राजधानीमा बालक अपहरणको ४५ मिनेटभित्रै हत्या

 

काठमाडौं —गोंगबु प्रयासमार्ग्स्थित स्वस्तिका गेस्टहाउसमा गाडीचालकका रुपमा महेन्द्र एस्केले नियुक्ति पाएको एक महिना मात्र भएको छ । 

उनले पाएको १३ हजार तलबमा चित्त बुझेको थिएन । 

होटेल साहुसँग उनको विवाद पनि हुँदै आएको थिए । 

उनको प्रतिशोध र आपराधिक मानसिकताको सिकार बने होटेल साहुका ८ बर्षीय छोरा प्रयास कुँवर । 

प्रहरीका अनुसार महेन्दले चार दिनअघि नै अपहरण र हत्याको योनजा बनाएका थिए । 

मंगलबार साँझ उनले उपयुक्त समय पाए । 

साँझ करिब ६ बजेको थियो । बालकका आमा बुबा अस्पताल गएको मौका छोपी उनले अपहरण गरेका थिए । 

महेन्द्रले दिएको बयानअनुसार बालकलाई फकाउनउनले ५० रुपैयाँको क्याटबरी चकलेट किनिदिएका थिए । प्रयासलाई फकाउँदै घुम्न जाने आस देखाएर नार्गाजुनतिर लगे । 

एकान्त सडकमा गाडी रोकेर मुख थुनिदिए, घाँटी थिचेर हत्या गरे । 

झोलामा शव राखेर खोलामा फाले । 
प्रयासको अपहरण र हत्या ४५ मिनेटभित्रै भएको खुलेको छ ।, आजको नयाँ पत्रिकामा यो खबर छ । 

प्रतिकृया दिनुहोस

३० वर्षदेखि तुइन तान्दातान्दै बांगिए औँला तर अझै उस्तै तुइन

धादिङ – धादिङ चरौंदीका ९० वर्षीय सुकबहादुर चेपाङ ३० वर्षदेखि तुइनमा काम गर्दै आएका छन् । तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका

बच्चा डोकोमा राखेर आमाले फालेपछि

संखुवासभा — खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छिन् । खाँदबारी ६ मयमकी ३७ बर्षीया फुलमाया राई शिशु हत्या

नेकपाको नाममा दईवटा पार्टी कसरी दर्ता भयो ? भन्छ सर्वोच्च

काठमाडौँ – सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ ।