बैठक स्थलबाटै पक्राउ परे विप्लवका नेता खत्री

अनलाइन तहल्का
मंसिर ११, सल्यान ।
सल्यानमा विप्लव नेकपाका एकजना नेता बैठक स्थलबाटै पक्राउ परेका छन् ।
मंगलबार श्रीनगरमा पार्टीको बैठक बसिरहेको बेला जिल्ला सचिवालय सदस्य तथा छत्रेश्वरी गाउँपालिका इन्चार्ज टोप बहादुर खत्री बैठक स्थलबाटै पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानको टोलीले उनलाई पक्राउ गरेको नेकपा सल्यानले जनाएको छ ।

हिजोदेखि नै आफ्नो पार्टीमाथि धरपकट गर्ने सरकारले बैठक स्थलबाटै नेता गिरफ्तार गर्नु अमानविय व्यवहार र आपत्तीजनक भएको नेकपा सल्यान इन्चार्ज विश्वले लेकाली अनलाइनलाई बताए ।
विभिन्न बहाना बनाएर नेताहरुलाई गिरफ्तार नगर्न उनले प्रहरी प्रशासनलाई आग्रह पनि गरेका छन । जनताका आवाज उठाउदा नेता कर्यकर्ताहरुलाई फसाउन विभिन्न आरोप लगाएर गिरफ्तार गरेको भन्दै उनले नेता खत्रीलाई तत्काल रिहाइ नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

यता जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी बिरेन्द्र बहादुर शाहीले केहिदिन अघि दार्मा गाउँपालिकाको टेन्डर बोलपत्र च्यातिएको अभियोगमा पक्राउ गरिएको बताएका छन् । उनले त्यसबारे अनुसन्धान भइरहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

मन्त्री निवास सम्बन्धि सरकारको निर्णय यस्तो आयो

अनलाइन तहल्का  मंसिर २०, काठमाडु ।     सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमूख, मुख्यमन्त्री र मन्त्रीका लागि भैसेपाटीस्थित सैबु आवास

कमल थापा र बाबुराम भट्टराई यसरी भिडे, विवाद के मा यस्तो छ

अनलाइन तहल्का मंसिर २०, काठमान्डौं ।  एसिया प्यासिफिक सम्मेलनको नाममा सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप सोसल मिडियामा लागिरहँदा

हेलिकप्टरमा सबैको पहुँच पुर्‍याउँछौँ

अनलाइन तहल्का  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपालको भू–बनोटका कारण हेलिकप्टर अति आवश्यक भएको बताएका छन्।आजको