विप्लवको यस्तो फोटो सामाजिक सञ्जालमा भाईरलः यस्तो छ कारण

काठमाडौं .

पछिल्लो समय पार्टीलाई भूमिगत रुपमा चलाउँदै आएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवको फोटो केही दिन यता सामाजिक सञ्जाल फेसबुकमा भाईरल बन्दै गएको छ । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टी पूर्नगठनको अवसर पारेर मंसीर आठ गते काठमाडौंको प्रदर्शनी मार्गमा गरेको प्रर्दशनमा पार्टी महासचिव विप्लव उपस्थित भएको फोटो बाहिरिएपछि यसको चौतर्फि टिका टिप्पणी हुन थालेको छ । फोेटोमा विप्लवले कालो टोपी र मुखमा मास्क लगाएको र बाँया हातले लठ्ठी टेकेका छन् ।


उनी जुलुसको बिचमा देखिन्छन् । हाँस्दै नारा लगाईरहेको पनि देख्न सकिन्छ । उनको बाँया तर्फ उनीभन्दा एक स्टेप अगाडी निलो रङको ज्याकेट लगाएका युवाले नारा लगाउँदै गरेको र दाँयातर्फ जेन्सको ज्याकेट लगाएका युवा छन् । यसरी सार्वजनिक भएको फोटो पुरानो हो वा नयाँ यस विषयमा विभिन्न टिका टिप्पणी भईरहेका छन् । यो फोटोको विषयमा विप्लवकै कार्यकर्ताहरुमा पनि मतभेद रहेको छ । कसैले विप्लव जनताको बीचमै छन्, भूमिगत छैनन् भनिरहेका छन् भने, कसैले विप्लव मंसीर ८ गतेको कार्यक्रममै उपस्थित नरहेकाले भ्रममा नपरौँ भनेर भनिरहेका छन् । तर फोटोमा विप्लव नै हुन् भन्ने कुरा स्पष्टसँग किटान गर्न सकिन्छ ।

पार्टीले मंसीर ८ गते आयोजना गरेको कार्यक्रममा विप्लव नै उपस्थित हुने भनिएपनि पनि अन्तिम समयमा आएर विप्लवलाई सुरक्षा चुनौती रहेको भन्दै सो पार्टीको स्थायी समितिको बैठकले पार्टी प्रवक्ता प्रकाण्डलाई प्रमुख वक्ताको रुपमा पठाउने निर्णय गरेको थियो । त्यसपछि पार्टीको निर्णय अनुसार प्रवक्ता प्रकाण्डले प्रदर्शनको नेतृत्व गरेको सो पार्टीका नेताहरु नै बताउँछन् । कार्यक्रममा महासचिव विप्लव नै सहभागी थिए वा थिएनन् यस विषयमा सो पार्टी र नेताहरु आधिकारिक रुपमा केही बोलेका पनि छैनन् । तर महासचिव विप्लव जनसभामा उपस्थित भएको सो पार्टी निकट जबस मोर्चाका एक अध्यक्षले बताए ।

केही समय पहिले नेकपाका प्रवक्ता प्रकाण्डलाई प्रहरीले पक्राउ गरेर लामो समय हिरासतमा राखेपछि त्यसको चौतर्फि आलोचना भयो, सर्वोच्च अदालतले प्रकाण्डलाई गैरन्यायीक तरिकाले गिरफ्तार गरेको भन्दै करिब ४ पटक रिहा गर्न आदेश दिएको थियो तर प्रहरीले पटक( पटक सर्वोच्च अदालतको आदेशलाई लत्याउँदै पक्राउ गरेको थियो भने, महासचिव विप्लवलाई पनि पक्राउ गर्न भन्दै प्रहरीले देशैभरी सर्कुलर जारी गरेको थियो ।

त्यस्तै अहिले पनि विप्लवलाई निगरानीमा राखेको सरकारी सुरक्षा निकायका प्रमुख हरुले बताउँदै आएका छन् । सरकारले उनको निगरानी गरिरहेको बताईरहेको बेला विप्लवको फोटो सार्वजनिकहरुलाई निक्कै अर्थपूर्ण रुपमा हेरिएको छ । राजधानीको मुटुमा भएको कार्यक्रममा विप्लव सहभागी भएको कसैले पनि चाल नै पाएनन् । फोटो सार्वजनिक भएपछि भने, सबै छक्क परेका छन् ।

मेरो दैनिकबाट

प्रतिकृया दिनुहोस

मन्त्री निवास सम्बन्धि सरकारको निर्णय यस्तो आयो

अनलाइन तहल्का  मंसिर २०, काठमाडु ।     सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमूख, मुख्यमन्त्री र मन्त्रीका लागि भैसेपाटीस्थित सैबु आवास

कमल थापा र बाबुराम भट्टराई यसरी भिडे, विवाद के मा यस्तो छ

अनलाइन तहल्का मंसिर २०, काठमान्डौं ।  एसिया प्यासिफिक सम्मेलनको नाममा सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप सोसल मिडियामा लागिरहँदा

हेलिकप्टरमा सबैको पहुँच पुर्‍याउँछौँ

अनलाइन तहल्का  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपालको भू–बनोटका कारण हेलिकप्टर अति आवश्यक भएको बताएका छन्।आजको