१६ दिन मात्रै भाषण गरेर हिंसा न्युनिकरण हुन नसक्ने ३६५ दीन नै प्रतिबद्ध भयर लाग्नुपर्ने


मिना खड्का
मसींर १६ सल्यान ।
आज सल्यानर्मा महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्टिय दिवस सल्यानको खलंगामा मनाइएको छ । जील्ला समन्वय प्रमुख केश बहादुर विस्ट का सभापतित्वामा भयको कार्यक्रमको प्रमुख अतिथिमा कर्णालि प्रदेश सभा सदस्य कौसिला खत्रि रहेकि थिइन । उपस्थित सबैले आफ्नो क्षेत्रमा हुने लैङ्घगिक हिंसा विरुद्ध आ– आफ्नो ठाउबाट यकताबद्ध “म हिंसा गर्दिन, म हिंसा सहन्न, म हिंसा भएको देखे भने प्रतिवाद गर्छु ।” भनेर प्रतिबद्धता समेत व्यक्त गरेका छन् । १६ दिने अभियान महिलामाथि हुने हिंसाको विषयलाई ध्यानकर्षण गराउने दिनमात्रै बनेको  यो १६ दिनम मात्रै काम गरेर वा कुरा गरेर महिला माथि हुने हिंसा न्युनिकरण हुन नसक्ने,े हरेक दिन, हरेक समय र हरेक पल सबैले यसका विरुद्ध कुरा गरे मात्रै केही उपलब्धी हासिल गर्न सकिने सहभागिले बतायका छन 
नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको १६ दिनलाई महिलामाथि हुने हिंसा विरुद्धको अन्र्तराष्टिय दिवसको रुपमा विश्वभर मनाउने गरिन्छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानको पृष्ठभुमीलाई हेर्दा सन् १९६० मा डोमिनिकन गणतन्त्रको तात्कालिन त्रुजिलो तानाशाही सरकारले मिरावेल परिवारका तीन राजनीतिक कार्यकर्ता दिदीवहिनीलाई निर्मम तरिकाले गरेको हत्यालाई महिलामाथि हुने राजनीतिक हिंसा वा महिला माथि हुने हिंसाको रुपमा लिएर महिलावादिहरुले तिनै ३ दिदिवहिनी पेटिया, मिनर्भा र मारियाको सम्झनामा विभिन्न कार्यक्रम गर्दै यो दिवस मनाउन शुरु गरेको पाइन्छ । यो १६ दिने अभियान महिलाहिंसा विरुद्ध आवाज उठाउने त्यस्ता साहसी महिलाहरुलाई सम्मान गर्ने, उनीहरुको हिंसा विरुद्धको प्रतिरोधलाई ऐक्यवद्धता जनाउने उत्सवका रुपमा लिने थलोको रुपमा समेत विकसित भएको छ ।
 “लैङ्गिक हिंसा र दुब्यवहार, छैन हमीलाई स्वीकार” भन्ने राष्ट्रिय नाराका साथ महिला हिंसा विरुद्धको १६ दिने अभियान संसारभर मनाउन लागिएको छ । महिलामाथि हुने हिंसा मानवअधिकारको हनन् हो अपराध हो भन्ने कुरा अझै सम्म पनि स्थापित हुन सकिरहेको छैन । महिला माथि हुने हिंसा क्षम्य छैन भनी नेपाल भरिका महिलाहरुले एकजुट भएर अधिकारका लागि विभिन्न आन्दोलनहरु अघिवढाई रहेका छन् । संसारको इतिहासलाई हेर्ने हो भने धेरै पटक धेरै राष्ट्रमा विभेदका विरुद्ध, भेदभावका विरुद्ध वा राजनीतिक परिर्वतनका निमित्त थुप्रै आन्दोलनहरु भएका छन् । यस्ता आन्दोलनहरुमा सदैव महिलाहरुले नै निर्णायक भुमिका खेलेको सत्य हाम्रा सामु छ । महिलाहरुले गरेको यो योगदानलाई विश्वमा नै कदर हुन सकिरहेको छैन । जसको फलस्वरुपमा महिलाहरुले अझैपनि धेरै देशहरुमा भेदभाव विना सम्मानित र हिंसामुक्त जीवना बाँच्न पाइरहेका छैनन् । सामाजिक मुल्यमान्यताका नाममा महिला र पुरुषवीच स्थापित शक्ति संवन्धलाई वेवास्ता गर्दै महिलाहरुलाई राज्यको दोस्रो नागरिकका रुपमा व्यवहार गरिरहिएको छ । उनीहरुलाई स्रोत र साधनको पहुँच भन्दा निकै टाढा राखिएको छ ।
नेपालको संन्दर्भलाई हेर्ने हो भने लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि लाखौं नेपाली महिलाहरुले थुप्रै त्याग र वलिदान गरेका छन् । ६२÷६३ को आन्दोलन मात्रै हैन नेपालका हरेक राजनीतिक परिवर्तनहरुमा महिलाहरुले निर्णायक भुमिका निर्वाह गरेका छन् । आफ्ना ज्यानलाई जोखिममा राखेर कति महिलाहरु प्रत्यक्ष रुपमा परिवर्तनका लागि लागेका थिएभने कति महिलाहरुले अप्रत्यक्ष रुपमा ठूलो सहयोग पुर्याएका थिए । महिलाहरुको यही निरन्तर आन्दोलनको प्रतिफल स्वरुप नेपालले राष्ट्र प्रमुख र सभामुखमा महिलाहरुले जिम्मेवारी पाउने अवसर प्राप्त भईसकेको छ । यो महिला आन्दोलनको ठूलो उपलब्धी हो ।

प्रतिकृया दिनुहोस

 नेपाल तरुण दल सल्यानले आज प्रधानमन्त्री केपि शर्मा वलिलाई ज्ञापन पत्र बुझायो

मंसिर १७ सल्यान । नेपाली कांग्रेसको प्रमुख भात्री सस्था नेपाल तरुण दल सल्यानले आज प्रधानमन्त्री केपि शर्मा वलिलाई ज्ञापन पत्र बुझायको छ। निर्मला

 छोरीको हत्यारा पक्राउ नगरेसम्म मलाई शान्ति मिल्दैन सरकारलाई भन्दिनुहोला,

 श्रीमान यज्ञराज पन्तको उपचारका लागि काठमाडौ आएकी निर्मला पन्तकी आमा दुर्गा पन्तले निर्मलाको बलात्कारपछि हत्यामा संलग्नलाई कार्बाही नगरेसम्म

बीपीको विद्रोहः विराटनगरमा राणा फौज र मुक्ति सेनाबीच घमसान

विराटनगरमा राणा फौज र मुक्ति सेनाबीच घमसान लडाइँ चलिरहेकै थियो । सारा विराटनगर काँग्रेसको कब्जामा छ । सरकारी फौज खाली बडाहाकिम उत्तम शमशेर राणाको