तलव नपाएका शिक्षक कालोपट्टी बाधेर काममा, यस्ता छन विरोधका अन्य कार्यक्रम 

इन्द्र बहादुर बुढाथोकी
मंसिर ११, सल्यान 
बन्गाडकुपिण्डे नगरपालिकाका शिक्षकहरुले विरोध स्वरुप हातमा कालोपट्टि बाँधेर पठपाठन सञ्चालन गरेका छन् । नगरपालिकाले विगत पाँच महिनादेखि तलवभत्ता नदिएको भन्दै सम्पूर्ण शिक्षकहरुले हातमा कालोपट्टि बाधेर विरोध जनाएका हुन । 
पटक पटक ज्ञापन पत्र बुझाउदा पनि कुनै माग सम्बोधन नभएपछि बाध्यभएर आन्दोलनमा जानु परेको शिक्षकहरुले बताएका छन् । नगरसभा तत्काल बसी आफुहरुले पाउनु पर्ने पारिश्रमिक नपाए चरणबद्ध आन्दोलनमा जाने उनीहरुले बताएका छन् । आज र भोली हातमा कालो पट्टि बाँधेर विरोध गर्ने १३ र १४ गते पेन डाउन गर्ने र १६ गतेदेखि नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरु अनिश्चित कालका लागि वन्द गर्ने शिक्षकहरुले चेतावनी दिएका छन् । 
नगर प्रमुख र उपप्रमुख तथा वडा अध्यक्षहरुको विवादका कारण नगरपालिकाको नगर सभा बस्न सकिरहेको छैन । नगरसभा बस्न नसक्दा नगरपालिका सम्पूर्ण कामकाज प्रभावित भएका छन् । 

प्रतिकृया दिनुहोस

खैरावाङ्ग मन्दिरमा नयाँ प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

अनलाइन तहल्का  मंसिर २७, सल्यान । सल्यानको धार्मिक पर्यटकिय गन्तव्य खैरावाङ्गमा पाटेश्वरी भगवतिको नया प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

सल्यानमा विश्वविद्यालय भवनको शिलान्यास, पुर्व सभाषद् र वडाध्यक्षले प्रदान गरे जग्गा

 अनलाइन तहल्का  मंसिर २२, सल्यान ।      सल्यान खलंगामा ब्रम्हाकुमारी ईश्वरिय विश्व विद्यालयको भवनको शिलान्यास भएको छ । शारदा नगरपालिका ३ मा

सल्यानमा जमानाकै याद दिलाउने गरि माैलिक नाच प्रदर्शन

अनलाइन तहल्का  मंसिर २२, सल्यान ।    सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय लोक कला संस्कृती संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ