प्रहरी चेकपोस्टमै ठोकियाे गाडी ।

अनलाइन तहल्का ,मंसिर १७ राेल्पा 

   नन्द राम खडका

 

चालाकले लापरबाही गर्दा रोल्पा होलेरी बजारको अस्थायी प्रहरी चेकपोस्टमा गाडी ठोकिएको छ।
उपचार पछि गोरखपुरबाट सोमबार राती करिब १ बजे तिर बिरामी बोकेर नुवागाउ तर्फ गइरहेको रा १झ ६१२ नम्बर प्लेटको टाटा सुमो गाडीको चालक निन्द्रामा परेपछि उक्त घटना हुन पुगेको इलाका प्रहरी कार्यालय होलेरीका नायब निरेक्षक ध्रुब प्रकाश बोहराले जकारी दिएका छन।
बोहराले भने घटना दिउसो अथवा अन्य समयमा भएको भए डिउटीमा खटिएका प्रहरीको ज्यान नै जाने थियो ।

तर मध्य रात भएकाले भौतिक क्षति मात्र भयो । घटना स्थलमा कुर्सी,बेन्च टेबल साइन्बोर्ड आदि क्षति भएको छ।  नायब निरेक्षक ध्रुब  भने चालकलाई नियन्त्रणमा लिएका छौ, घटनाको अनुसन्धान भैरहेको छ ।त्यस्तै चालकले मापसे नगरेको मेडिकल रिपोर्टले देखाएको छ ।बोहराले भने गाडी पान्डेस्वरी यातायात प्रा.लिको हो र समितिलाई बोलाएर कुराकानी गर्दै छौ।
उहाको अनुसार घटना पछि तत्काल बिरामीलाई एम्बुलेन्समा पठाइएको हो,गाडीको भने क्षति नभएको बताए।

यसै बिच घटना स्थलमा उपस्थित रुन्तिगढि गाउपालिकाका अध्यक्ष बालाराम बुढाले पनि घटना पश्चात् जानकारी पाएको र घटना निकै नै ज्यनै लिने प्रकृतिको भएकाले लामो दुरि तथा रातमा चालकले बिकल्पका रुपमा सहचालक राख्नुपर्ने र चालक निकै नै सम्बेदन्शिल भइ सवारी चलाएर आफ्नो र अरुको ज्यान बचाउनु पर्ने बताए ।

प्रतिकृया दिनुहोस

दलित विकास समाज सल्यानको सरसफाई तथा पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न 

मिना खड्का,अनलाइन तहल्का मंसिर २७ सल्यान   आज सल्यानको खलंगामा खानेपानी सरसफाई तथा पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न भएको छ ।

दाङमा ६ जनाको ज्यान जानेगरी दुर्घटना, जन्ती र यात्रुका बस ठोकिए

अनलाइन तहल्का मङ्सिर २७, दाङ । बेहुलि लिई फर्किदै गरेको स्कारपियो र यात्रु यात्रुवाहक वस ठोक्किदा ६ जनाको ज्यान गएको छ । अरु २ जना घाइते भएका छन् ।

वाइडबडी खरिदको छानबिन गर्न उपसमिति गठन

अनलाइन तहल्का  मंसिर २७, काठमान्डु ।      संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति गठन गरेको छ ।