१२ वर्षदेखि साङ्लोमा

अनलाइन तहल्का

सप्तरीको अग्निसाइर कृष्णसवरण–१, घोघींदाहाका ४७ वर्षीय उमाकान्त चौधरी १२ वर्षदेखि साङ्लोमा बाँधिएका छन् । वस्तुभाउका दाम्लो चराउन लैजाने बेला खोलिन्छ तर उमाकान्त बाँधिएका–बाँधियै छन्।

याे खबर आजको अन्नपूर्ण पोस्ट्  दैनिकमा यो खबर छ – उनी मानसिक रोगबाट पीडित छन्। दुःख दिन थालेपछि २०६३ सालदेखि उनलाई बाँधेर राखिएको परिवारले जनाएको छ। उनलाई राख्न घर अगाडि नालीमाथि कटेरो बनाइएको छ। साङ्लो उनी सुत्ने खाटमा बाँधिएको छ । दुई फिट पनि लामो नभएको साङ्लोले गर्दा उनी चाहेर यताउता हिँड्न त के उभिन पनि सक्तैनन्।

जाडो होस् वा गर्मी, उनको शरीरमा कट्टुबाहेक अन्य कपडा हुँदैन। ओढ्न–ओछ्याउन एउटा सिरक छ। जाडोमा काँपेर रात बिताउँछन्, दिनमा सुत्छन्।

बसेकै ठाउँमा दिसापिसाब पनि गर्छन्। साङ्लोको डाम गढेर घाउ नै भएको छ। उनी बेला–बेला हतकडी खोलिदिन श्रीमतीलाई आग्रह गर्छन्। खोलिदिऊँझैं लागे पनि अप्रिय घटना हुने डर रहेको सुशीलाले सुनाइन्। सुशीलाले बिहान–बेलुका भात लगिदिन्छन्।

प्रतिकृया दिनुहोस

दलित विकास समाज सल्यानको सरसफाई तथा पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न 

मिना खड्का,अनलाइन तहल्का मंसिर २७ सल्यान   आज सल्यानको खलंगामा खानेपानी सरसफाई तथा पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न भएको छ ।

दाङमा ६ जनाको ज्यान जानेगरी दुर्घटना, जन्ती र यात्रुका बस ठोकिए

अनलाइन तहल्का मङ्सिर २७, दाङ । बेहुलि लिई फर्किदै गरेको स्कारपियो र यात्रु यात्रुवाहक वस ठोक्किदा ६ जनाको ज्यान गएको छ । अरु २ जना घाइते भएका छन् ।

वाइडबडी खरिदको छानबिन गर्न उपसमिति गठन

अनलाइन तहल्का  मंसिर २७, काठमान्डु ।      संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति गठन गरेको छ ।