सल्यानका दृष्टिविहिन बालबालीकाले पाए शैक्षिक सामाग्री 

अनलाइन तहल्का
मंसिर २०, सल्यान । 
    सल्यानमा दृष्टिबिहिन बालबालीकालाई शैक्षिक सामाग्री बितरण गरिएको छ । शितलपाटीमा रहेको दृष्टिविहिन छात्राबास रहेका बालबालिकालाइ ब्राईट स्टार सोसाईटि, दिव्य ज्योती फाउन्डेसन र बलाईन्ड रोक्स नामक सस्था काठमान्डौले शैक्षिक सामाग्री बितरण गरेका हुन ।      


    उनिहरूले अध्ययन गर्ने शिवजन मावि शितलपाटीमा आज एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री वितरण गरिएको हो ।  शारदा नगरपालीकाका नगरप्रमुख शुरेस अधिकारीले झोला, ब्रेन पेपर, खाद्यन्न, मादल लगाएका सामाग्रीहरू छात्रबासका स्रोतव्यक्ती राजेश अर्याललाई मार्फत हस्तान्तरण गरेका हुन । 

    शैक्षिक सामाग्री वितरण गर्दै नगरप्रमुख अधिकारीले सबै प्रकारका अपाङ्ग भएका ब्यक्तिलाई नगरपालीकाले दिने सेवा सुविधाबाट कुनै पनि कर नतीरी सेवा दिईरहेको बताए । उनले जिल्ला अस्पतालबाट दिने उपचार सेवा निशुल्क दिएको बताए । अपाङ्ग भएका ब्यक्तिका क्षेत्रमा नगरपालीकाले आफनो क्रियाकलापहरू अगाडी बढाएर काम गरिरहेको बताउदै उनले भने ९ सपाङ्ग मान्छे पनि समयले अपाङ्ग हुन सक्छन, त्यसैले कुनै पनि भेदभाव गर्नुहुदैन । । दृष्टिी बिहिन बालबालीकाको क्षमता विकासका लागि सहयोग प्रदान गरिएको ब्राईट स्टार सोसाईटीका अध्यक्ष बासुदेब अधिकारीले बताए ।  अपाङगहरू सधै अभाब, दबाब र प्रभाबमा पर्ने भएकाले उनिहरूलाई सहयोगको जरूरी रहेको बताए । सपाङग सरह काम गर्ने हौसला प्रदान गर्ने उदेश्यले आफुहरूले यो कामको सुरूवात गरेको बताए । 

    शिक्षक राजेश विकको अध्यक्षतामा भएको शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रधानाध्यापक हिरालाल नेपाली, स्रोत ब्यक्ति वीरबहादुर सेजवाल, ब्लाईण्ड रक संस्थाका महासचिब नारायणी दवाडेले लगायतले सम्बोधन गरेका थिए । । विद्यार्थी पदम प्रकाश वलीको स्वागत मन्तब्यबाट शुरू भएको कार्यक्रमको सञ्चालन निम बहादुर केसीले गरेका थिए । 
 

प्रतिकृया दिनुहोस

खैरावाङ्ग मन्दिरमा नयाँ प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

अनलाइन तहल्का  मंसिर २७, सल्यान । सल्यानको धार्मिक पर्यटकिय गन्तव्य खैरावाङ्गमा पाटेश्वरी भगवतिको नया प्रतिमाको प्राण प्रतिष्ठा सहित प्रतिस्थापन

सल्यानमा विश्वविद्यालय भवनको शिलान्यास, पुर्व सभाषद् र वडाध्यक्षले प्रदान गरे जग्गा

 अनलाइन तहल्का  मंसिर २२, सल्यान ।      सल्यान खलंगामा ब्रम्हाकुमारी ईश्वरिय विश्व विद्यालयको भवनको शिलान्यास भएको छ । शारदा नगरपालिका ३ मा

सल्यानमा जमानाकै याद दिलाउने गरि माैलिक नाच प्रदर्शन

अनलाइन तहल्का  मंसिर २२, सल्यान ।    सल्यानको त्रिवेणी गाउँपालिकाले स्थानीय लोक कला संस्कृती संरक्षण तथा प्रस्तुतीकरण कार्यक्रम सम्पन्न गरेको छ