पत्रकार महासंघका उपाध्यक्ष विपुल भन्छन सरकार निरंकुश बन्यो

अनलाइन तहल्का
मंसिर १४, सल्यान ।
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले समाचार सत्य हो कि असत्य हो भनेर छुट्याउने काम प्रहरी र सरकारको नभएको बताएका छन् । उनले यसको छानवीन गर्ने निकाय प्रेस काउन्सिल हुँदाहुँदै सरकारले पत्रकारितामाथि निरंकुशता  लाद्न खोजेको बताए् ।
प्रेस युनियन सल्यान शाखाको पाचौं जिल्ला अधिवेशन कार्यक्रममा बिहीबार सदरमुकाम खलंगामा बोल्दै उनले जनताका आवाज संचारमाध्याममा ल्याउन खोज्दा सरकार आत्तिएर पत्रकारलाई पक्राउ गर्ने थालेको बताए । जुनसुकै व्यक्ति पनि पुर्ण रुपमा स्वतन्त्रता रहेको भन्द‌ उनले सरकारले यस्तै कार्य अगाडि बढाउन खोजे आफ्नो अधिकारका लागि पत्रकार सडकमा आएर आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

भर्खरै मात्र पोष्टपार्टीका सम्पादक गोपाल चन्दलाई पक्राउ गरिएको घटनाप्रति आक्रोस हुँद‌ै उनले तत्काल बिनासर्त चन्दलाई रिहाइ नगरे सरकारले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् । हिजोका दिनमा राजा महाराजले पत्रकारमाथि अंकुश लगाउदा आफुहरु सडकमा आएर प्रेस स्वतन्त्रताको सुनिश्चित गरेको स्मरण गर्दै उनले निर्धक्क सँग पत्रकारिताको कलम चलाउन आग्रह गरेका छन् ।

पत्रकारको हक अधिकार संबिधानमा सुनिश्चित गरिरहदा बहुमतको दम्भ देखाएर सरकारले भदौ १ गतेदेखि नयाँ मुलुकी संहिता ल्याएको भन्दै उनले त्यो संहिता तत्काल सच्याउन माग गरेका छन् । नयाँ मुलुकी संहिताले अहिले पत्रकारहरु समाचार लेख्न डराउने र गिरफ्तारी पर्ने काम भईरहेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

मन्त्री निवास सम्बन्धि सरकारको निर्णय यस्तो आयो

अनलाइन तहल्का  मंसिर २०, काठमाडु ।     सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमूख, मुख्यमन्त्री र मन्त्रीका लागि भैसेपाटीस्थित सैबु आवास

कमल थापा र बाबुराम भट्टराई यसरी भिडे, विवाद के मा यस्तो छ

अनलाइन तहल्का मंसिर २०, काठमान्डौं ।  एसिया प्यासिफिक सम्मेलनको नाममा सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप सोसल मिडियामा लागिरहँदा

हेलिकप्टरमा सबैको पहुँच पुर्‍याउँछौँ

अनलाइन तहल्का  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपालको भू–बनोटका कारण हेलिकप्टर अति आवश्यक भएको बताएका छन्।आजको