कमल थापा र बाबुराम भट्टराई यसरी भिडे, विवाद के मा यस्तो छ

अनलाइन तहल्का
मंसिर २०, काठमान्डौं । 
एसिया प्यासिफिक सम्मेलनको नाममा सरकारले क्रिश्चियन धर्मको प्रचार गरेको आरोप सोसल मिडियामा लागिरहँदा राजनीतिक बृत्तमा पनि यसबारे बहस सुरु भएको छ ।
सोसल मिडियामै राजनीतिक बृत्त पनि बहसमा उत्रिएको हो । यसक्रममा पछिल्लो समय राप्रपा अध्यक्ष कमल थापा र पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई आमने–सामने भएका छन् ।


‘राप्रपाले हिन्दु राष्ट्रका लागि देशब्यापी आन्दोलन थाल्ने’ शीर्षकको एक समाचारमाथि पूर्वप्रधानमन्त्री डा. भट्टराईले प्रतिक्रिया जनाउँदै ‘जनताको धार्मिक भावना भड्काएर सत्ता स्वार्थको रोटी सेक्ने कुचेष्टा कसैले नगरुन्’ भनेका थिए । उनले बुधबार ट्वीट गर्दै अगाडि भनेका छन्, ‘म यतिबेला किराँत, हिन्दु र बौद्ध तीनवटै धर्मको साझा तीर्थस्थल हलेसीमा छु । नेपालको धार्मिक सहिष्णुता र सर्वधर्म समभावको उच्च नमूना हो यो ।’
उनले धर्मको समवेदनशील विषयमा राजनीति गर्नेहरुको नियति भष्मासुरजस्तो नहोस् भन्ने कामना पनि गरेका छन् ।


डा. भट्टराईको सो ट्वीटमा राप्रपा अध्यक्ष कमल थापाले कडा प्रहार गरेका हुन् । थापाले लेखेका छन्, ‘जनभावना विपरीत विदेशीको दबाब र प्रभावमा धर्म्निरपेक्षता लाद्नेहरुले धार्मिक द्वन्द्वको बिजारोपण गरेका हुन् । हामी त्यो गल्ती सच्याउने अभियानमा छौं ।’
उनले हिन्दु, बौद्ध र किराँत धर्मको साझा आस्था ‘हलेसी’ संस्कृतिको संरक्षण नै आफूहरुको लक्ष्य रहेको पनि उल्लेख गरेका छन् । ‘सनातन धर्म नष्ट गर्ने षडयन्त्रकारीहरु आफैं नष्ट हुन्छन्,’ ट्वीटमा उनले भनेका छन् ।

प्रतिकृया दिनुहोस

मन्त्री निवास सम्बन्धि सरकारको निर्णय यस्तो आयो

अनलाइन तहल्का  मंसिर २०, काठमाडु ।     सरकारले राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमूख, मुख्यमन्त्री र मन्त्रीका लागि भैसेपाटीस्थित सैबु आवास

हेलिकप्टरमा सबैको पहुँच पुर्‍याउँछौँ

अनलाइन तहल्का  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले नेपालको भू–बनोटका कारण हेलिकप्टर अति आवश्यक भएको बताएका छन्।आजको

महासङ्घको आन्दोलन स्थगित

अनलाइन तहल्का सरकारसँग वार्ता शुरु भएपछि नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनका कार्यक्रम स्थगित गरेको हाे । शिक्षा, विज्ञान तथा प्रविधि