अवका विकास निर्माण हार्रहुर्र गरेर भोट पाउने खालका हुनुहुदैनः ज्वाला

अनलाइन तहल्का 
पौष ८, सल्यान । 
    कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले संघियता कार्यान्वयनको मुख्य कडि प्रदेश सरकार भएको बताएका छन । संघियता संगै आएको नयाँ संरचना प्रदेश संरचना भएको भन्दै उनले यसलाई बलियो बनाउनुपर्ने भन्दै उनले सरकारले प्रदेश सरकारलाई पहिलो प्राथमिकतामा राख्ने बताएका हुन । अवका विकास निर्माण हार्रहुर्र गरेर भोट पाउने खालका हुनुहुदैन भन्दै सजग बनेर काम गरिने बताएका उनले हरेक काम उपलब्धीमुलक हुने र जनप्रतिनिधिहरुले पनि त्यसमा ध्यान दिनैपर्ने औल्याए ।
    सल्यानमा मन्त्रालयको आयोजनमा भएको वित्तिय हस्तान्तरण समपुरक विशेष अनुदान कार्यविधि सम्बन्धी अभिमुखिकरण तथा अन्तरक्रिया पछि पत्रकार संगको भेटघाटमा उनले सरकारले पूर्वाधारलाई पहिलो प्राथामिकतामा राखेको बताएका हुन । उनले भने –“पहिला सडक बनाएर ढोका खोल्ने अनी कृषि, पर्यटन, उद्योगको विकास गरेर सबैलाई आत्मनिर्भर बनाउने त्यस्तै विद्युतको विस्तार गरेर सबैलाई सुविधा दिने सरकारको लक्ष्य हो ।” 
    उनले समपुरक र विशेष अनुदान गर्नेगरि अहिले त्यसका आधार, प्रक्रिया तथा मापदण्डका विषयमा स्थानिय तहका सरकारसंग छलफल चलाइरहेको भन्दै अन्य क्षेत्रबाट नपुगेका ठाउमा यो अनुदानले सहयोग गर्ने बताए ।  उनले योजना छुट्याउदा व्यापक छलफल गर्नुपर्ने भन्दै सोहि अनुरुप यो कार्यक्रम चलेको बताएका हुन ।  आफुहरुको प्रदेश सरकार आर्थिक मितव्ययितामा चलेको बताउदै ज्वालाले संचार जगतले बजेट छुटिएको मात्रै हैन कार्यान्वयन भएको नभएको या अनियमितता भएकातिर पनि ध्यान दिएर जनतामा वास्तविक सूचना प्रदान गर्नुपर्ने तर्फ सचेत रहन अनुरोध गरे ।
    जिल्ला समन्वय समितिका र १० वटै स्थानिय तहका प्रमुख उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृत, लेखापालहरु सहभागि अन्तरक्रियालाई सम्बोधनका क्रममा उनले योजना छुट्याउदा व्यापक वहस हुनुपर्ने र अवका योजना छनौटमा स्थानिय तहसंग व्यापक छलफल गरिने बताए । उनले भने –“हिजो विना आधार पहुचका भरमा योजना छनौट हुन्थे अव त्यसो हुन दिनुहुन्न र मुलप्रवाहमा सबैलाई ल्याउनुपर्छ ।” 
    प्राकृतिक स्रोतका हिसावले कर्णाली प्रदेश पहिलो भन्दै त्यसैमा पनि सल्यान खाद्यन्न र तरकारीमा सम्भावनायुक्त जिल्ला भएकोले त्यसतर्फ ध्यान दिन उनले स्थानिय सरकारका प्रतिनिधिहरुलाइ औल्याए । अव कानुन बनेन, अन्यौलता भयो भन्न पर्दैन, आफै बनाएर जाने हो भन्दै सल्यानबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने संसद समेत रहेका ज्वालाले कर्मचारीले जान्दिन भन्न नपाइने तर्फ पनि सचेत गराउदै प्रतिनिधिलाई सिकाएर भएपनि सहयोग गर्नुपर्ने बताए ।  
 

प्रतिकृया दिनुहोस

जनयुद्धको नेतृत्वकर्ता सौरभलाइ प्रवेश गराएर कर्णालीमा शुरू भयो राप्रपाको हिन्दु जागरण

अनलाइन तहल्का  पुस ३०, सल्यान ।  जनयुद्धको समयमा चरम उत्सर्गका बेला नेकपा माओवादीको इञ्चार्ज सम्हालेका धन वहादुर वली “सौरभ” राप्रपामा प्रवेश

रेशम चौधरीले आज सपथग्रहण लिँदै  

अनलाइन तहल्का प्रतिनिधिसभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्वा्चित राष्ट्रिय जनता पार्टी (राजपा) का नेता रेशम चौधरीले आज सपथ लिँदैछन्। आज

धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छः प्रधानमन्त्री ओली भनाइ

  अनलाइन तहल्का  प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताएका छन्।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले