राष्ट्रपति पोल्याण्डबाट फर्किइन, के गरीन उनले पोल्याण्डमा

अनलाइन तहल्का 
मंसिर २०, काठमाडु ।
राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्ड भ्रमण गरेर आज स्वदेश फर्किएकी छन । उनलाई प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, रक्षामन्त्री ईश्वर पोखरेल लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् । 
    राष्ट्रपति भण्डारी पोल्याण्डका समकक्षी राष्ट्रपति एन्ड्रेजी सेबेस्टेन डुडाको मैत्रीपूर्ण निमन्त्रणामा गएको शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेकी थिइन । उनि पोल्याण्डको कातोबीचमा आयोजना भएको संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धी कोप २४ को उद्घाटन समारोहमा सहभागी भएर आएकी हुन ।

 
    उनीसँगै सांसद पूर्णाकुमारी सुवेदी, कृष्ण गोपाल श्रेष्ठ, पुष्पा भुसाल, रामसहायक प्रसाद यादव, चन्द्रा चौधरी, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, राष्ट्रपति कार्यालयका अधिकारी, परराष्ट्र र वन मन्त्रालयका अधिकारी भ्रमण टोलीमा सहभागी थिए ।
 

प्रतिकृया दिनुहोस

संसदका कर्मचारी भत्ता नपाएकाले आन्दोलित हुदै 

अनलाइन तहल्का  मंसिर २७, काठमान्डौं ।     गएको साउनदेखि भत्ता नपाएको भन्दै संघीय संसदका कर्मचारी आन्दोलित भएका छन् ।      चालु आर्थिक

आगलागी-पीडितलाई विप्लव माओवादीको ७५ हजार सहयोग

मंसिर २४, रुकुम . विप्लव नेतृत्वको नेपाल कम्युनिस्‍ट पार्टीले देशका विभिन्न ठाउँमा चन्दा आतंक मच्चाएर व्यापारीहरूलाई दुख दिएको बेलाबेला चर्चा

वित्तिय संस्थाद्वारा वाख्रापालन तालीम प्रदान, मृतक विमित परिवारले पाए १ लाख ३८ हजार

दुर्गा वि.सी., अनलाइन तहल्का  मंसिर २०, सल्यान ।  निर्धन उत्थान लघुवित्त वित्तिय संस्था सल्लीवजारले सल्यान र सुर्खेतका महिलाई संयुक्त रुपमा