पोष्टपाटीका सम्पादक पक्राउ, बिनासर्त रिहा गर भन्यो क्रान्तिकारी पत्रकार संगठनले

अनलाइन तहल्का 
मङ्सिर ११, काठमाडौं । पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई गिरफ्तार गरेको विरोधमा क्रान्तिकारी पत्रकार संगठनले विरोध जनाएको छ ।
एक प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण भएको जनाएको हो । 
अध्यक्ष डिल्लीराज रावत र महासचिव बाबुराम भुषालको हस्ताक्षर रहेको विज्ञप्तीमा पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भनिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतताको बर्खिलाप हुने गरि गरिएको उक्त पक्राउ निन्दनीय भन्दै प्रेस विरोधी हर्कतको  घोर भत्र्सना गर्दै बिना सर्त रिहा गर्न माग गरिएको छ । 
विज्ञप्तीमा रिहा नगरे संघर्षका कार्यक्रमहरु गर्न हामी बाध्य हुन्छौ भनिएको छ । 
मङ्सिर ६ गते अनलाइनमा ‘जनमुक्ति सेना बुझाएर पैसा खाएको भन्दै कार्यकर्ताद्वारा प्रचण्डमाथि खुकुरी प्रहारको प्रयास’ भन्ने शिर्षकमा समाचार प्रकाशन गरेपछि प्रहरीले निगरानी बढाएको थियो ।
साइबर क्राइम बिषयलाई लिएर अनुसन्धानका लागि महानगरीय अपराध शाखा अन्तर्गत टेकुमा रहेको सीआइबि प्रहरीले गिरफ्तार गरेको बुझिएको छ । उनलाई मनमैजुबाट सीआइबि प्रहरीले प्रकाउ गरि टेकु पुराएको छ ।
अहिले पत्रकार गोपाल चन्दलाई टेकु स्थित महानगरीय अपराध शाखामा राखिएको छ । पोष्टपाटीमा प्रकासित समाचार अन्य अनलाइनबाट साभार गरिएको पोष्टपाटीले नै जनाएको छ ।

विषय :प्रेस विज्ञप्ति
मिति : २०७५र०८र११
पोष्टपाटी डटकमका सम्पादक गोपाल चन्दलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति क्रान्तिकारी पत्रकार संगठन, नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । कुनै पनि पत्रकारलाई समाचार लेखेकै आधारमा पक्राउ गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । नेपालको संविधान २०७२ ले दिएको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतताको बर्खिलाप हुने गरि गरिएको उक्त पक्राउ निन्दनीय छ । 
संविधानले दिएको अधिकारलाई प्रयोग गर्न पाउनु प्र्र्येक नागरिकको नैसर्गिक अधिकार हो । सुचना तथा समाचारलाइ जनताको बीचमा पु¥याउनु पत्रकारको कर्तव्य हो । समाचार सत्य हो वा होईन भन्ने विषयमा त्यसको नियमन गर्ने निकाय प्रेस काउन्सिल हुँदाहुँदै पत्रकारलाई अपराधी जस्तै हत्कडी लगाउनु नेपालको प्रचलित विधि र कानुनको उपहास हो । हाम्रो संगठनले यस्ता प्रेस विरोधी हर्कतको  घोर भत्र्सना गर्दै उहाँलाई बिना सर्त रिहा गर्न जोडदार माग गर्दछ । अन्यथा कडा संघर्षका कार्यक्रमहरु गर्न हामी बाध्य हुनेछौँ । 
क्रान्तिकारी अभिवादन सहित
  

  बाबुराम भुषाल           डिल्लीराज रावत  
    महासचिव             अध्यक्ष

प्रतिकृया दिनुहोस

मन्त्री निवास सम्बन्धि सरकारको निर्णय यस्तो आयो

अनलाइन तहल्का  मंसिर २०, काठमाडु ।     सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमूख, मुख्यमन्त्री र मन्त्रीका लागि भैसेपाटीस्थित सैबु आवास

कमल थापा र बाबुराम भट्टराई यसरी भिडे, विवाद के मा यस्तो छ

अनलाइन तहल्का मंसिर २०, काठमान्डौं ।  एसिया प्यासिफिक सम्मेलनको नाममा सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप सोसल मिडियामा लागिरहँदा

हेलिकप्टरमा सबैको पहुँच पुर्‍याउँछौँ

अनलाइन तहल्का  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपालको भू–बनोटका कारण हेलिकप्टर अति आवश्यक भएको बताएका छन्।आजको