इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आयो सुनामी, ४३ को निधन, सयौं घाइते

अनलाइन तहल्का
पौष ८, काठमान्डौं । 
इन्डोनेसियाको सुन्डा स्ट्रेटमा ज्वालामुखी तथा सुनामीका कारण कम्तिमा ४३ जनाको मृत्यु भएको छ। सरकारी अधिकारीहरुका अनुसार हालसम्म ५ सय ८४ जना घाइते भएका छन्।
सो देशको विपद व्यवस्थापन निकायका अनुसार ५८४ जना घाइते भएका छन् भने दर्जनौँ भवन भत्किएका छन्।
क्राकाटोआ ज्वालामुखी विस्फोटले समुद्र मुनि पहिरो निम्त्याएको कारण सुनामी आएको हुन सक्ने उनीहरूले अनुमान गरेका छन्।
जाभा र सुमात्रा टापु बीचमा अवस्थित सुन्दा स्ट्रेट ले जाभा सागरलाई हिन्द महासागरसँग जोड्छ।
विपद व्यवस्थापन निकायका प्रमुखले राखेका तस्बिरहरूमा सुनामीपछिका दृश्य देखिन्छन् जसमा पानीमा डुबेका सहर तथा पल्टिएका गाडीहरू देखिन्छन्। अनाक क्राकाटोआ नामक यो ज्वालामुखी हालैका महिनाहरूमा धेरै पटक विस्फोट भइसक्यो। यो दृश्य जुलाई महिनाको हो।
उनले त्यसअघि पानीको तेज बहाव पसेपछि स्थानीयबासीहरू भागिरहेको दृश्यपनि राखेका थिए। आपतकालीन सेवा प्रदायक अधिकारीहरूले उक्त सुनामी क्राकाटोआ ज्वालामुखीका कारण आएको हो कि भनेर अनुसन्धान गरिरहेका छन्। क्राकाटोआ सुन्दा स्ट्रेटमै रहेको ज्वालामुखी टापुमा पर्दछ। सेप्टेम्बर महिनामा त्यहाँको मध्य टापु सुलावेसीमा शक्तिशाली भूकम्प आएपछि सुनामी पनि आएको थियो।
सो सुनामीले तटीय नगर पालुलाई पूरै प्रभावित पारेको थियो। सो विपदमा परि २ हजारले ज्यान गुमाएका थिए। इण्डोनेसियामा धेरै भूकम्पहरू आइरहन्छन्। किनभने उक्त देश रिङ् अफ फायर भनिने पूरै प्रशान्त महासागरको तटीय इलाकाहरूमै पर्दछ जहाँ एकदमै धेरै भूकम्प र ज्वालामुखी विस्फोटका घटना भइरहन्छन्।
इण्डोनेसियाको भूगर्भसम्बन्धी निकायका अनुसार शुक्रवार उक्त ज्वालामुखी दुई मिनेट १२ सेकेण्डसम्म विस्फोट भएको थियो।
त्यसबाट उत्पन्न खरानीयुक्त धुवाँको मुस्लो पहाडको ४ सय मिटर माथिसम्म पुगेको थियो। बीबीसी

प्रतिकृया दिनुहोस

नयाँ वर्ष मनाउन गएकाहरूको डुङ्गा दुर्घटनाः दुईको मृत्यु, तीस बेपत्ता

अनलाइन तहल्का गिनीको राजधानी शहर कोनाक्रीको तटीय सामुद्रिक इलाकामा नयाँ वर्ष मनाउनेक्रममा डुङ्गामा सवार व्यक्तिहरु चढेको डुङ्गा दुर्घटना हुँदा

सलमानले जिते इन्डियन आइडलको उपाधि 

अनलाइन तहल्का काठमान्डाैं ,पुस ९ भारतीय टेलिभिजनको रियालिटी शो इन्डियन आइडलको दशौँ संस्करणको विजेता सलमान अलीले जितेका छन्। आइतबार भएको फाइनलमा

हजार किलोको फर्सी फलाएर राखे किर्तिमान

अनलाइन तहल्का अमेरिकाको सनफ्रान्सिस्कोमा भएको फर्सी प्रतियोगितामा राखिएको १ हजार ७० किलो तौल भएको फर्सीले अमेरिकाको इतिहासकै वजनदार फर्सीको