चिसो भयो ? खानेमुखलाइ जुगाले नछेके झै पढ्न मन भए जाडाे न साडो

दुर्गा वि.सी., अनलाइन तहल्का 
मंसिर १८, सल्यान 
सल्यानमा चिसो बढेपछि विद्यालयका चौरमा पढाई हुने गरेको छ । विद्यार्थीले घाम तापेर पढ्न रुचि देखाउने भएपछि चौरमा घाम तापेर पढाईन्छ । विद्यार्थीको चहान अनुसार र विषयगत कुरा तथा शिक्षण क्रियाकलाप अनुसार शिक्षकहरु पनि त्यहि अनुसारको घण्टी परेमा विद्यार्थीलाई घाम तपाएर पढाउने गरेकाछन् । 

    चिसो दिनप्रतिदिन वढन् थाले पछि कक्षा कोठामा समेत विद्यार्थी वसेर पढन नमानेको मावि च्युराका शिक्षक वसन्त कुमार शर्माले बताए । शर्माका अनुसार बोलाई कक्षा शिक्षण क्रियाकलाप परेमा विद्यार्थीलाई यो चिसो समयमा घाममै वसेर पढाउँदा राम्रो हुने वताए । विद्यार्थीहरु पनि यो समयमा घाम तापेर पढ्न निक्कै रमाईलो हुने जनाउँछन् । 

    साना वालवालिका देखि ठुला कक्षाका विद्यार्थीहरु समेत अधिकांसको रुचि घाम तापेर पढन मन पराएको देखिन्छ । सल्यानको पश्चिम क्षेत्रका अधिकांस विद्यालयहरुमा चिसो समयमा वालवालीकाको रुचि अनुसार चौरमा पढाउने गरेको शिक्षकहरुको भनाई रहेको छ । जाडो समयमा विद्यालयले न्यानो कपडाको व्यवस्थापन तथा अनिवार्य नगरे पछि गर्मि समयमा लगाउने पोषाकले यतिवेला पनि विद्यार्थीले तेहि पोषकले गुजरा चलाएको देखिन्छ । 

    सामुदायीक विद्यालयमा अध्यायनरत विद्यार्थी कतिसँग न्यानो कपडा भएर पनि नलाएको देखिन्छ । केहि केहिको आर्थिक अवस्था कमजोर भएर चिसो मौषमको लागि कपडा किन्न सक्ने आर्थिक अवस्थाका कारण उहि पुरानै पोषकले सवै सिजनमा एउटै पोषाक प्रयोग गर्ने गरेको पाईन्छ । विद्यालयले चिसो समयको लागि न्यानो कपडाको अनिवार्यता नगरे पछि विद्यार्थीहरु बाहै« महिना उहि नियमित पोषाक लगाउने गरेका छन् । सवै अभिभावकको आर्थिक अवस्था एउटै छैन । 

    मुख्य कुरा आर्थिकलाई मध्यनजर गरेर विद्यालयमा चिसो मौषममा न्यानो पोषकको व्यवस्थापन गर्न चुनौती रहेको प्रभाकर मावि देवस्थलका व्यवस्थापन समिती अध्यक्ष गुञ्जमान वुढाले बताए । हाम्रो विद्यालयको त्यो सोच हो तर सवै कुरा तेहि आर्थिकले अट्काएकोले न्यानो पोषकको व्यवस्थापन गर्न नसकिएको उनको भनाई छ । न्यानो कपडा नहुदाँ पनि विद्यार्थी कक्षा कोठामा वस्न मन पराउँदैनन् र घामतापेर चौरमा पढन् रुचि देखाउँछन् ।
 

प्रतिकृया दिनुहोस

खैरावाङ्ग मन्दिरमा नयाँ प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

अनलाइन तहल्का  मंसिर २७, सल्यान । सल्यानको धार्मिक पर्यटकिय गन्तव्य खैरावाङ्गमा पाटेश्वरी भगवतिको नया प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

सल्यानमा विश्वविद्यालय भवनको शिलान्यास, पुर्व सभाषद् र वडाध्यक्षले प्रदान गरे जग्गा

 अनलाइन तहल्का  मंसिर २२, सल्यान ।      सल्यान खलंगामा ब्रम्हाकुमारी ईश्वरिय विश्व विद्यालयको भवनको शिलान्यास भएको छ । शारदा नगरपालिका ३ मा

सल्यानमा जमानाकै याद दिलाउने गरि माैलिक नाच प्रदर्शन

अनलाइन तहल्का  मंसिर २२, सल्यान ।    सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय लोक कला संस्कृती संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ