हेलिकप्टरमा सबैको पहुँच पुर्‍याउँछौँ

अनलाइन तहल्का 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपालको भू–बनोटका कारण हेलिकप्टर अति आवश्यक भएको बताएका छन्।आजको अन्नपूर्ण पोस्ट् दैनिकमा यो खबर छ – यसलाई विपत्तिको साथी मान्ने गरिएको उनको भनाइ छ। राजधानीमा मंगलबार आयोजना गरिएको हेलिकप्टर सोसाइटी अफ नेपालको औपचारिक उद्घाटन कार्यक्रममा मन्त्री अधिकारीले नेपालका सबै स्थानमा हेलिकप्टरको पहुँच पुर्‍याउने बताए।

यसका लागि सरकारले गाउँपालिका र नगरपालिकाका सबै वडामा हेलिप्याड बनाउने योजना बनाएको छ।उनले होलिकप्टरको उडानआधार बढाएर बढीभन्दा बढी विमानस्थलबाट सेवा दिने व्यवस्था मिलाइने जानकारी दिए छन।नेपालको हवाई उड्डयलाई पाँच वर्षदेखि युरोपेली युनियन (इयू)ले कालोसूचीबाट अझै नहटाएको प्रसंग उल्लेख गर्दै अधिकारीले भने, छिटोभन्दा छिटो यसलाई हटाउने प्रयासमा सरकार छ।

’इयूकै छाता संगठन अन्तर्रा्ष्ट्रिय नागरिक उड्डयन संगठन ९आईकाओ०ले भने हटाइसकेको छ। मन्त्री अधिकारीले नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाइ, बलियो संस्थाका रूपमा अगाडि बढाउन रणनीतिक साझेदार वा निजी–सार्वजनिक साझेदारीमा लैजानुपर्ने बताए छन।

प्रतिकृया दिनुहोस

मन्त्री निवास सम्बन्धि सरकारको निर्णय यस्तो आयो

अनलाइन तहल्का  मंसिर २०, काठमाडु ।     सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमूख, मुख्यमन्त्री र मन्त्रीका लागि भैसेपाटीस्थित सैबु आवास

कमल थापा र बाबुराम भट्टराई यसरी भिडे, विवाद के मा यस्तो छ

अनलाइन तहल्का मंसिर २०, काठमान्डौं ।  एसिया प्यासिफिक सम्मेलनको नाममा सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप सोसल मिडियामा लागिरहँदा

महासङ्घको आन्दोलन स्थगित

अनलाइन तहल्का सरकारसँग वार्ता शुरु भएपछि नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको हाे । शिक्षा, विज्ञान तथा प्रविधि