को पत्रकार ? कस्तो पत्रकारिता ?

–भुपेन्द्र वली
शुरुवात आफैबाट गर्छू — विकट स्थानमा जन्मे । हुर्कदा युद्धकाल थियो । शहरबाट गाउँ तिर मान्छे त जाँदैनथिए भने पत्रिका जाने कुरै थिएन । पत्रिका देख्नका लागि कबाडवालाको ठेलामा बेलुकीपख खोजतलास गर्नुपथ्र्यो । पाँच सात महिना , एक दुई वर्ष अघिका पत्रिका हेर्ने पाएर पनि म मक्ख पर्थे । यद्यपी तिनै धुलो जमेका पत्रिका पढ्दा पनि लेख्ने रहर चाँही मनमा थियो । ६० को दशकबाट लेख्न थाले । कति अक्षर लालीगुराँस कापीका पन्नामा बिलाए । कति मनमा नै हराए । युद्ध पनि समाप्त भयो । म शहर झरे । लेख्ने रहर झनै ताजा भयो ।
पत्रिका हेर्नका लागि कबाडवालाको ठेला खोजतलास गर्नुपरेन । पत्रिका आफै बिहानपख ढोका छेउसम्म आईपुग्न थाले । र मैले पनि लेख्ने कर्मको शुरुवात गरे । लेख्न थालेको आज करिब करिब १५ वर्ष पुगिसकेको छ । यसबिचमा आलेख , कथा , कविता , समाचार सबै लेखे । आफनो चेतले भ्याएसम्म लेखे । लेख्दा लेख्दा आज एउटा मुलधारको पत्रिकामा आबद्ध छु । जिल्लामा पत्रकारिताको नीतिगत तहमा छलफल हुने स्थानको महत्वपुर्ण जिम्मेवारीमा छु । पत्रकारिताले नै बिहान साँझको जोहो भईरहेको छ ।
मोफसलमा रहेर एउटा समान्य मनोभाव भएको पत्रकारले अपेक्षा गर्न सक्ने कुरा प्राप्त भएका छन् । तर पनि एउटा प्रश्नले मनमा सँधै बिझाईहरन्छ — मैले के लेखिरहको छु ? र त्यो भन्दा ठुला प्रश्न — म कस्तो पत्रकार हुँ ? आफैलाई यस्तो किसिमको प्रश्न गर्नु अरु कसैलाई उपर्युक्त लाग्ला÷ नलाग्ला ? तर मैले पढेका दर्शन , साहित्य , राजनीति , समाज सबैको एउटै सार थियो — जिन्दगीमा प्रश्न गर्नु । र अरु भन्दा पहिले र सबैभन्दा बढी आफैलाई प्रश्न गर्नु । त्यसैले उल्लेखित प्रश्न बेला बेलामा म आफैलाई सोध्ने गर्छु । र नढाँटी भन्नुपर्दा आफैलाई सोधिएका यि प्रश्नहरmको चित्तबुभ्mदो जवाफ अहिले सम्म पनि म आफैले पाउन सकेको छैन् ।

 

को पत्रकार ?
भागवत गिताका अनुसार कुनै पनि प्राणीलाई उसको कर्मले चिनाँउछ । पत्रकारका सन्दर्भमा पनि कैयन परिभाषा लेखिएका छन् । पढाईएका छन् । हिजोआज त चोकचोकमा जाने हो भने पाठकले आफनो भोगाईका अनुसार पत्रकारका कैयन परिभाषा निर्माण गरिदिएका छन् । यसर्थमा यि तमाम खालका परिभाषा तर्फ नगई कर्मका आधारमा पत्रकारका बारेमा आफना विचार राख्न चाहन्छु । पत्रकार , साहित्यकार वा पेशाका पछाडी ‘कार’ प्रत्यय जोडिएका प्रायः मानिस शब्दका सारथी हुन ।
जसले शब्दमा आफनो पेशागत कला मिसाएर समाज र त्यसका विभिन्न पक्षका बारेमा चर्चा गर्छन । अझ भन्नुपर्दा म मानव सम्यताको विकासका लागि शब्दको अपरिहार्य भुमिका रहेको म ठान्छु । यसर्थ यि शब्दका सारथीहरु मानव सभ्यतालाई दिशा दिन सक्ने क्षमता भएका मानिस हुन । यसले शब्दको कर्म गर्नेको भुमिका समाजका लागि कति महत्वपुर्ण छ भन्ने प्रमाणित गर्छ । यसै चर्चाबाट पनि के थाहा हुन्छ भने पत्रकार भनेको आफु बाँचेको समाजलाई दिशानिर्देश गर्ने सवालमा आफनो क्षमता अनुसारको भुमिका निर्वाह गर्ने मानिस हो ।

 

कर्मका आधारमा भन्नुपर्दा कुनै पत्रकार चिनारी उसले लेखिरहेको समाचार हो । कुनै पत्रकारले कुन समाचार लेख्छ वा लेख्ने कुरामा भुमिका निर्वाह गर्छ भन्ने कुरा नै उक्त पत्रकारको पहिचान हो । तर यहाँ उल्टो भईरहेको छ । समझदा २,४ वटा राम्रा समाचार लेखेको सम्झना पनि नआउने पत्रकारलाई हामी पत्रकारमा मात्र सिमित नगरेर ‘चर्चित ’ पत्रकारका रुपमा सामाजिक सञ्जालमा प्रशंसा व्यक्त गरिरहेका छौं । अरुको चर्चा गर्नुपर्ने पत्रकार जब आफै चर्चित हुन थाल्छ , त्यो पत्रकार नभई अर्के मानिस भईसक्छ । किनकी पत्रकारलाई राज्यको चौथो अङ भनिएको आफनो चर्चा गर्न नभई समाज , राज्य , राज्यका विविध संरचनाको चर्चा गर्नका लागि हो । तिनका सकारात्मक÷नकारात्मक पाटोका बारेमा जनसमक्ष अवगत गराउनका लागि हो ।
पत्रकारको पहिचानका बारेमा सारमा यति भन्छु — जो सुकै समाचार कर्मका आधारमा नभई गलत प्रचारका आधारमा पत्रकार मात्र नभएर चर्चित पत्रकारको चर्चामा छ — त्यो खासमा पत्रकार नै हैन । र कसैले डिजिटल जमाना हो भन्ने तर्क गरेर सामाजिक सञ्जालमा औपचारिक कार्यक्रमको फोटो र नेताजीको भाषण राखेर ‘समाचारको कर्म’ गर्ने पत्रकार भनि ठान्छ भने त्यो मिथ्या भ्रम मात्र हो । उसो भए को होत पत्रकार ? सूचनाको सत्यता, वस्तुपरकता, विश्वसनियता, कार्यगत स्वतन्त्रता, जनहित, तटस्थता, स्वच्छता, जवाफदेहिता आदिलाई बीबीसी एकेडेमीले पत्रकारिताका आधारभूत मान्यताहरू भनेको छ। यस्ता मान्यताहरूलाई आत्मसात गर्दै सर्वसाधारणको हितका लागि कुनै व्यक्ति पत्रकारिताको अभ्यास गर्दछ एवं पत्रकारिता गर्ने सिलसिलामा पत्रकार आचारसंहिता पालन गर्दछ, त्यो पत्रकार हो ।

 

सस्तो पत्रकारिता
हालैको पत्रकारिता बारे एकजना विद्धानको भनाई छ — ‘‘बिहान उठ्दा तपाईले समाचार पढ्न पाउनु भएन भने तपाई अज्ञानी हुनुहुनेछ । तर पढ्नुभयो भने तपाई मुर्ख बन्नुहुनेछ । तपाई अज्ञानी बन्ने कि मुर्ख ? त्यो तपाईको रोजाई हो । ’’ हाम्रो वर्तमान पत्रकारिताप्रति गरिएको यो भन्दा अर्को ठुलो व्यङय अरु होला जस्तो मलाई लाग्दैन । यो भनाई अनुसार जो कोहीले मुर्ख भन्दा अन्जान नै बन्नु जायज ठान्ला । तर भनाईको सार पत्रिका नै नपढ्नुस भन्दा पनि हामीले पाठकलाई के दिईरहेका छौं भन्ने तर्फको व्यङय हो ।
पत्रकारितामा पनि विविध आयाम थपिएका छन् । पृष्ठ अनुसारका सामग्री र बिट निर्धारण गरिएका छन् । अमेरिकी पुर्व विदेशमन्त्री तथा राष्ट्रपती पदकी प्रत्यासी समेत रहेकी हिलारी क्लिन्टनको भनाई मलाई याद आँउछ । उनले भनेकी छिन् — ‘‘मैले पत्रिकाको पहिलो पृष्ठमा मेरो बारेमो समाचार छपाउने खोजे धेरै केही गर्नुपर्दैन , कपालको आकार परिवर्तन गरिदिए पुग्छ ।’’ यदाकदा हाम्रा पत्रकारिताले उनले भनेजस्तै सतही एवं बिक्ने तर नटिक्ने सामाग्री पस्किरहेको जस्तो लाग्छ । खासगरी बिट पत्रकारितामा अहिले सबैको चासो छ । हुनु पनि राम्रो हो । तर बिट पत्रकारिताको नाममा बिट बिटमा अल्झिने काम भईरहेको छ । उदाहरणका लागि — प्रहरीका समाचार लेख्ने पत्रकार आफुलाई ‘क्राईम रिपोर्टर’ भनि चिनाउँछ । सरकारी निकायको वार्षिक आय व्ययको समाचार लेख्ने पत्रकार आफुलाई ‘विकास पत्रकार’ भनेर चिनाउन उद्यत छ ।

 

कृषि कार्यालयले वर्ष भरि बाँडने अनुदान रकमको समाचार लेख्ने पत्रकार आफुलाई ‘कृषि पत्रकार’ भनेर चिनाँउछ । मिथ्या आरोप लगाउने पत्रकार आफुलाई ‘भण्डाफोर पत्रकार’ भनेर चिनाँउछ । नेताको भाषण र पार्टीको घोषणा पत्र सार्वजनिक गरिदिने पत्रकार आफुलाई ‘राजनैतिक बिटको’ पत्रकार भनेर चिनाँउछ । मैले यसो भनेर समग्र पत्रकारिता नै संशलेषण गर्न खोजेको पक्कै पनि हैन । तर पत्रकारितामा फैलिएको मिथ्या भ्रम र बुझाई बारे मात्र यहाँ उल्लेख गर्न खोजेको हुँ ।
हुनुपर्ने त क्राईम रिपोर्टर हुनका लागि पुलिसका नभई पीडितका , विकास पत्रकार हुनका लागि सरकारी निकायको आयव्ययको औपचारिक आय व्यय भन्दा खर्च गरे बापत त्यसको प्रभावको , कृषि पत्रकार हुनका लागि कृषि कार्यालयको नभई किसानको , भण्डाफोर पत्रकार हुनका लागि आरोप नभई तथ्यसँगत भ्रष्टाचार , राजनैतिक बिटको पत्रकार हुनका लागि नेता र पार्टीको घोषणा नभई घोषणा पुरा भए नभएको अवस्था लेखिनु आवश्यक छ । यस्तो पत्रकाारिता बारे माओले चिनियाँ पत्रकारिता बारेमा भनेको थिए — ‘हाम्रो पत्रकारिता भुत्ते भएको छ । भुत्ते चक्कुले घाउ बनाउँदैन ।’

 

अबका चुनौती

डिजिटल संसारले अवसर र चुनौती दुबै थपिएदिएको छ । र त्यो संगसंगै पत्रकार र पत्रकारिता पनि अछुतो छैन् । अवसरका रुपमा हेर्यो भने सुचना संकलनका रप्रकाशन÷प्रसारणका लागि एक दशक अघि जस्ता अप्ठयारा हरु छैनन् । गतिलो सुचना स्रोत छ भने क्षणभरमै हाम्रा समाचार जनसमक्ष पुर्याउन सकिन्छ । तर दिनदिनका पनि नभई छिनछिनका समाचार बिक्ने जमाना भईसकेको अवस्थामा चूनौतीहरु पनि थपिरहेका छन्। ‘ ट्वान्टी वन लेसन फर ट्वान्टी सेन्चुरी ’ नामको आफनो किताबमा युवल हरारीले अहिलेको युगलाई विचार शुन्यता अर्थात ‘निलहिज्म’ को युग भनेर परिभाषित गरेका छन् । खासगरी विश्वभर ‘बायोटेक्नोलजी’ र ‘बायोइञ्जिनियरिङ’ ले विचार शुन्यताको अवस्था सृजना गरी मान्छेलाई नै स्वचालित मेशिनमा रुपमान्तरण गरिदिएको उनको तर्क छ ।

उनि भन्छन — ‘‘ अब कुनै आईसक्रिम कति मिठो भन्ने कुरा त्यसको स्वादले भन्दा पनि ‘गुगलले’ निर्धारण गरिदिने भएको छ । गुगलले कुन कम्पनीको सामानलाई सर्च गर्दा सबैभन्दा माथि देखाउछ त्यही नै राम्रो भन्ने भ्रम उत्पन्न हुने जमाना आएको छ । ’’ त्यस्तै उनी अहिले डिजिटल जमानाले सृजना गरेको ‘बिग डाटा’ सिस्टम बाट मान्छेलाई कसरी नियन्त्रण गर्न खोजिएको छ भन्ने बारेमा पनि अर्को तर्क प्रस्तुत गर्छन — मानिसले दुखाई महसुस नगर्दै बायोटेक्नोलजी र बिग डाटा प्रक्रियाले पहिले तिमीलाई यो रोग लाग्दै छ वा लागिसकेको छ भन्ने निर्धारण गर्ने समय आएको छ ।

अर्थात मान्छेले स्वास्थय ईतिहासमै सबैभन्दा राम्रो स्वास्थय सेवा त पाएको छ । तर उ जिन्दगीभर बिरामी भईरहने समस्या पनि उत्पन्न भएको छ । ’ मैले हरारीका तर्क जस्तै नेपालको अवस्था पनि यस्तै भईसकेको छ भनेर पक्कै पनि हैन । यद्यपी हाम्रो डिजिटल पत्रकारिताले पनि यसै गरी कतै न कतै पाठकलाई स्वचालित बनाईरहेको छ । सामाजिक सञ्जाल खोल्दा सतही र अत्यन्त चर्का किसमका समाचार भाइरल भईरहेका हुन्छन । डिजिटल प्रविधिका कारण पाठकले सबैभन्दा पहिले त्यही समाचार पढेर आफनो धारणा बनाईरहेको हुन्छ । फेसबुकमा जे लेखिन्छ , पढिन्छ त्यही सत्य हो भन्ने बुझाई बन्दै गएको छ । गहिरो अनुसन्धान गरेर लेखिएका लामा समाचार पढ्न पाठकलाई पनि अल्छि लाग्छ ।

‘टाइट््ल’ पढेरै धारणा बनाउने वा समाचार सर्च गर्न पाठक भईदिएसी पत्रकारले पनि भित्रको समाचार भन्दा ‘टाईटल’ राम्रो बनाउनलाई नै मेहनत गरिरहेको छ । यस्तो अवस्थामा एउटा पत्रकारले कसरी आफनो पत्रकारिताबाट समाज समक्ष सत्य प्रस्तुत गर्न सक्छ ? सतहमा अल्झिने समाज भईदिएपछि गहिरो र लामो अध्ययन अनुसन्धान गरेर लेख्न रुचाउने पत्रकार र पत्रिका कसरी टिक्न सक्छ ? अबका चुनौती यिनै हुन जस्तो लाग्छ । मैले यहाँ यस्तो गर्दा यि चुनौती पार गर्न सकिन्छ भनेर लेख्नु उचित ठानिन । किनकी लेखनीको शुरुवात नै मैले प्रश्नबाट गरेको छु ।
मेरा प्रश्नले केही पत्रकारका मनमा केही मात्र प्रश्न जागृत गराईदियो भने यो लेखनीले सार्थकता पाउनेछ । किनकी ज्ञान हुनु र विवेक हुनुमा धेरै अन्तर छ । ज्ञानले अरुमा समस्या देखाउछ । तर विवेकले आफुमा महसुस गराउछ । स्वचालित बन्दै गएका हाम्रा सञ्चारमाध्यम , पत्रकार र पाठकका बिच पत्रकारिताका चुनौती समाधान गर्न विवेकको खाँचो छ । अज्ञानीहरुको विषयमा त किन शब्द खर्चनु ? किनकी मानिसले जति कम जान्दछ , त्यति धेरै जानेको छु भनि विश्वास गर्र्दछ ।

प्रतिकृया दिनुहोस

रिहा भएपछि असलको पहिलो लेख 'राज्य आतङ्क र क्रान्तिकारीको दायित्व'

-चन्द्र वहादुर खड्का (असल) जहाँ दमन हुन्छ त्यहाँ प्रतिरोध हुन्छ । जनताले राज्यले अङ्गिकार गर्ने कदमको सचेततापूर्वक प्रतिक्रिया दिन्छन् । राज्यले

विकासका पूर्वाधारहरू खडा गरेका छौँ भन्दै दार्मा अध्यक्ष अरुण भन्छन तिर्न नसक्ने गरि कर बढेको छैन

कर्णाली प्रदेशको सल्यान जिल्लामा रहेको दार्मा गाउँपालिका प्राकृतिक हिसाबले निकै रमणीय गाउँपालिका हो। प्राकृतिक रूपमा भरिपूर्ण यो गाउँपालिका

पर्यटन प्रवर्धनका क्षेत्रमा काम गर्छौंः मेयर अधिकारी

सल्यान जिल्लाकै पहिलो नगरपालिका शारदा नगरपालिकाले पर्यटन प्रवर्धनका क्षेत्रमा राम्रो कामको सुरुआत गरेको छ । नगरपालिकाभित्र रहेका पर्यटकीय