छोरीको हत्यारा पक्राउ नगरेसम्म मलाई शान्ति मिल्दैन सरकारलाई भन्दिनुहोला,

 श्रीमान यज्ञराज पन्तको उपचारका लागि काठमाडौ आएकी निर्मला पन्तकी आमा दुर्गा पन्तले निर्मलाको बलात्कारपछि हत्यामा संलग्नलाई कार्बाही नगरेसम्म आफुलाई शान्ति नमिल्ने बताएकी छिन् ।


श्रीमानको उपचारको क्रममा त्रिबी शिक्षण अस्पतालमा रहेकी दुर्गाले भेटन आउनेहरुलाई भन्ने गरेकी छिन् ‘सरकारलाई भन्दिनुहोला निर्मलाको हत्यारालाई पक्राउ नगरेसम्म मलाई शान्ति मिल्दैन ।’ दुई महिना अघि छोरीको हत्यारालाई पक्राउ गर्न माग गर्दै काठमाडौ आएकी दुर्गाले प्रधानमन्त्री, गृहमन्त्री, प्रहरीमहानिरिक्षक लगायतलाई भेटेर छोरीको हत्यारा पक्राउ गरिदिन आग्रह गरेकी थिईन् । सबैले हुन्छ भनेर आश्वासन दिएका थिए तर, अहिलेसम्म हत्यारा पक्राउ परेका छैनन् ।

                       त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले निर्मला पन्त हत्याको समाचार सरकारी मिडियामा रोक्न नलगाएको दाबी गरेका छन् । समाचार रोक्न लगाएको प्रमाणित भए तत्कालै आफुले राजिनामा दिने बताएका छन् । सरकारले कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको बलात्कार र हत्याकाण्डको समाचार प्रकाशन तथा प्रसारण नगर्न सरकारी सञ्चारमाध्यमलाई निर्देशन दिएको भन्दै आलोचना भइरहेका बेला मन्त्री बास्कोटाको यस्तो प्रष्टिकरण आएको हो ।
निर्मलाको न्यायका लागि लडाइँ र धर्ना दिँदादिँदै बिरामी परेका उनका बुवा यज्ञराज पन्तलाई उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइको केही समयमा उनी र निर्मलाको हत्याकाण्डबारे समाचार प्रकाशन तथा प्रसारणमा सरकारले गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समितिलाई रोक लगाएको समाचार बाहिरिएको थियो ।
तर, मन्त्री बास्कोटाले ती सबै समाचार पूर्वाग्रही र भ्रामक भएको, आफू र सरकारलाई बदनाम गराउने खेल मात्रै भएको दावी गरेका छन् ।
 

प्रतिकृया दिनुहोस

 नेपाल तरुण दल सल्यानले आज प्रधानमन्त्री केपि शर्मा वलिलाई ज्ञापन पत्र बुझायो

मंसिर १७ सल्यान । नेपाली कांग्रेसको प्रमुख भात्री सस्था नेपाल तरुण दल सल्यानले आज प्रधानमन्त्री केपि शर्मा वलिलाई ज्ञापन पत्र बुझायको छ। निर्मला

१६ दिन मात्रै भाषण गरेर हिंसा न्युनिकरण हुन नसक्ने ३६५ दीन नै प्रतिबद्ध भयर लाग्नुपर्ने

मिना खड्का मसींर १६ सल्यान । आज सल्यानर्मा महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्टिय दिवस सल्यानको खलंगामा मनाइएको छ । जील्ला समन्वय प्रमुख केश

बीपीको विद्रोहः विराटनगरमा राणा फौज र मुक्ति सेनाबीच घमसान

विराटनगरमा राणा फौज र मुक्ति सेनाबीच घमसान लडाइँ चलिरहेकै थियो । सारा विराटनगर काँग्रेसको कब्जामा छ । सरकारी फौज खाली बडाहाकिम उत्तम शमशेर राणाको