बंगुर पालनबाट मासिक ८० हजार आम्दानी

मंसिर २०, सल्यान ।

सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ कपुरकोटका किसान भक्त बहादुर घर्तीको बंगुर खोरमा ५७ वटा बिभिन्न जातका बंगुरहरु रहेका छन् ।२०७२ साल देखि ब्यबसायिक रुपमा बंगुर पालन ब्यबसाय सुरु गरेका घर्तीको बंगुर खोरमा डिग्रो, धरानी, पोख्रेल तथा स्थानीय जातका गरी ५७ वटा बंगुरहरु रहेका छन् । कपुरकोट बजारमा तरकारी तथा फलफुल पसल गर्दै आएका घर्तीले सुरुमा तरकारी पसलबाट निस्कने सडेगलेका तरकारी तथा फलफुलको सदुपयोग गर्न २० हजारको लगानीमा २ वटा बंगुर पालेर ब्यबसाय सुरु गरेका थिए ।

उनले भने– “बंगुरको संख्या बढ्दै गएपछि होटलबाट निस्कने जुठो पिठोलाइ पनि दानाको रुपमा प्रयोग गर्न थालेको छु ।” बंगुर पालन ब्यबसाय गरेका घर्तीले प्रत्येक मंगलबार र शुक्रबार कपुरकोटमा बंगुर काटेर प्रति किलो २ सय ७० रुपैयामा मासु बिक्रि गर्ने गर्दछन् भने बंगुरको पाठापाठी ३ हजार देखि ४ हजार सम्ममा बिक्रि गर्दै आएका छन् । बंगुरको पाठापाठी तथा मासु बिक्रि बाट उनले मासिक ७५ देखि ८० हजार सम्म आम्दानी गर्दै आएको बताए ।
बंगुर पालन ब्यबसाय गरेको १ बर्ष पुग्नै लाग्दा भरत बंगुर फर्म तथा घर्ती बंगुरको मासु पसलको नाममा जिल्ला पशु सेवा कार्यालय सल्यानले खोर सुधारका लागि ५० हजार र बजारिकरणका लागि ४० हजार सहयोग गरेको घर्तीले सुनाए ।. उनले भने– “त्यस पछि स्थानिय तह लागु भयो बंगुर पालन गर्नेका लागि अनुदान मिल्छ भनेको त सुनेको छु तर कहां र कसरी पाइन्छ त्यो भने मलाइ थाहा छैन ।

” कतैबाट अनुदान मिलेमा बंगुर पालन ब्यबसायलाइ अझ ब्यबस्थित बनाएर बंगुर पाल्ने र बंगुरको मासु पसल चिटिक्क बनाउने इच्छा भएको घर्तीले बताए ।ब्यबसायिक बंगुर पाल्ने किसान र मासु बिक्रि गर्ने ब्यबसायीबाट प्रस्तावना नआएको कारण बंगुर पालन र मासु पसलका लागि कार्यक्रम नगरिएको पशु सेवा शाखा कपुरकोट गाउंपालिकाका प्रमुख अरुणा भण्डारीले बताइन् । कपुरकोटमा पनि ब्यबसायिक रुपमा बंगुर पाल्ने किसान भएको कुरा आफुलाई भर्खर मात्र जानकारी भएकाले आगामी बर्ष बंगुर पालनका लागि कार्यक्रम बनाइने भण्डारी बताइन ।
 

प्रतिकृया दिनुहोस

दलित विकास समाज सल्यानको सरसफाई तथा पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न 

मिना खड्का,अनलाइन तहल्का मंसिर २७ सल्यान   आज सल्यानको खलंगामा खानेपानी सरसफाई तथा पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न भएको छ ।

दाङमा ६ जनाको ज्यान जानेगरी दुर्घटना, जन्ती र यात्रुका बस ठोकिए

अनलाइन तहल्का मङ्सिर २७, दाङ । बेहुलि लिई फर्किदै गरेको स्कारपियो र यात्रु यात्रुवाहक वस ठोक्किदा ६ जनाको ज्यान गएको छ । अरु २ जना घाइते भएका छन् ।

वाइडबडी खरिदको छानबिन गर्न उपसमिति गठन

अनलाइन तहल्का  मंसिर २७, काठमान्डु ।      संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति गठन गरेको छ ।