महासङ्घको आन्दोलन स्थगित

अनलाइन तहल्का

सरकारसँग वार्ता शुरु भएपछि नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको हाे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा वार्ता गरी माग सम्बोधनको पहल गर्ने आश्वासन दिएपछि महासङ्घले मङ्सिर २१ गतेका लागि घोषणा गरिएको ‘काठमाडौँ जाऔँ’ कार्यक्रम स्थगित गरेको हो ।

मङ्सिर १४ गते पनि महासङ्घले उपत्यकाका सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध गराई काठमाडौँमा प्रदर्शन गरेको थियो । सो दिन छुटेको पढाइ मङ्सिर २९ गते शनिबार पूर्ति गरिने महासङ्घले जनाएको छ ।स्थानीय तहबाट विद्यालय शिक्षाको अधिकार फिर्ता ल्याउन संविधान संशोधन गरिनुपर्ने, शिक्षकहरुसँग विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने र निःशुल्क तथा अनिवार्य शिक्षाका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेलगायत माग राखी महासङ्घले जेठ १७ गतेदेखि आन्दोलन गर्दै आएको थियाे ।

महासङ्घका अध्यक्ष बाबुराम थापा र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिमा वार्तालाई फलदायी र निर्णायक बनाएर सबै खाले शिक्षक र विद्यालय कर्मचारीका समस्या निराकरणका लागि आफूहरु प्रतिबद्ध रहेको उल्लेख गरेका छन  ।

प्रतिकृया दिनुहोस

मन्त्री निवास सम्बन्धि सरकारको निर्णय यस्तो आयो

अनलाइन तहल्का  मंसिर २०, काठमाडु ।     सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमूख, मुख्यमन्त्री र मन्त्रीका लागि भैसेपाटीस्थित सैबु आवास

कमल थापा र बाबुराम भट्टराई यसरी भिडे, विवाद के मा यस्तो छ

अनलाइन तहल्का मंसिर २०, काठमान्डौं ।  एसिया प्यासिफिक सम्मेलनको नाममा सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप सोसल मिडियामा लागिरहँदा

हेलिकप्टरमा सबैको पहुँच पुर्‍याउँछौँ

अनलाइन तहल्का  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपालको भू–बनोटका कारण हेलिकप्टर अति आवश्यक भएको बताएका छन्।आजको