बंगलादेशविरुद्धको सिरिज वेस्टइंडिजलाई एजेन्सी

अनलाइन तहल्का

काठमान्डाैं,  पुस ८

घरेलु टोली बंगलादेशलाई पराजित गर्दे पाहुना टोली वेस्टइंडिजले तीन खेलको टी–२० सिरिज २–१ ले कब्जा गरेको छ। शनिबार ढाकामा भएको तेस्रो तथा निर्णायक टी–२० मा वेस्टइंडिजले इभिन लेविसको विस्फोटक ब्याटिङ तथा केमो पाउलको घातक बलिङमा बंगलादेशलाई ५० रनले पराजित गर्न सफल भयो। टस हारेर पहिलो ब्याटिङ गरेको वेस्टइंडिजले १९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रनको विशाल स्कोर तयार गर्न सफल भयो।

उसका लागि ओपनर लेविसले ३६ बलमा ६ चौका र ८ छक्का प्रहार गर्दै ८९ रन बनाए। त्यस्तै होपले २३ रन बनाउँदा निचोलस पुरनले २९ तथा रोभमन पावलले १९ रनको योगदान दिए। यद्धपि पछिल्लो क्रम समालिन नसक्दा पुरै २० ओभर खेल्न भने वेस्टइंडिज असफल भएको थियो। १ सय ९१ रनको विशाल स्कोर पछ्याएको बंगलादेशले उत्कृष्ट सुरुवात गर्दे ४ ओभरमानै ६५ रन बनाएपनि त्यसपछि लगातार विकेटपतको सिकार भयो।

एकपटक रेफ्रिको गलत निर्णयको सिकार भएपनि वेस्टइंडिजले खेलमा फर्कदै १७ ओभरमानै घरेलु टोलीलाई १ सय ४० रनमा समेट्न सफल भएपछि वेस्टइंडिजले खेल ५० रनले आफ्नो पक्षमा पार्यो। बंगलादेश भ्रमणमा रहेको वेस्टइंडिजले घरेलु टोलीसँग दुई टेस्टको सिरिज १–१ को बराबरी खेलेको थियो भने तीन खेलको एकदिवसीय सिरिज २–१ ले हारेको थियो। यद्धपि टी–२० सिरिज भने आफ्नो नाममा पार्न सफल भयो।   
 

प्रतिकृया दिनुहोस

चौरजहारीमा हुने प्रदेशकप टि-२० क्रिकेटका लागि सल्यानको यस्तो टिम 

अनलाइन तहल्का  पुस ८, सल्यान ।  अन्य खेलकुदका गतिविधि भएपनि क्रिकेट जस्ता राष्ट्रिय खेलकुद कमै हुने सल्यानमा पछिल्ला बर्षमा बढ्दै गएका छन ।    

रियलले जित्यो लगातार तेस्रो पटक फिफा क्बल विश्वकपको उपाधि

अनलाइन तहल्का काठमान्डाैं,  पुस ८ रियल मड्रिडले लगातार तेस्रो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ।  युएईमा आइतबार राति भएको खेलमा

चितवनलाई हराउँदै पोखराले जित्यो पीपीएल उपाधि

२० कात्तिक, काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा चितवन राइनोजलाई ३ विकेटले हराउँदै पोखरा पल्टनले उपाधि जितेको छ । पोखरा