रोल्पाको त्रिबेणी गाउँपालिका ५ जुगारमा नेपाल कम्युनिस्ट पार्टीले गर्याे श्रद्धाञ्जली सभा

भरत के.सी ,अनलाइन तहल्का

    रोल्पा १पौष

रोल्पाको त्रिवेणी गाउँपालिका वडा नं ५ जुगारमा नेपाल कम्युनिस्ट पार्टीले शनिबार श्रद्धाञ्जली सभा  सम्पन्न गरेको छ । वडा नं ५ जुगारका  वडा अध्यक्ष कृष्ण बहादुर के.सी , तुलसीपुर उपमहानगरपालिका वडा नं १६का वडा सदस्य डण्ड बहादुर केसी र समाजसेवी पुर्ण बहादुर केसीकि ७९ बर्षिय ममतामयी  आमा नरपती केसीको निधनको तेह्रौं दिनको शुद्ध शान्ती कार्यक्रमको अवसरमा शोक सभा गरिएको हो ।

सभामा बोल्ने वक्ताहरुले स्वास्थ्यकर्मीको अभाव हुँदाको बेला जुगार आसपासका गर्भवती महिलाहरुको सुडेनीको भुमिकाले धेरैको सेवा गरेको बताएका थिए।
वडा नं ५ का अध्यक्ष एवंम स्वर्गीय नरपती केसीका कान्छा छोरा कृष्ण वहादुर केसीको अध्यक्षता एवम् गाउपालिका अध्यक्ष शान्त कुमार वलीको प्रमुख आतिथ्यता, उपाध्यक्ष साबित्रा कुमारी बुढा घर्ति ,पुर्व गाविस अध्यक्ष मित्रलाल घर्ती मगर,गैरसरकारी संस्था महासंघ केन्द्रिय सचिव शोभाराम डागींको विशिष्ट आतिथ्यतामा भएको सभामा ,नेपाल पत्रकार महासघं रोल्पाका संस्थापक अध्यक्ष कासीराम डागीँ, पुर्व एमाले जिल्ला सचिब ओमराज घर्ती,अनेरास्ववियु केन्द्रिय सचीब अमृत बुढा, वडा २ नुवागाउँका वडा अध्यक्ष कबिराज बुढा, गैरसरकारी संस्था महासंघका प्रदेश सदस्य अर्जुन डागी लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस

जनयुद्धको नेतृत्वकर्ता सौरभलाइ प्रवेश गराएर कर्णालीमा शुरू भयो राप्रपाको हिन्दु जागरण

अनलाइन तहल्का  पुस ३०, सल्यान ।  जनयुद्धको समयमा चरम उत्सर्गका बेला नेकपा माओवादीको इञ्चार्ज सम्हालेका धन वहादुर वली “सौरभ” राप्रपामा प्रवेश

रेशम चौधरीले आज सपथग्रहण लिँदै  

अनलाइन तहल्का प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वा्चित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता रेशम चौधरीले आज सपथ लिँदैछन्। आज

धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छः प्रधानमन्त्री ओली भनाइ

  अनलाइन तहल्का  प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताएका छन्।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले