देशभर ‘सरकार भेटियो, न्याय भेटिएन’ अभियान, शीतल निवासमा नाराबाजी, दमनमा सरकार  

अनलाइन तहल्का 
मंसिर २०, काठमाडु ।
    बलात्कारपछि हत्या गरिएका कन्चनपुरका १३ वर्षका बालिका निर्मला पन्तका लागि न्याय माग्दै आज राष्ट्रपति भवन शीतल निवासअगाडि नाराबाजी गर्ने केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।     ‘सरकार भेटियो, न्याय भेटिएन’ भन्ने अभियानमा संलग्न युवाले ‘निर्मलालाई न्याय दे’, ‘न्याय मार्न पाइँदैन’, ‘शीतल निवास किन चुप ?’ जस्ता नारा लगाएका थिए । 
  

 नाराबाजी गरिरहेका युवतीलाई भने महिला प्रहरी नआएका कारण केही समयपछिमात्र नियन्त्रणमा लिइएको थियो ।
 ‘नयाँ युगको सुरुवात’ भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पोस्टर राजधानीका पोल–पोलमा राखिएपछि सोही पोस्टरको तलतिर ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टर टाँसेर युवाले यो अभियान सुरु गरेका थिए । 
    उनीहरुले लामो तथा छोटो दूरीका सवारी–साधनमासमेत ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको स्टिकर र पोस्टर टाँसेका थिए ।
उता धनगढीस्थित मुख्यमन्त्री कार्यालयको पर्खालमा निर्मलाको तस्वीरअंकित ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर टाँस्न खोजिएको थियो । तर, प्रहरीले रोक लगाएपछि सरकारविरुद्ध नाराबाजी गरि दिएको छ ।

्र
काठमाडौंबाट सुरु भएको पोस्टर अभियान धनगढीमा पनि सुरु गर्दै मुख्यमन्त्री कार्यालयअगाडि प्रदर्शन गरिएको हो । नागरिक समाज धनगढीको अगुवाइमा आयोजित कार्यक्रममा नयाँ शक्ति पार्टी नेपालकी नेत्री हिसिला यमीको पनि सहभागिता रहेको थियो । नेत्री यमीले घटना घटेको धेरै दिन बितिसक्दा पनि न्याय नपाउँदा सरकार भएको अनुभूति नै हराउन थालेको बताइन् ।
सरकारले पीडितलाई न्याय दिनुको साटो विभिन्न प्रपन्च बनाएर घटनालाई मोड्न खोजीरहेको आरोप उनले लगाइन् ।उनले कैलाली क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद रेशम चौधरीलाई न्याय दिनुपर्नेसमेत उल्लेख गरिन् ।
नेत्री यमीसहितले निर्मलाको पोस्टर बजारका विभिन्न ठाउमा टाँसेका छन् । उनीहरुले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयनजिकै रहेका अरु सरकारी कार्यालयका पर्खालमा पनि पोस्टर टाँसेका हुन् ।
यस्तै, सडक किनारमा रहेका बिजुलीका पोल, सवारी–साधनमासमेत सो पोस्टर टाँसिएको छ ।
 

प्रतिकृया दिनुहोस

दलित विकास समाज सल्यानको सरसफाई तथा पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न 

मिना खड्का,अनलाइन तहल्का मंसिर २७ सल्यान   आज सल्यानको खलंगामा खानेपानी सरसफाई तथा पोषण कार्यक्रमको जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न भएको छ ।

दाङमा ६ जनाको ज्यान जानेगरी दुर्घटना, जन्ती र यात्रुका बस ठोकिए

अनलाइन तहल्का मङ्सिर २७, दाङ । बेहुलि लिई फर्किदै गरेको स्कारपियो र यात्रु यात्रुवाहक वस ठोक्किदा ६ जनाको ज्यान गएको छ । अरु २ जना घाइते भएका छन् ।

वाइडबडी खरिदको छानबिन गर्न उपसमिति गठन

अनलाइन तहल्का  मंसिर २७, काठमान्डु ।      संसदको सार्वजनिक लेखा समितिले वाइडबडी विमान खरिदबारे छानबिन गर्न उपसमिति गठन गरेको छ ।