सुन्दर बच्चा चाहनुहुन्छ भने खानामा समावेश गर्नुस यि तत्वहरु

अनलाइन तहल्का

मंसिर २४, सल्यान

यदि तपाईँ चाहानुहुन्छ, कि तपाईँको हुनेबाला बच्चा तेज दिमाग र स्मार्ट होस भने पोषक तत्वले भरिपूर्ण खानाको साथै भिटामिन खान नबिर्सनुहोस ।
हार्वर्ड, क्यालीफोर्निया र ल्यान्केस्टर युनिभर्सिटीमा ९ देखि १२ वर्ष उमेरका ३ हजार बच्चाहरुमाथि एक अध्ययन गरियो ।

जस अध्ययनका अनुसार गर्भवति अवस्थामा जुन महिलाहरु भिटामिन सप्लिमेन्ट्स खान्छन् उनको बच्चा भिटामिन नखाने बच्चाहरुको तुलनामा बढी स्मार्ट र तेज दिमागका हुन्छन् ।
यूनिभर्सिटी अफ क्यालिफोर्नियाका डाक्टर एलिजाबेथ प्राडोका अनुसार, गर्भावस्थाको समय आमाको खानपानको प्रभाव हुनेबला बच्चाको संज्ञानात्मक क्षमतामा पनि पर्छ ।

गर्भावस्थाका बेला फोलिक एसिडका साथ–साथै रिबोफ्लेविन, नियासिन र भिटामिन बी १२, भिटामिन सी र भिटामिन डी खाने महिलाहरुका बच्चामा सोच्ने बुझ्ने क्षमता बलियो हुन्छ र उनीहरुको अन्य ठाउँमा पनि राम्रो प्रदर्शन हुन्छ ।

अध्ययनकर्ताका अनुसार गर्भावस्थाका बेला खाना मात्र खानाले यि सबै पोषक तत्वहरु भरपूर र पर्याप्त मात्रामा प्राप्त हुदैँन । त्यसैले खानाको साथ–साथै भिटामिन सप्लिमेन्ट्स पनि खानु जरुरी हुन्छ ।
तेज दिमाग बच्चाका लागि कस्तो खाना ?
सुरुको तीन वर्षको क्रममा जुन बच्चा ताजा फल, हरीयो साग–तरकारी, माछा र अन्न खान्छन् उनको विद्यालयमा राम्रो प्रदर्शन र राम्रो नतिजा आउँछ ।

Related image
बच्चाको आत्मविश्वास बढाउन
युनिभर्सिटी अफ ईस्टर्न फनिल्याण्डको हालै गरिएको अध्ययन रिपोर्टमा भनिएको छ, “मानसिक र शारीरिक रुपले स्वस्थ रहन र सँधै स्वस्थ अनुभव गर्ने बच्चाहरुमा आत्मविश्वास बढी हुन्छ ।”Related image

प्रतिकृया दिनुहोस

स्तनपान गराएर उद्घाटन भयो हुलाक कार्यालयको शिशु स्याहार कक्ष 

अनलाइन तहल्का पौष २२, सल्यान ।  जिल्ला हुलाक कार्यालय सल्यानले कार्यालय परिसरमा स्तनपान तथा शिशु स्याहार कक्ष निर्माण गरेको छ ।  यस बर्ष भौतिक

जाडोमा जेष्ठ नागरिकमा देखिने प्रमुख समस्या काम गर्न नसक्ने जेष्ठ नागरिकलाई कसरी स्याहार गर्ने ? 

अनलाइन तहल्का पौष १५,काठमान्डाैं      डा रमेश कँडेल, जेष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा जाडो मौसममा स्वास्थ्य समस्या बढी

थारमारे जनकल्यानको प्राङ्गणमा सुनाए भुपिनले एकल रचनाहरु

पुष्पा रिजन डि.सी.अनलाइन तहल्का मंसिर २९, सल्यान ।  सल्यानको बागचौर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै आएको मासिक एकल रचना वाचन अन्तर्गतको