जनता आवास,गरिबलाई उठिवासः 

अनलाइन तहल्का

नयाँ घर बन्ने भएपछि सिरहाको कल्याणपुर नगरपालिका–८ मझौलियाका तारादेवी महराले पुरानो घर भत्काइन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ   तर, दुई वर्ष भयो, न नयाँ घर बन्यो, न त पुरानो घर नै रह्यो । ‘बरु फुसकै घर ठीक थियो । सरकारलाई पत्याएर नयाँ बनाउन खोजेपछि दुःख पाइयो,’ ताराले भनिन् । नयाँ बन्ने आसमा भएको घर भत्काएका उनीहरूले गत वर्षको चिसो पनि कटेरोमै बिताए । यस वर्ष पनि तराईमा शीतलहर सुरु भएको छ । यो शीतलहरमा चार छोराछोरीलाई कसरी जोगाउने उनलाई पिरोलो हुन थालेको छ ।

‘पोहोर साल पनि शीतलहरले दुःख भयो, यो वर्ष पनि उस्तै छ । राम्रो ओढ्ने–ओछ्याउने छैन । भएको घर पनि भत्काएर गल्ती गरियो जस्तो लागेको छ,’ उनले गुनासो गरिन् । दुई वर्षअघि घर भत्काएपछि उनले जग खनेकी थिइन् । जनता आवास कार्यक्रममार्फत पाएको पहिलो किस्ताबराबरको ५० हजार रुपैयाँले जग हालिन् । त्यसयता दोस्रो किस्ताका लागि जिल्ला जनता आवास समन्वय समितिको कार्यालय धाउँदाधाउँदै थाकिसकेकी छिन् । ‘भोलि आउनु, पर्सि आउनु भन्दाभन्दै दुई वर्ष भयो । दोस्रो किस्ता दिएका छैनन्,’ ताराले भनिन्, ‘दोस्रो किस्ता नपाउँदा जगभन्दामाथि उठाउन सकिएन ।’

प्रतिकृया दिनुहोस

भान्सा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण गर्नेगरी कसले बनायो कथित उपल्लो जात

अनलाइन तहल्का पौष ८, सुर्खेत । चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । आजको अन्नपूर्ण

गर्भवती अवस्थामा नै घर निकाला भइन छ छोरी जन्माएकी झनमाया

अनलाइन तहल्का  पौष ८, जुम्ला ।  छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी

मोहन वैद्य चढेको कार राति साढे ११ बजे दुर्घटना

काठमाडौँ – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य चढेको कार दुर्घटनामा परेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । वैद्य सकुशल छन्