विद्यार्थी नै पानी बोकी स्कुल जाने रोल्पा जिनाबाङमा खानेपानीको यस्तो समस्या, सम्बन्धित निकाय यस्तो भन्छ

खकेन्द्र केसी, अनलाइन तहल्का
मंसिर २०, सल्यान ।
    रोल्पाको सुकिदह गाउँपालिका ३ मा खानेपानीको चरम समस्या भएको छ । साविकको जिनाबाङ गाविस वडा नम्बर ३, ४ र ५ का नागरीकलाई खानेपानीको समस्या भएको हो । 
    करिब २० बर्षअघि रोल्पा र सल्यानको सिमानामा पर्ने जथाक लेकमा रहेको रोटेपानी मुहानबाट खानेपानी पाइप लाइन विस्तार गरिएको सो ठाउँमा अहिले जनसंख्या वृद्धिसँगै खानेपानीको समस्या भएको हो । 
    रोटेपानीबाट आउने उक्त पानी झ्याम, मनिमारे, बडाढुंगा, कुयापानी, लोरिविनी, डाँडाखुटी लगाएतका गाउँका नागरिकहरुले उपभोग गर्दै आएका छन् । हाल यी सबै गाउँ सुकिदह गाउँपालिका वडा नम्बर ३ मा पर्छन् । अहिले पानीको श्रोत घटेको र जनसंख्या तिनगुणा भन्दा धेरै बृद्धि भएपछि पानिमा समस्या भएको स्थानीयहरुले बताएका छन् । 


    करिब ६ सय भन्दा धेरै घरधुरी भएको यी गाउँ मध्य खानेपानीको मुहानतिर पर्ने सुरुका गाउँहरुमा त्यती धेरै पानीको समस्या नदेखिए पनि फेदमा पर्ने २ यस भन्दा धेरै घरधुरी भएको कुयापानी, लोरीबिनी र डाडाँखुटीका गाउँमा चरम खानेपानीको समस्या भएको स्थानीय सेर बहादुर डाँगीले बताए । 
    उनले भने– “२० बर्ष अघि आएको रोटेपानी योजनाले गाउँमा खानेपानीको समस्या हटेको थियो, तर अहिले जनसंख्या बृद्धि भयो । अनि पानीको श्रोत पनि घटेर पानीको चरम अभाव छ ।” अझ फागुन देखि असारको पहिलो हप्तासम्म पानीको पुरै हाहाकार हुने उनको भनाई छ । 
    त्यस्तै अर्का स्थानीय रेशम केसले गाउँ अग्लो ठाउँमा भएकाले अन्य कुनै ठाउँबाट पनि पानी ल्याउन नसकिएको बताए । त्यसको बिकल्पमा गाउँदेखि धेरै तल रहेको खोलाबाट लिफ्ट सिस्टमबाट पानी तान्न सकिने उनले बताए । 


    दुईबर्ष अघि राप्ती नदिको सिरानमा रहेको स्याउलीबजारबाट नेपाल सरकारका कर्मचारीहरुले लिफ्ट खानेपानीको नापजाँच गरेको तर अहिलेसम्म त्यसको अत्तोपत्तो नभएको उनले बताए । खोलाबाट लिफ्ट गरेर पानी तानेमात्रै खानेपानीको समस्या हट्ने उनको भनाई छ ।
    पाइपको पानी नआउदा इनारमा धेरै पालो कुरेर बस्नु पर्ने अबस्था भएको स्थानीय महिला साधना ओलीले बताइन् । उनले भनिन्– “धारामा धेरै दिनका पानी आउछ, इनार पनि घरदेखि धेरै टाढा छन्, उपभोक्त धेरै भएकाले लाइन कुर्नुपर्छ ।” चैत बैशाखमा इनार पनि सुक्ने भएकाले उक्त अबधीमा सबैभन्दा ठुलो समस्या हुने उनको भनाई छ । 

    विगत लामो समयदेखि पानीको चौकिदार गर्दै आएका आसिराम ओलीले पहिले ठुला ट्याङ्की निर्माण गरिएको तर अहिले मुहानबाट पानी थोरै आउने गरेको बताए । गाउँदेखि ५ किलोमिटर भन्दा टाढा मुहानबाट पानी आउने तर थोरै मात्रै पानी आउने भएकाले समस्या भएको बउने बताए । उनले भने– “आजभोली एकदिन बिराएर धारा खोल्छु तर फागुनदेखि असारसम्म ४–५ दिन बिराएर धारा खोलनुपर्छ ।”
    डाँडाखुटी गाउँ संगै जोडिएको कालाभिर गाउँमा पनि पानीको त्यस्तै हाहाकार छ । उक्त गाउँमा पानीको भरपर्दो योजना अहिले सम्म नआउदा उक्तक्षेत्रका स्थानियबासीहरु बर्षौ देखि पानीको समस्या खेप्दै आएका छन ।
 

विद्यालय जाँदा पानी बोकेर जानुपर्ने
    जिनाबाङमा रहेको सिद्दार्थ माध्यमिक बिद्यालय घोप्टेओढारमा नियमित खाने पानीको ब्यबस्थापन नहुंदा बिध्यार्थीहरु स्वयंले पानीको ब्यबस्था गर्दै आएका छन । स्कुल पढ्न आउदा संगै पानी बोकेर स्कुल आउनु पर्ने समेत बाध्यता परेको छ ।
    स्कुल सम्म आउने पानीको मुहान पनि जथाक लेकबाट आउने भएको हुंदा नियमित पानी नआउनुले समस्या बेहोर्नु परेको स्थानिय एक शिक्षकले बताए । उनले भने– “पानीको पुरानो योजना भएको हुंदा मर्मतसम्भार नभएकोले आउने पानी जति बिचमै चुहावट भएर स्कुल सम्म आइपुग्दैन् ।”
 

समस्या बुझ्न इन्जिनियर पठाइने
    खानेपानी डिभिजन कार्यालय प्युठानका प्रदिप लाल कर्णले यो क्षेत्रमा छिटै इन्जिनियर पठाएर खानेपानीको समस्याबारे जानकारी लिने बताएका छन् । रोल्पा, पुर्वी रुकुम र प्युठान गरि ३ जिल्ला हेर्ने खानेपानी डिभिजन कार्यालय प्युठानमा यसअघि पनि खानेपानीको समस्याबारे खबर आएको र आन्तरिक काम मिलाउदा ढिला भएकोले तत्काल सो ठाउँमा इन्जिनियर पठाएर भौगोलिक बनावट हेर्ने उनले बताए । 
खानेपानीको समस्याबारे सोहि ठाउँमा पुगेर अध्यान गर्ने र समाधानको लागी प्रदेश सरकारलाई आग्रह गर्ने उनले बताए ।  
 

प्रतिकृया दिनुहोस

संसदका कर्मचारी भत्ता नपाएकाले आन्दोलित हुदै 

अनलाइन तहल्का  मंसिर २७, काठमान्डौं ।     गएको साउनदेखि भत्ता नपाएको भन्दै संघीय संसदका कर्मचारी आन्दोलित भएका छन् ।      चालु आर्थिक

आगलागी-पीडितलाई विप्लव माओवादीको ७५ हजार सहयोग

मंसिर २४, रुकुम . विप्लव नेतृत्वको नेपाल कम्युनिस्‍ट पार्टीले देशका विभिन्न ठाउँमा चन्दा आतंक मच्चाएर व्यापारीहरूलाई दुख दिएको बेलाबेला चर्चा

वित्तिय संस्थाद्वारा वाख्रापालन तालीम प्रदान, मृतक विमित परिवारले पाए १ लाख ३८ हजार

दुर्गा वि.सी., अनलाइन तहल्का  मंसिर २०, सल्यान ।  निर्धन उत्थान लघुवित्त वित्तिय संस्था सल्लीवजारले सल्यान र सुर्खेतका महिलाई संयुक्त रुपमा