शसक्त रूपमा अघि बढदै प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस

नन्दराम खड्का ,अनलाइन तहल्का
रोल्पा २८, मंसिर 


स्थानीय सरकारको गतिविधि प्रति असन्तुष्ट हुँदै प्रमुख प्रतीपक्ष दल नेपाली काङ्ग्रेसले रुन्टिगढि गाउपालिकाको होलेरी रोल्पामा पत्रकार सम्मेलन गरेको छ। दङ्गालि होटलमा भएको सम्मेलनमा पत्रकारहरुसङ्ग बोल्दै नेपाली काङ्ग्रेस रुन्टिगढि सम्योजक जनक पुनले स्थानीय सरकार गठन भएको करिब डेढ बर्ष बितिसक्दा समेत जनतालाई आभास हुने कुनै पनि काम गर्न नसकेको बताएका छन।उनले भने,स्थानिय सरकार जनताको नजिकको  सरकार हो,जहाँ जनता आफैले कर उठाएर सन्चालन गरिन्छ भने स्थानिय सरकारले पनि जनताकै सुबिधाका लागी खर्चिनु पर्छ।

तर रुन्टिगढि गाउपालिकाले जनताबाट उठाइएको करलाई सहि ढङ्गले खर्च गरिनुको साटो आफ्ना कार्यकर्तालाई पक्षपोषण गर्न अप्रभावकारी समेन्त्र तथा संरचना खडा गरी जनताको सम्पत्तिको व्यापक दुरुपयोग भैरहेको छ,यस प्रती हाम्रो पार्टी खेत प्रकट गर्दछ।स्थानिय सरकारले आज सम्म जनताको निम्ति कुनै पनि लोकप्रिय कार्यक्रम तथा बिकास  गर्न सकेको छैन।साथै स्थानिय सरकारले गरेको काम कार्बाही बारे प्रत्येक महिना जनतालाई सार्बजनिक गर्ने निति हुदाहुदै समेत महिनाको एक पटक कार्यान्वयन हुन त परैको कुरा हो ,अहिलेसम्म गाउपालिकाले एक पटक पनि सार्बजनिक सुनुवाइ नगर्नुले स्थानिय सरकार रुन्टिगढि गाउपालिका अपार्दशी भएको पुष्टि हुन्छ।

उनले भने अहिले आम नागरिक गाउपालिकाको कार्यसम्पादन प्रती बेखुसी रहेका छन,स्थानिय स्तरमा अहिले गाउपालिकाले सन्चालन गरेको बिकासे बजेट र त्यसमा एकदलीय समिति गठन, कर्मचारी भर्ना, शिक्षक नियुक्ति, शिक्षा क्षेत्रमा आमुल परिबर्तन हुन नसक्नु , स्वास्थ्य क्षेत्रको अस्तब्यस्तता अझै कायम रहनु,काम नगरी बिल भुक्तानी गरिनु लगायतका विविध क्षेत्रमा भैरहेका यस्ता अपारदर्शी अन्त्य गर्न जोडदार माग गर्दछौ।

साथै उनले रुन्टिगढि सरकारको यस्तो स्वच्छ्कारी र गलत क्रियाकलापको बिरुद्धमा आम रुन्टिगढि बासिमा आह्वान समेत गरेका छन।

प्रतिकृया दिनुहोस

जनयुद्धको नेतृत्वकर्ता सौरभलाइ प्रवेश गराएर कर्णालीमा शुरू भयो राप्रपाको हिन्दु जागरण

अनलाइन तहल्का  पुस ३०, सल्यान ।  जनयुद्धको समयमा चरम उत्सर्गका बेला नेकपा माओवादीको इञ्चार्ज सम्हालेका धन वहादुर वली “सौरभ” राप्रपामा प्रवेश

रेशम चौधरीले आज सपथग्रहण लिँदै  

अनलाइन तहल्का प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वा्चित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता रेशम चौधरीले आज सपथ लिँदैछन्। आज

धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छः प्रधानमन्त्री ओली भनाइ

  अनलाइन तहल्का  प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताएका छन्।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले