामो अनुसन्धानको सामना गर्नुपर्नेछ।

 

मृतक व्यक्तिसँग उनी सात वर्षदेखिको प्रेम सम्बन्धमा थिइन्। द न्यासनलले लेखेको छ, उक्त व्यक्तिले मोरक्कोकै अर्की महिलासँग विवाहको तयारी गरिराखेको जनाएपछि हत्या गरेको बताएकी छन। प्रहरीले उनको हत्या कसरी भयो भनेर नखुलाए तापनि ती व्यक्तिका अंगहरू भात र मासुको मिश्रित परम्परागत परिकार तयार गरेर आसपासमा काम गरिराखेका पाकिस्तानी कामदारहरूलाई खुवाएको बताएको छ।

 

पत्रिकाका अनुसार पीडकका भाईले उनलाई ओमनको सीमा नजिकैको अल अलिनस्थित शहरमा रहेको घरमा खोज्न गएपछि ब्लेन्डरभित्र दाँत फेला पारेका थिए। उनका भाईले आफ्ना दाजु हराईरहेको उजुरी प्रहरीमा दिएका थिए जसले डीएनए परीक्षण गरेपछि उक्त दाँत हराइरहेका भनिएका उनका दाजुकै रहेको पुष्टी भएको थियो।

 

प्रहरीका अनुसार उक्त महिलाले पहिले मृतकका भाईलाई घरबाट निकालिदिएको बताएकी थिइन। तर दुबईस्थित गल्फन्यूजले प्रहरी अनुसन्धानका क्रममा पछि हत्या स्विकारेकी थिइन।

समाचार स्रोतहरूका अनुसार उनले आफ्ना साथीहरूको सहयोगमा उक्त अपार्टमेन्ट सफा गरेकी थिइन्। ती महिलालाई मानसिक जाँचका लागि अस्पताल पठाइएको समेत बताइएको छ।  

प्रतिकृया दिनुहोस

हजार किलोको फर्सी फलाएर राखे किर्तिमान

अनलाइन तहल्का अमेरिकाको सनफ्रान्सिस्कोमा भएको फर्सी प्रतियोगितामा राखिएको १ हजार ७० किलो तौल भएको फर्सीले अमेरिकाको इतिहासकै वजनदार फर्सीको

अमेरिकी अस्पतालमा बन्दुकधारीको आक्रमणबाट एक डाक्टरसहित चारको मृत्यु

अनलाइन तहल्का     अमेरिकी शहर शिकागोमा अवस्थित शिकागो अस्पतालको सवारी पार्किङस्थलमा भएको विवादपछि भएको गोली काण्डमा एक डाक्टर र प्रहरी

म हुँदाहुँदै श्रीमान त अर्कैसँग पल्किएका रहेछन् , चिन्तित छु

म सँधै सोच्थें, मेरो वैवाहिक जीवन ठिकठाक चलिरहेको छ । बिहे भन्दा केहि अघिदेखिनै हामीसँगै थियौँ र विवाहपछि दुई दशक संगै बितायौं । हाम्रा छोराछोरी पनि भए