थारमारे जनकल्यानको प्राङ्गणमा सुनाए भुपिनले एकल रचनाहरु

पुष्पा रिजन डि.सी.अनलाइन तहल्का
मंसिर २९, सल्यान । 


सल्यानको बागचौर नगर साहित्य परिषद्ले नियमित रूपमा गर्दै आएको मासिक एकल रचना वाचन अन्तर्गतको एघारौं साहित्य श्रृङखला शनिबार बागचौर नगरपालिका २ मा अवस्थित जनकल्यान क्याम्पसको प्राङ्गणमा  सम्पन्न भएको छ ।
एकल रचना वाचनमा साहित्यकार भुम प्रकाश भण्डारी “ “भुपिन“ ले आफ्ना थुप्रै कविता, गित र गजलहरु सुनाएर उपस्थित सबैलाई मनोरञ्जित बनाएका थिए । आफ्नै स्वरमा उनले दर्जनौं साहित्य प्रतिभाहरू सुनाएका छन ।

बागचौर नगरपालिका २ जनकल्याण क्याम्पस थारमारेमा बेलुका ४स्३० बजे देखी सुरु भएको कार्यक्रम साँझ ५ स्४५ बजे सकिएको थियो । कार्यक्रमका श्रष्टाले करिब १ दर्जन भन्दा बढि रचनाहरु सुनाएका थिए । कार्यक्रममा  साहित्यक अनुरागी, जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी, पत्रकार, विद्यार्थी लगाएत ८० जना भन्दा बढिको उपस्थिति रहेको थियो । कार्यक्रमको व्यवस्थापन बागचौर नगरपालिका वडा नं.२ को युवा खेलकुद विकास समितिको व्यवस्थापनमा भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिमा बागचौर नगरपालिकाका नगर प्रमुख लोकमान बुढाथोकी रहेका थिए । विशिष्ट अतिथि बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल रहेका थिए ।

त्यसैगरी अतिथिहरुमा परिषद्का सल्लाहकार केशवराज देवकोटा, बागचौर नगरपालिका वडा नं.२ का वडा अध्यक्ष घनस्याम शर्मा, वडा नं. ५ वडा अध्यक्ष डिल्ली वली, वडा नं.  ८ का वडा अध्यक्ष  रोमु शाही, युनि चर्सल युथ क्लबका अध्यक्ष मदन बस्नेत,  जिल्ला खेलकुद विकास समितिका सदस्य भुपेन्द्र के.सी र बागचौर नगरपालिका वडा नं.२ का खेलकुद विकास समितिका अध्यक्ष हरिष बुढाथोकी रहेका थिए ।

परिषद्का अध्यक्ष ईन्द्र भण्डारी ‘अंकित’को अध्यक्षतामा सुरु भएको कार्यक्रमको सहजिकरण सचिव तारादेव शर्मा ‘प्रर्दशन’ ले गरेका थिए ।

प्रतिकृया दिनुहोस

स्तनपान गराएर उद्घाटन भयो हुलाक कार्यालयको शिशु स्याहार कक्ष 

अनलाइन तहल्का पौष २२, सल्यान ।  जिल्ला हुलाक कार्यालय सल्यानले कार्यालय परिसरमा स्तनपान तथा शिशु स्याहार कक्ष निर्माण गरेको छ ।  यस बर्ष भौतिक

जाडोमा जेष्ठ नागरिकमा देखिने प्रमुख समस्या काम गर्न नसक्ने जेष्ठ नागरिकलाई कसरी स्याहार गर्ने ? 

अनलाइन तहल्का पौष १५,काठमान्डाैं      डा रमेश कँडेल, जेष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा जाडो मौसममा स्वास्थ्य समस्या बढी

यसकारण हुन्छ कम उमेरमै स्मरणशक्ति ह्रास

डा. ललितकुमार मिश्र मानव जीवनमा स्मरणशक्तिको ठूलो महत्व छ । स्मरणशक्ति तेज भएका मानिसहरुले हरेक क्षेत्रमा चाँडो प्रगति गर्न सक्छन् । कमजोर हुनेहरु