अमेरिका हिँडेका युवा साढे दुई करोड गुमाएर फर्किए

काठमडौं — करिब एक बर्ष अघि अमेरिका हिँडेका युवा साढे दुई करोड सकेर रित्तो हात नेपाल फर्किएका छन् ।
दलालले उनीहरुलाई भारतको नयाँदिल्ली हुँदै रसिया, क्युवा पार गराएर अमेरिका पुर्याउने भनेको थियो । तर, बाटोमै जेल सजायसमेत भोगेर उनीहरु स्वदेश फर्किएका छन् ।
रोल्पाका २२ बर्षीया नरेन्द्र घर्तीमगर १ असोज ०७४ मा अमेरिका जान हिँडेका थिए ।
अमेरिका पुग्ने आसमा उनले ४८ लाख ५० हजार सिध्याए । भारतको दिल्ली हुँदै रसियाको मस्को, क्युवाको हवाना, पानामा, हाईटी हुँदै क्यारेबियन मुलुक ट्रक टिटस आईल्यान्ड पुगे ।
तर, अमेरिका पुगेनन् । टिटस आईल्याण्डमा सात महिना जेल परे । उनीसँगै गएका रोल्पाकै ३१ बर्षीया शेरबहादुर घर्तीले पनि सोही जेलमा सात महिना बिताए ।
​अमेरिका पुग्ने आसमा उनको पनि ४७ लाख २३ हजार सकियो ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।

प्रतिकृया दिनुहोस

भान्सा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण गर्नेगरी कसले बनायो कथित उपल्लो जात

अनलाइन तहल्का पौष ८, सुर्खेत । चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । आजको अन्नपूर्ण

गर्भवती अवस्थामा नै घर निकाला भइन छ छोरी जन्माएकी झनमाया

अनलाइन तहल्का  पौष ८, जुम्ला ।  छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी

जनता आवास,गरिबलाई उठिवासः 

अनलाइन तहल्का नयाँ घर बन्ने भएपछि सिरहाको कल्याणपुर नगरपालिका–८ मझौलियाका तारादेवी महराले पुरानो घर भत्काइन् । यो समाचार आजको नयाँ पत्रिका