यसकारण हुन्छ कम उमेरमै स्मरणशक्ति ह्रास

डा. ललितकुमार मिश्र
मानव जीवनमा स्मरणशक्तिको ठूलो महत्व छ । स्मरणशक्ति तेज भएका मानिसहरुले हरेक क्षेत्रमा चाँडो प्रगति गर्न सक्छन् । कमजोर हुनेहरु पछि पर्छन् ।
त्यसो त मानिसहरुको जन्मजात स्मरण क्षमतामा खासै अन्तराल हुँदैन । करिव(करिव उस्तै हुने हो । तर, बाँच्ने क्रममा कसैले त्यसलाई तिखारेर तेज बनाउँछन् भने कसैले भुत्ते बनाउँदै लैजान्छन् । यो आफैंमा भर पर्ने कुरा हो ।
वैज्ञानिकहरुका अनुसार व्यक्तिको स्मरण शक्तिको गहिरो सम्बन्ध उसको इच्छा, अनिच्छा, चाहना तथा रुचिसँग हुन्छ । तर, स्मरणशक्तिमा ह्रास आएमा मानिसले कुनै पनि क्रियाकलाप राम्रोसँग गर्न सक्दैन । जस्तो कि पढ्न, लेख्न, गणितीय काम गर्न वा कुनै कुरा सिक्न ।
स्मरणशक्ति उमेरमा पनि भर पर्छ । ५० वर्षको उमेर पार गरेपछि विस्तारै स्मरण शक्तिमा ह्रास आउन थाल्छ । तर, कम उमेरमै स्मरण शक्ति कमजोर भएमा त्यसलाई समस्याको रुपमा लिनुपर्छ । यस्तो समस्यालाई मेडिकल भाषामा एम्नेसिया भनिन्छ ।
किन हुन्छ स्मरणशक्ति ह्रास ?
– सामान्य गल्तीले पनि स्मरणशक्तिमा ठूलो समस्या उत्पन्न हुन सक्छ । रुचीको अभाव, क्रमअनुसार काम नगर्नु, एकैपटक धेरै कामहरुमा हात हाल्नु, कामलाई उपेक्षा गर्नु आदि कारणले स्मरणशक्ति कमजोर हुँदै जाने गर्छ ।
– कुनै कुरा याद राख्ने ईच्छाशक्ति नहुँदा पनि स्मरणशक्ति ह्रास भएर जान्छ । त्यस्तै, चिन्तामा डुबिरहने, शारीरिक तथा मानसिक समस्या भइरहने मानिसको पनि स्मरणशक्ति गतिलो हुँदैन ।
– मस्तिष्कमा जन्मजात समस्या वा अविकसित मष्तिस्कले पनि स्मरणशक्ति प्रभावित तुल्याउँछ । टाउकोमा कुनै प्रकारको चोटपटक लाग्दा, क्षमताभन्दा बढी काम गर्न खोज्दा पनि यो स्मरणको समस्या आउँछ ।
– क्रोध, भय, चिन्ता, अनिऽा पनि स्मरणशक्तिलाई प्रभावित तुल्याउँछन् । उच्च रक्तचाप, डिप्रेसन, पेनकिलर औषधीको बढी प्रयोगको साइड इफेक्ट स्मरणशक्तिमा पर्न जान्छ ।
– शरीरमा पौष्टिक तत्वको हुनु अर्को कारण हो । साथै, मद्यपानको नियमित सेवन गर्दा स्मरणशक्ति कमजोर भएर जान्छ ।
– केही रोगहरु पनि छन्, जसले स्मरणशक्तिलाई कमजोर बनाउने काम गर्छन् । जस्तो कि थाइराइड, मधुमेह आदि ।
एम्नेसियाका लक्षण
(शुरुवाती लक्षण भनेको परिचितको नाम, ठेगाना नसम्झनु वा सम्झन गाह्रो पर्नु हो । यस्ता समस्या भएका व्यक्तिले केही दिनअघिका घटना पनि बिर्सने गर्छन् ।
– पढेका, सुनेका कुराहरुलाई झ्याप्प याद गर्न नसक्ने । आफैंले सामान राखेको ठाउँसमेत बिर्सने गरिन्छ ।
(भाषा, संगीत, गायन, नृत्य, अभिनय, कला वा अन्य काम सिक्न गाह्रो हुने । एकपटक भनेको कुरा नबुभ्mने । आलस्यता, अरुचि, चिड्चिडापन, निराशा, छटपटीजस्ता लक्षण पनि देखिन्छन् ।
के गर्ने ?
– यस्तो समस्याबाट बच्नको लागि दैनिकको कार्यतालिका बनाउन सकिन्छ । आफ्नो समयअनुसार बिहान(बेलुकी घुम्ने बानी बसाल्नुपर्छ । कुनै पनि कुरा याद राख्नका लागि रुची लिनुपर्छ ।
– कतिपयले कामलाई बढी महत्व दिएर निद्रालाई व्यवास्ता गर्छन् । यसले स्मरणशक्तिलाई कमजोर बनाउनका लागि भूमिका खेल्छ । त्यसैले पुरा निद्रा सुत्नुका साथै विगतका कुराहरुलाई क्रमबद्ध तरिकाबाट याद गर्ने बानीको पनि विकास गर्नुपर्छ । यस्तो गतिविधि प्रत्येक हप्ता दोहोर्‍याउँदा राम्रो हुन्छ ।
– योग अभ्यास, ध्यान, प्राणायामजस्ता गतिविधिले स्मरणशक्ति कमजोर हुनबाट बच्न सकिन्छ ।
के नगर्ने ?
– धेरैपटक एउटै कुरा याद गर्ने प्रयास गर्नु हुँदैन ।
– सँधै आफ्नो स्मरण शक्तिको विषयलाई लिएर चिन्तित बनिरहनु हँुदैन ।
– रेडियो, टेलिभिजन, पत्रपत्रिकामा आउने स्मरणशक्ति बढाउने विज्ञापन हेरेर औषधी खोज्न दौडिनु हुँदैन
– राती अबेरसम्म पढ्नु हुँदैन
– सकारात्मकभन्दा बढी नकारात्मक सोच्ने गर्नु हुँदैन
खानपानमा सतर्कता
– सुपाच्य, हल्का, सन्तुलित र पौष्टिक खानेकुरा खानुपर्छ । खानाको समयतालिका दैनिक एउटै हुनुपर्छ ।
– मौसमअनुसारको हरियो सागपात, सलाद, बन्दा, काउली, ब्रोकाउली, गान्टेमुला, गाजर, गोलभेंडा, चुकन्दर, पालुंगो लगायतको सेवनले स्मरणशक्ति बलियो बनाउन भूमिका खेल्छ ।
– अन्डा, माछा, दुध, दही, मोही, चीज, मख्खन आदिको पनि नियमित उपभाग गर्दा फाइदा हुन्छ ।
– दैनिक कम्तिमा तीन लिटर शुद्ध पानी पिउनुपर्छ ।
– फलफुलमा आँप, स्याउ, सुन्तला, स्ट्रबेरी, जामुन, भुईकटहर, केरा आदि खानाले मानसिक स्वास्थ्यलाई निकै फाइदा पुग्छ ।

के खानु हुँदैन ?
– तारेको, भुटेको, पिरो, मसालेदार खानेकुराबाट सकभर टाढा रहने
– चिया र कफीसितको संगत पनि छोड्ने । धुम्रपान त गर्नै हुँदैन ।
–  तमाखु, गुट्खा, गाँजा, भाँङ, मदिरा आदिको सेवनले विभिन्न रोग त निम्त्याउँछ नै स्मरणशक्तिलाई पनि कमजोर बनाउने काम गर्छ ।
समाधान
स्मरणशक्ति ह्रास हुँदै गएमा मानिसको दैनिकी नै अस्तव्यस्त भएर जान्छ । त्यसैले लक्षण थाहा  पाउने बित्तिकै समाधानमा लाग्नु राम्रो हुन्छ ।
होमियोप्याथिक चिकित्सा विधिबाट यसको निकै प्रभावकारी उपचार हुन्छ । बिरामीको मानसिक तथा शारीरिक लक्षणलाई ध्यानमा राखेर होमियोप्याथिक उपचार गरिन्छ । यस्तो समस्या समाधानका लागि होमियोप्याथिमा थुप्रै औषधी उपलब्ध छन् ।

(डा. मिश्र आस्था होमियो क्लीनिकका होमियोप्याथिक कन्सल्टेन्ट हुन्)

अनलाइन खबरबाट

प्रतिकृया दिनुहोस

स्तनपान गराएर उद्घाटन भयो हुलाक कार्यालयको शिशु स्याहार कक्ष 

अनलाइन तहल्का पौष २२, सल्यान ।  जिल्ला हुलाक कार्यालय सल्यानले कार्यालय परिसरमा स्तनपान तथा शिशु स्याहार कक्ष निर्माण गरेको छ ।  यस बर्ष भौतिक

जाडोमा जेष्ठ नागरिकमा देखिने प्रमुख समस्या काम गर्न नसक्ने जेष्ठ नागरिकलाई कसरी स्याहार गर्ने ? 

अनलाइन तहल्का पौष १५,काठमान्डाैं      डा रमेश कँडेल, जेष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा जाडो मौसममा स्वास्थ्य समस्या बढी

थारमारे जनकल्यानको प्राङ्गणमा सुनाए भुपिनले एकल रचनाहरु

पुष्पा रिजन डि.सी.अनलाइन तहल्का मंसिर २९, सल्यान ।  सल्यानको बागचौर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै आएको मासिक एकल रचना वाचन अन्तर्गतको