हाई फ्लाई लेख्छ,  ‘दुवै जहाज हाम्रा’

काठमाडौं – नेपाल एयरलाइन्सले ल्याएका दुवै वाइड बडी विमानको स्वामित्व हाई फ्लाई एयरलाइन्सले आफ्नो देखाएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । 

उसको वेब साइटमा ‘हाम्रा जहाज’ शीर्षकको सूचीअन्तर्गत म्यानिफेक्चरर्स सिरियल नम्बर (एमएसएन) १८७२ र १८७८ का ए ३३०र२४३ पनि समावेश छन्।

नेपाल एयरलाइन्सले हाई फ्लाईसँगै ती जहाज किनेको दाबी गर्दै आएको छ। उसले भने ‘आफ्नो’ भनिरहेको छ। बेचिसकेकालाई कसैले ‘मेरो’ भन्दैन। बेचेपछि सम्बन्धै सकिन्छ। तर, हाई फ्लाईको स्वामित्वमा रहेका जहाजको सूचीमा राखिनुले दुवै गम्भीर सन्देह खडा गराएको छ।

नेपाल एयरलाइन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले केही दिनअघि नागरिक उड्डयन प्राधिकरणले दिएको दर्ता प्रमाणपत्र सार्वजनिक गरेका थिए। त्यसलाई हेरेर ‘स्वामित्व नेपाल एयरलाइन्सकै’ भन्ने धेरैलाई भ्रम प¥यो। कतिले हतारिएर भने(लेखे पनि। तर, उनले सार्वजनिक गरेको प्रमाणपत्र आधा मात्र थियो। हस्ताक्षरभन्दा तलको भाग त्यसमा च्वाट्टै काटिएको थियो।

प्रमाणपत्रको पुछारमा ‘नोट’ लेखिएको छ, ‘यो प्रमाणपत्र दर्ता प्रक्रियाका लागि मात्र जारी गरिएको हो। यो स्वामित्व (टाइटल) को प्रमाणपत्र होइन। प्राधिकरणले व्यक्तिहरूबीचको स्वामित्वको अधिकार निर्धारण गर्दैन।’ प्रमाणपत्रमा ‘स्वामित्व हस्तान्तरण’ शीर्षक खाली राखिएको छ।

प्रतिकृया दिनुहोस

३० वर्षदेखि तुइन तान्दातान्दै बांगिए औँला तर अझै उस्तै तुइन

धादिङ – धादिङ चरौंदीका ९० वर्षीय सुकबहादुर चेपाङ ३० वर्षदेखि तुइनमा काम गर्दै आएका छन् । तुइनकै कमाइबाट अपांगता भएका एक छोराको पालनपोषण गर्दै आएका

बच्चा डोकोमा राखेर आमाले फालेपछि

संखुवासभा — खाँदबारी नगरपालिकाकी एक महिला नवजात शिशु हत्या अभियोगमा पक्राउ परेकी छिन् । खाँदबारी ६ मयमकी ३७ बर्षीया फुलमाया राई शिशु हत्या

नेकपाको नाममा दईवटा पार्टी कसरी दर्ता भयो ? भन्छ सर्वोच्च

काठमाडौँ – सर्वोच्च अदालतले सरकार र निर्वाचन आयोगलाई नेपाल कम्युनिष्ट पाटी (नेकपा) को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै प्रश्न सोधेको छ ।