जनकल्याणका पुर्व विद्यार्थीको यस्तो गजव काम, भैलोको रकमबाट विद्यार्थीको रक्त समूह परिक्षण

अनलाइन तहल्का 
मंसिर ११, सल्यान ।
सल्यानको एक विद्यालयमा अध्ययन गरेका व्यक्तिहरुले पूर्व विद्यार्थी समाज गठन गरी विद्यालयको लागि सामाजिक काम गरिरहेका छन । उनिहरुले तिहारको समयमा खेलेको देउसीभैलोबाट संकलन गरेको रकमले जनकल्याण नमुना मा.वि मा अध्ययनरत ८ देखि १२ कक्षा सम्मका ५ सय ५२ जना विद्यार्थीहरुको रक्त समूह (द्ययियम नचयगउ) परिक्षण गरिदिएका हुन । 


मंसिर ९ र १० गते जनकल्याण पूर्व विद्यार्थी समाजको आयोजना, जनकल्याण नमुना मा.वि को सहयोग तथा रेडक्रस शाखा सल्यानको सहजिकरणमा भएको कार्यक्रममा रक्त समूह परिक्षणका लागि ३८ हजार ७ सय २५ खर्च भएको छ । देउसि भैलो कार्यक्रमबाट संकलन भएको ८५ हजार रकम मध्ये उक्त रकम विद्यार्थीको रगत समूह परिक्षण गरिएको हो । अन्य रकम पनि विद्यालयको सामाजिक क्षेत्रमा खर्च गरिनेछ ।


रक्त समूह परिक्षण कार्यक्रममा बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । नगरप्रमुख बुढाथोकीले जनकल्याण पूर्व विद्यार्थी समाजले यो जनहितकारी काम गरेकोमा धन्यवाद दिदै जिवनभरी उपयोगी हुने भएकाले कसैले पनि नभुल्ने र नयाँ पिढिले पनि सामाजिक काम सिक्ने बताए । 


मुनाफा रहित र स्वतन्त्र पूर्व विद्यार्थिहरूको संगठित परोपकारी संस्था रहेको  जनकल्याण पूर्व विद्यार्थी समाजले आगामी दिनमा विद्यार्थिहरूको लागि अझै जीवनोपयोगि कार्यक्रमहरू संचालन गर्ने लक्ष्य राखेको समाजका अध्यक्ष का अध्यक्ष निरज केसीले जानकारी दिएका छन । 

प्रतिकृया दिनुहोस

यसकारण हुन्छ कम उमेरमै स्मरणशक्ति ह्रास

डा. ललितकुमार मिश्र मानव जीवनमा स्मरणशक्तिको ठूलो महत्व छ । स्मरणशक्ति तेज भएका मानिसहरुले हरेक क्षेत्रमा चाँडो प्रगति गर्न सक्छन् । कमजोर हुनेहरु

सुन्दर बच्चा चाहनुहुन्छ भने खानामा समावेश गर्नुस यि तत्वहरु

अनलाइन तहल्का मंसिर २४, सल्यान यदि तपाईँ चाहानुहुन्छ, कि तपाईँको हुनेबाला बच्चा तेज दिमाग र स्मार्ट होस भने पोषक तत्वले भरिपूर्ण खानाको साथै

स्वास्थ्य सुधारको लागि समाजमा अन्तरव्यक्ति संचारको आवश्यकता, सल्यानमा पिएसआइको १५ महिने परियोजना सकियो

अनलाइन तहल्का मंसिर २४, सल्यान । मानिसमा व्यवहारमा परिवर्तन नहुनुले उनिहरुको स्वास्थ्यमा समस्या देखिने सल्यानमा आयोजित एक कार्यक्रमका सहभागिले