भान्सा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण गर्नेगरी कसले बनायो कथित उपल्लो जात

अनलाइन तहल्का
पौष ८, सुर्खेत ।

चुलो छोएकै निहुँमा कालिकोटमा मनवीर सुनारको हत्या भयो । उनले होटलमा चुरोट सल्काउन मात्र खोजेका थिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ – स्थानीयले उनीमाथि सामूहिक आक्रमण गरे । उनको ज्यान गयो । यो २०६८ सालको घटना हो ।
गत जेठमा नरहरिनाथ गाउँपालिकामा मना सार्कीको हत्या भयो । सार्वजनिक धाराको पानी छोएका कारण उनी मारिइन् । उनी वडा नम्बर ९ की सदस्यसमेत थिइन् । धारा छोएको आरोप लगाएपछि विवाद बढ्यो । मध्यरातमा ४५ वर्षीया मनालाई उपल्ला जातिका मान्छेले कुटपिट गरेर हत्या गरे । कर्णालीमा छुवाछुतकै कारण हत्या भएका यी प्रतिनिधि घटना हुन् । कर्णालीमा दलितमाथि हुने जातीय विभेदका घटना बढिरहेका छन् । जसका कारण मान्छे मारिइरहेका छन्, जिउँदाको जीवन पनि कठिन बनेको छ ।
सरकारी तवरबाट छुवाछुतमुक्त अभियानमा लाखौं बजेट खर्च भइरहेको छ । छुवाछुतविरुद्ध दर्जनौं गैरसरकारी संस्था पनि सक्रिय छन् । तर, कर्णालीका अधिकांश स्थानमा दलितमाथि भान्सामा पसेको, चुल्हो र धारा छोएको निहुँमा आक्रमण रोकिएको छैन । अन्तरजातीय विवाह, मन्दिर प्रवेश र विद्यालयमा हुने विभेदका कारण दलित थप हिंसा भोग्न बाध्य छन् ।
चुला छोएकै निहुँमा सुर्खेतको कुनाथरीमा केही समयपहिले एक बालकमाथि निर्मम कुटपिट भयो । कथित उपल्लो जातिको कुटपिटबाट बालक भीमबहादुर विक गम्भीर घाइते भए ।

प्रतिकृया दिनुहोस

गर्भवती अवस्थामा नै घर निकाला भइन छ छोरी जन्माएकी झनमाया

अनलाइन तहल्का  पौष ८, जुम्ला ।  छोरी जन्माएको भन्दै जुम्लाकी एक महिला घर निकाला भएकी छन् । लगातार छ पटकसम्म छोरी जन्माएको भन्दै कनकासुन्दरी

जनता आवास,गरिबलाई उठिवासः 

अनलाइन तहल्का नयाँ घर बन्ने भएपछि सिरहाको कल्याणपुर नगरपालिका–८ मझौलियाका तारादेवी महराले पुरानो घर भत्काइन् । यो समाचार आजको नयाँ पत्रिका

मोहन वैद्य चढेको कार राति साढे ११ बजे दुर्घटना

काठमाडौँ – नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य चढेको कार दुर्घटनामा परेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । वैद्य सकुशल छन्