९ बुदे घोषणापत्र जारी गर्दै नेप्टोजको बैठक पाल्पामा

अनलाइन तहल्का 
मंसिर १२, पाल्पा ।

नेपाल पर्यटन पत्रकार महासंघको केन्द्रिय समितिको बैठक पाल्पाको ऐतिहासिक स्थल सिद्धबावामा सम्पन्न भएको छ । बैठकले पहिलो सधारण सभाले गरेको नौ बुदे घोषणा पत्र सार्वजनिक गरेको छ । 

पर्यटन बिद्यामा पत्रकारिता सामाजिक उत्तरदायित्व सहितको व्यवसायिकतामा हाम्रो प्रतिवद्धता भन्ने मुल नारालाई आत्मसाथ गर्दै पेशागत हकहित तथा श्रमजिवी पत्रकारहरुको पक्षमा सँधैभरी प्रतिवद्ध रहने घोषणा गरेको छ । मुलुकभर रहेका ऐतिहासिक र पर्यटकीय १ हजार गन्तब्यका क्षेत्रहरुको खोजी गर्ने, प्रचार प्रसार गर्ने र प्रर्वद्धनका लागि सरकारसँग प्रतिबद्ध भएर अगाडी बढ्ने, नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन र सरकारले खोजी गरेको १ सय नयाँ गन्तब्यहरुलाई पर्यटकहरुको सहज आगमनका लागि पहल गर्न सरकारलाई माग गरिएको छ । टुरिजम एण्ड डिजिटल टान्सफरमेसनलाई नेपालको पर्यटन प्रर्वद्धनमा अधिकतम प्रयोग गर्न नेपाल पर्यटन पत्रकार महासंघले घोषणा मार्फत प्रतिबद्धता जाहेर गरेको छ । 

अतिथी देव भव राष्टिय अभियानलाई नेपाल भ्रमण बर्ष २०२० को मुख्य प्रर्वद्धनात्मक आधार बनाउने महासंघले घोषणा मार्फत प्रतिवद्धता जनाएको छ । पर्यटन विश्व विद्यालयलाई अभिलम्ब कार्यान्वय गराउन महासंघको तर्फबाट आवश्यक भूमिका निर्वाह गर्दै सरकारले यो कार्य तत्काल सुरु गर्न महासंघले आग्रह गरेको छ । ऐतिहासिक पुरातात्विक, धार्मिक महत्व जोडेको सिद्धवावा मन्दिर क्षेत्रलाई राष्टिय स्तरका पर्यटकहरुको मुल धारमा ल्याउन आग्रह गरेको छ । 

बैठकले नेपाल पर्यटन पत्रकार महासंघको सचिव बिष्णु शर्मालाई महासचिव जिम्मेवारी तोकेको छ । त्यसैगरी गण्डकी प्रदेशका उपाध्यक्ष जमुना शर्मालाई खुल्ला सचिवमा मनोनयन गरिएको अध्यक्ष धनिराम शर्माले बताए ।

नयाँ जिम्मेवारी पाएका केन्द्रिय सदस्यहरुमा मोहन पौडेल, टेकबहादुर थापा, प्रकाश धौलाकोटी, ओम किशोर चौधरी, मञ्जु कल्याल र सागर परियार रहेका छन् । 

बैठकले सांगठनीक व्यवस्थापनका लागि बिभिन्न बिभागहरुको गठन समेत गरेको महासचिव बिष्णु शर्माले जानकारी दिएका छन् ।

प्रतिकृया दिनुहोस

खैरावाङ्ग मन्दिरमा नयाँ प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

अनलाइन तहल्का  मंसिर २७, सल्यान । सल्यानको धार्मिक पर्यटकिय गन्तव्य खैरावाङ्गमा पाटेश्वरी भगवतिको नया प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

सल्यानमा विश्वविद्यालय भवनको शिलान्यास, पुर्व सभाषद् र वडाध्यक्षले प्रदान गरे जग्गा

 अनलाइन तहल्का  मंसिर २२, सल्यान ।      सल्यान खलंगामा ब्रम्हाकुमारी ईश्वरिय विश्व विद्यालयको भवनको शिलान्यास भएको छ । शारदा नगरपालिका ३ मा

सल्यानमा जमानाकै याद दिलाउने गरि माैलिक नाच प्रदर्शन

अनलाइन तहल्का  मंसिर २२, सल्यान ।    सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय लोक कला संस्कृती संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ